
अर्न्तवार्ता
युरो संवाद
अष्ट्रेलिया संवाद
कार्टुन अर्काइभ

जनताको आवाज
सभासद्ले नै घुस लिएर थुनामा पर्नुलाई के भन्नुहुन्छ ?
सर्वेक्षण
अर्काइभ

पार्टी निर्णयबारे सधैं बेखबर सभासद

काठमाडौं, साउन १३/प्रधानमन्त्रीको निर्वाचनमा कसलाई समर्थन गर्ने भन्ने विषयमा साउन ५ गते व्यवस्थापिका संसद्को बैठक सुरु हुनुभन्दा एक घण्टाअघिसम्म माओवादी सभासद्हरूलाई थाहा थिएन । मतदान हुनुभन्दा केही घण्टाअघि माओवादी र एमालेबीच भएको सहमतिका बारेमा सभासद्हरूलाई अन्तिममा मात्र थाहा दिइयो । माओवादी स्थायी समिति बैठकले दुइतिहाइ मत पुग्ने अवस्था भएमा एमालेलाई समर्थन गर्ने निर्णय गरेको थियो तर यसबारे स्वयं सभासद्हरू बेखबर थिए ।
माओवादी र एमालेबीच सहमतिका लागि दैनिकजसो भएका छलफल सबै सञ्चारमाध्यमबाट थाहा भए पनि अन्तिम दिनका राजनीतिक घटनाक्रमबारे सभासद्हरू अनभिज्ञ थिए । "अघिल्लो दिन साँझ रेडियो सुन्दा अध्यक्ष प्रचण्डको उम्मेदवारी भन्ने थाहा भयो तर भोलिपल्टै एक्कासि फेरि एमालेलाई समर्थन गर्ने भन्ने भएछ," एक सभासद्ले भने, "त्यस्तो महत्वपूर्ण विषयमा निर्णय गर्दा समेत सबै सभासद्हरूलाई जानकारी गराइँदैन ।"
त्यसको १/२ दिनअघिसम्म पनि पार्टीका अध्यक्ष प्रचण्ड नभई उनको विकल्पमा उम्मेदवारी पर्ने भन्ने जानकारी सभासद्हरूलाई गराइएको थियो । "तर पनि उम्मेदवारी दर्ता गराउँदा अध्यक्षले नै गराउनुभयो," उनले भने ।
प्रमुख दलहरू दिनभरजसो छलफलमा व्यस्त हुन्छन् । उनीहरूलाई छलफल गर्न भ्याइनभ्याइ हुन्छ । कहिले पार्टी कार्यालय, कहिले स्टार होटल त कहिले कुनै शीर्ष नेताको निवासमा उनीहरू दैनिकजसो भेला हुन्छन् र राजनीतिकेन्द्रित छलफल गर्छन् । नेताहरू यसरी व्यस्त भएको आफ्नै दलका सभासद्हरूले समेत पत्तो पाउँदैनन्, कम्तीमा माओवादीको उदाहरणले त्यही देखाउँछ । यो कुनै एउटा पार्टीसभासद्को समस्या होइन, सबै दलका शीर्ष नेताहरूले आन्तरिक र बहुपक्षीय छलफलमा भएका विषयबारे सभासद्हरूलाई जानकारी नै गराउँदैनन् ।
माओवादी, कांग्रेस, एमालेसहित सबैजसो दलका नेताहरूको बैठक, छलफल र पार्टीको तयारीका बारेमा सभासद्हरूले पत्रपत्रिका, रेडियो र टेलिभिजन हेरेपछिमात्र थाहा पाउँछन् । कतिसम्म भने उनीहरूलाई केहीबेरपछि हुने कार्यक्रमको बारेमा समेत थाहा हुँदैन ।
सबै घटनाक्रम र वार्ताबारे संसदीय दलको बैठकमा जानकारी गराउनुपर्ने भनिए पनि बैठक महिनामा मुस्किलले एकपटक बस्छ, जबकि नेताहरू दिनमा पाँच पटकसम्म छलफल गर्छन् ।
कांग्रेसका एक सभासद्ले पनि यस्तै गुनासो पोखे । "गाउँमा अहिले अधिवेशन भइरहेको छ, यहाँ पार्टीले संसद् सुचारु हुँदा अनिवार्य उपस्थिति भनेको छ । फेरि आफ्नै दलका उम्मेदवार प्रधानमन्त्रीको प्रत्यासी हुनुहुन्छ," उनले भने, "उहाँहरूबीच दैनिकजसो भएका छलफल भने मिडियाबाट मात्र थाहा हुन्छ ।"
