


स्कटल्याण्डमा कविता वाचन
एडिनबरा -स्कटल्याण्ड) । १९८ औं भानु जयन्तिको अवसर पारेर नेपाल स्कटल्याण्ड एशोसिएसनले गत जुलाई १४ मा कविता वाचन कार्यक्रम गर्यो । वीरेन रङ्गोनको आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रम दिनको २ देखि बेलुका ५ बजेसम्म चलेको थियो । प्रविना खनालको भानुभक्तको जीवनीमा आधारित कवितासँगै शुरु भएको कार्यक्रममा भानुभक्तद्वारा रचित रामायणका श्लोकहरु समेत पाठ गरिएको थियो । साथै सविना खनाल, सुनिल लामिछाने तथा किशोर डङ्गोलले आ-आफ्ना रचना सुनाएका थिए । कार्यक्रममा नेपाली भाषाको पृष्ठभूमि, वर्तमान अवस्था साथसाथै विदेशमा गर्न सकिने विकासका सम्बन्धमा छलफल समेत गरिएको थियो भने उपस्थित सबैले आ-आफ्ना बाल्यकालका भानुजयन्तिसँग सम्बन्धित अनुभवहरु बाँडेका थिए । कार्यक्रमको अन्त्यमा एसोसिएसनका अध्यक्ष किशोर डङ्गोलले उपस्थित सबैलाई धन्यवाद दिनुका साथै भविष्यमा आयोजना गरिने कार्यक्रममा पनि निरन्तर सहयोग रहने अपेक्षा व्यक्त गरे । रुविना खनाल
|
Last Updated : 2010-07-28 10:16:21 | Text Size :
|
| |


EDT 21:09
2:09
6:54
SYD 11:09

