


गुल्मेलीलाई २७ लाख सहयोग

फार्नबोरो/ युकेमा रहेका गुल्मीबासीहरुले आफ्नो जन्मथलोको विकासका लागि गत वर्ष २७ लाख रुपियाँ बराबरको सहयोग गरेका छन् । बेलायतमा बसोबासरत् गुल्मेलीहरुको संस्था गुल्मी जिल्ला समाज युकेले संस्थागत रुपमा तथा अन्य गुल्मीबासीहरुले व्यक्तिगत तवरले सो सहयोग गरेका हुन् । समाजको चौथो वाषिर्क भेटघाटका अवसरमा समाजका अध्यक्ष ओमप्रसाद थापाले समाजले गतवर्ष गुल्मी जिल्लामा एक एम्बुलेन्स र एउटा क्याम्पस भवन बनाउन सहयोग गरेको जानकारी दिए । समाजले नेपाल रेडक्रस सोसाइटी, ज्वाङ हंसरा उपशाखालाई एम्बुलेन्स हस्तान्तरण गरेको छ भने चन्द्रकोट क्याम्पस शान्तिपुरको भवन निर्माणका लागि १० लाख रुपियाँ सहयोग गरेको छ । अध्यक्ष थापाका अनुसार समाजले यसवर्ष गुल्मीमा अर्को एम्बुलेन्स दिने र नेपाल अपाङ्ग संघ गुल्मीलाई सहयोग गर्ने कार्यक्रम राखेको छ । भेटघाटका अवसरमा समाजका परियोजनाहरुमा महत्वपूर्ण सहयोग पुर्याउने महानुभावहरुलाई सम्मान गरिएको थियो । सम्मानित हुनेमा गोकर्ण सापकोटा, सीता गौतम, हिमालय मेमोरियल ट्रष्ट, बालजङ्ग अर्याल, भण्डारी ब्रदर्श, महेन्द्र कँडेल, कण्र्ाबहादुर शाही, टिकेन्द्रदल देवान लगायत थिए । सो अवसरमा प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत डा. सुरेशचन्द्र चालिसेले गुल्मी जिल्ला समाज, युकेले आफ्नो जन्मथलोलाई कसरी सहयोग गर्न सकिन्छ भनेर चिन्ता चासो बोकेको आफूले पाएको बताए । सबैको चाहना आफ्नो जन्मथलो र समाजलाई छिटो अगाडि बढाउने तर्फ भएकाले यसले नयाँनेपाल निर्माणमा सहयोग पुर्याउने उनको भनाइ थियो । गुल्मी जिल्ला समाजले बेलायतमा पहिलोपटक नौमती बाजा भित्र्याएकोमा प्रशंसा गर्दै डा. चालिसेले विदेशमा बस्ने नेपालीहरुले आफ्नो गाउँघरको विकास मात्र होइन संस्कृति पनि प्रवर्द्धन गरेको टिप्पणी गर्नुभयो । कार्यक्रममा नेपाली दूताबासका मिनिष्टर काउन्सिलर झविन्द्र अर्याल, खिमानन्द भूषाल, बीजीडब्लुएस्का अध्यक्ष टिकेन्द्रदल देवान, नेपाली टिभीका निर्देशक विजय थापा, एनआरएनका पूर्व संयोजक कर्ण शाही, एनआरएन युके अध्यक्ष सूर्य गुरुङ, उपाध्यक्ष महेन्द्र कँडेल लगायतको उपस्थिति थियो । समाजका अध्यक्ष थापाको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष शंकर भण्डारीले स्वागत भाषण गरेका थिए भने कार्यक्रम सञ्चालन सहसचिव फत्तबहादुर थापाले गरेका थिए । अन्त्यतिर, नौमति बाजाको धुन देखि दोहोरी गीत र चुट्का समेतले कार्यक्रममा रौनकता थपेको थियो ।
|
Last Updated : 2010-07-28 10:15:42 | Text Size :
|
| |
काठमाडौँ, भदौ २२/प्रधानमन्त्री चयनका लागि व्यवस्थापिका संसदमा मंगलबार भएको निर्वाचनमा मतदान गर्ने की तटस्थ बस्ने भन्ने विषयमा पार्टीभित्र चर्केको तिब्र विवाद मिलाउन नसकेपछि मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले आजको निर्वाचन बहिष्कार गरेको छ ।


EDT 17:29
22:29
3:14
SYD 7:29