कांग्रेस सभासद् चन्द्रिराम टमाटाले पनि आफूहरूले दैनिक हुने छलफलको बारेमा सञ्चारमाध्यमबाटै थाहा पाउने बताए । "संसदीय दलको बैठक बस्यो भने मात्र नेताहरूले अन्य पार्टीसँग भएका र आन्तरिक छलफलका बारेमा जानकारी गराउनुहुन्छ, होइन भने अधिकांश छलफल र बैठकका बारेमा पत्रपत्रिका, रेडियो र टेलिभिजनबाटै थाहा हुन्छ," उनले भने, "अधिवेशनमा पुगेर आउँदा धेरै दिन लाग्छ भनेर जिल्लासमेत गइएन तर पनि पार्टीले कोसँग छलफल गरिरहेको छ, कसरी छलफल गरिरहेको छ भन्ने कुरा स्पष्ट थाहा हुँदैन ।"
गाउँ, नगरको अधिवेशन भए पनि अहिले कांग्रेसका अधिकांश सभासद्हरू गाउँ गएका छैनन् । राजधानीबाट नजिक जिल्ला हुनेहरू भने गाउँ पुगेर फर्किएका छन् । कोही १५ गतेको क्षेत्रीय अधिवेशन सकेर मात्र फर्किने तयारीमा छन् ।
माओवादीकी सभासद् रामकुमारीदेवी यादवले पनि नेताहरूबीच दैनिक हुने छलफलका बारेमा राम्रोसँग थाहा नहुने जवाफ दिइन् । "प्रधानमन्त्रीको निर्वाचनमा पनि ४ सय १ पुगेमा एमालेलाई मत दिने भन्ने पार्टीको निर्देशन थियो तर केहीघण्टामा नै फेरि एमालेलाई नदिने भन्ने निर्देशन आयो," उनले भनिन् ।
दलका शीर्ष नेताहरूसँग दैनिक आफूहरूको छलफल पनि नहुने उनको भनाइ थियो । "अहिले पनि पार्टीले के भा'छ भनेर हामीलाई थाहै छैन," उनले भनिन् ।
एमालेकी शान्तिदेवी चमारले पनि आफै बुझे थाहा पाइने, नभए सञ्चारमाध्यमबाट मात्र थाहा हुने बताइन् । "विस्तृतरुपमा भने संसदीय दलको बैठकमा मात्र थाहा हुन्छ," उनले भनिन् ।
कारोबार दैनिक
|
Last Updated : 2010-07-29 04:00:09 | Text Size :
|
| |
No comments so far
Other News
काठमाडौँ, भदौ २५/नेपाली काङ्ग्रेसको १२ औँ महाधिवेशन नजिकिदै गर्दा उम्मेदवारी घोषणा गर्ने र मतदातालाई आफ्नो पक्षमा बनाउने क्रम तिब्र भएका छन् ।
यसै क्रममा शुक्रबार कार्यबाहक सभापतिले आफू निकट नेता तथा कार्यकर्ताहरूसँग आफ्नै निवासमा राजनीतिक परामर्श गरेका छन् ।
काठमाडौँ, भदौ २५/व्यवस्थापिका संसद अन्तर्गत अर्थ तथा श्रम सम्बन्ध समितिले नियतवस् ऋण नतिर्ने उद्योगका विषयमा १० दिनभित्र सुझाव दिन नेपाल राष्ट्र बैङ्कलाई आग्रह गरेको छ ।
भक्तपुर, भदौ २५/महानगरीय प्रहरी परिसर भक्तपुरले शुक्रबार इटालीयन पेस्तोल एक थान र १० राउन्ड गोलीसहित दुईजनालाई पक्राउ गरेको छ ।
भक्तपुरको सल्लाघारी हनुमन्ते पुल नजिक प्रहरी प्रभाग कटुन्जे र प्रहरी परिसर भक्तपुरले सवारी जाँचका क्रममा बा३७प ४२३४ नं.को मोटरसाइकलमा आएका दुईजनालाई हतियारसहित पक्राउ
ललितपुर, भदौ २५/संविधानसभाका अध्यक्ष सुवास नेम्बाङले सातौं पटकको निर्वाचनबाट पनि कुनै पनि प्रधानमन्त्रीको उम्मेदवारले बहुमत ल्याउन नसक्नु सिङ्गो प्रणाली र प्रक्रियाको हार भएको बताएका छन् ।
ज्यापु समाज यलको १७ औं वाषिर्क साधारणसभाको शुक्रबार राजधानीमा उद्घाटन गर्दै उनले भने, "सातौं पटकको प्रधान


EDT 21:05
2:05
6:50
SYD 11:05

