अर्न्तवार्ता
युरो संवाद
अष्ट्रेलिया संवाद
कार्टुन अर्काइभ

जनताको आवाज
सभासद्ले नै घुस लिएर थुनामा पर्नुलाई के भन्नुहुन्छ ?
सर्वेक्षण
अर्काइभ

काष्ठमण्डपको दोस्रो साधारसभा
वेदना श्रेष्ठ, काठमाडौं, साउन १०/काष्ठमण्डप डेभलपमेन्ट बैंकको दोश्रो वाषिर्क साधारणसभा सम्पन्न भएको छ । बैकले सोमबार काठमाडौंको राष्ट्रिय सभागृहमा आफ्नो दोस्रो वाषिर्क साधारणसभा सम्पन्न गरेको हो ।
बैकले काठमाडौंको सबैभन्दा पूरानो मुख्य ब्यापारिक केन्द्र न्यूरोडमा मुख्य कार्यालय स्थापना गरी २०६४ साल आश्विन २५ गतेदेखि वित्तीय सेवा प्रारम्भ गरेको थियो । काष्ठमण्डप विकास बैक राष्ट्रिय स्तरकोे दोश्रो बैक हो ।
बैकको सोमबार सम्पन्न साधारणसभाले रिक्त संचालकमा संस्थापक शेयरधनी मध्येबाट श्री केशव प्रसाद अमात्यलाई नियुक्त गरेको छ भने सर्वसाधारण शेयरधनीका तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालकहरुको समेत चयन भएको छ ।

निर्विरोध रुपमा चयन भएका सञ्चालकहरुमा श्री धु्रबहरी ज्ञवाली तथा श्री कृष्णबहादुर ढुंगाना रहनुभएको छ । साधारणसभाले बैंकको हाल कायम रहेको चुक्ता पूंजी रु ३२ करोडलाई १ बराबर १ को अनुपातमा हकप्रद शेयर जारी गरी आर्थिक बर्ष २०६७/६८मा बैंकको चुक्ता पूजी ६४ करोड पुर्याउने लक्ष्य लिएको छ । साथै बैंकको अधिकृत पूंजी बृद्धि गरी रु २ अर्ब पुर्याउने पनि बैकले जनाएको छ ।
बैकले देशका विभिन्न ठाउँमा १३ वटा शाखाहरु संचालनमा ल्याएको छ । गुल्मीको रिंडीबजार, म्याग्दीको बेनी, पर्वतको कुश्मा, सोलुखुम्बुको नाम्चेबजार, रुपन्देहीको बुटवल, काठमाडौंको गोंगबु, चावहिल, कालीमाटी र सानोभर्याड्ड, ललितपुरको सातदोवाटो, बाग्लुङको बाग्लुङबजार, कास्कीको पोखरा तथा चितवनको नारायणगढ बैकले आफ्नो कारोबार संचालन गरिरहेको छ ।
बैंकले हाल केन्द्रीय कार्यालय परिसर तथा शाखा कार्यालयहरु गोंगबु, कालीमाटी र पोखरा परिसरमा एटिएम मेसिनमार्फत पनि सेवा प्रदान गरिरहेको छ । निकट भविष्यमै काठमाण्डौ भित्र र बाहिर केही शाखा विस्तार गर्ने तथा थप एटिएम मेशिनहरु सञ्चालनमा ल्याउने योजना बनाएको बैकले जनाएको छ ।
|
Last Updated : 2010-07-26 12:50:33 | Text Size :
|
| |
No comments so far
Other News
-सभासद भन्छन्, "हामीलाई थुनियो"
काठमाडौँ, भदौ २२/प्रधानमन्त्री चयनका लागि व्यवस्थापिका संसदमा मंगलबार भएको निर्वाचनमा मतदान गर्ने की तटस्थ बस्ने भन्ने विषयमा पार्टीभित्र चर्केको तिब्र विवाद मिलाउन नसकेपछि मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले आजको निर्वाचन बहिष्कार गरेको छ ।

नवलपरासी, भदौ २२/नवलपरासीमा दुई माओबादी लडाकुलाई प्रहरीले लुटपाटमा संलग्न भएको आरोपमा पक्राउ गरेको छ । प्रहरीले लडाकुलाई हतियार र ग्रीनेटसहित पक्राउ गरेको जनाएको छ ।
काठमाडौं, भदौ २२/कामचलाउ सरकारका प्रधानमन्त्री माधवकुमार नेपालले सातौ चरणको चुनावमा पनि प्रधानमन्त्री छान्न नसक्नु मुलुककै लागी वेइज्जत भएको वताएका छन् । उनले सात पटक चुनाव हार्नु मुलुक र स्वयंम उम्मेवदारको लाज भएको वताए । मंगलबार सातौ पटक भएको प्रधानमन्त्रीको निर्वाचनमा पनि प्रधानमन्त्री चयन हु
चरिकोट, भदौ २२/दोलखाको उत्तरी ओराङ गाविस वडा नम्बर-९ स्थित एक घरमा आगलागीमा परी दुइ जनाको मृत्यु भएको छ । ओराङ गाविस वडा नम्बर-९ ससलिङ स्थित जङ्गबहादुर तामाङको घरमा आगलागी हुँदा ६० वर्षा जङ्गबहादुर र उनकी ६० वर्षै श्रीमती बसुनी तामाङको मृत्यु भएको हो ।
घरमा सुतिरहेका जङ्गबहादुरकी बुहारी र दुइ नाती नात

EDT 17:42
22:42
3:27
SYD 7:42