


भारतसँगको सम्बन्ध थप प्रगाढ बनाइने- बेलायती प्रधानमन्त्री

बैंगलोर, साउन १३/बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनले भारतसँगको नयाँ सम्बन्ध विस्तारका लागि अपिल गरेका छन् ।
हाल भारत भ्रमणमा रहनुभएका बेलायती प्रधानमान्त्री क्यमरुनले भारत बेलायतको धेरै पुरानो मित्र राष्ट्र रहेको र उ सँगको सम्बन्धबाट भारत र बेलायत दुवैलाई आर्थिकलगायतका धेरै क्षेत्रमा आपसी सहयोग पुग्ने धारणा राखे ।
बंैगलोरमा आज आयोजित एक कार्यक्रममा बोल्दै उहाँले लण्डन पहिलो पटक भारतमा बेलायती आणविक प्रविधिको निर्यातका लागि सहमत भएको पनि बताए ।
प्रधानमन्त्री क्यारुनले भने- म बेलायत र भारतको सम्बन्धलाई नयाँ र अर्कै तहमा स्थापित गर्न र यसलाई आगामी दिनमा पनि थप बलियो र प्रगाढ बनाउन चाहन्छु ।
भारतको दक्षिणी भागमा रहेको सहर बैंगलोरमा अवस्थित सफ्टवेयर कम्पनी इन्फोसिसमा भाषण गर्दै उनले दुइ देशबीचको सम्बन्धलाई नयाँ परिभाषाका साथ अगाडि बढाउनुपर्नेमा जोड दिएका हुन् ।
प्रधानमन्त्री क्यामरुन बेलायती केही मन्त्री, व्यापारिक प्रतिनिधिमण्डलका साथै उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गरी हाल भारत भ्रमणमा रहेका छन् ।
उनले सो धारणा राख्नुको केही घण्टामात्र अघि उनको भ्रमण दलका सदस्य व्यापार सचिव भिन्स केवलले बेलायतले उसका आणविक प्रविधिहरु भारत निकासीको लागि अनुमति प्रदान गरेको घोषणा गरेका थिए ।
दुइ देशबीचको साँस्कृतिक सम्बधका बारेमा चर्चा गर्दै भारतको पूर्व कोलोनी राष्ट्र बेलायतका प्रधानमन्त्री क्यामरुनले भारतमा प्रतिदिन बढ्दो मात्रामा अघि बढिरहेका थप व्यापारिक लगानीका सम्भावना र सँगसँगै आर्थिक विकास र लगानीमा अघि बढ्न सकिने वातावरणको निर्माण नै आफ्नो भारत भ्रमणको उद्देश्य रहेको धारणा राखे ।
हाम्रो व्यापारिक सम्बन्धको आदानप्रदान र लगानीका कारण बेलायतमा हजारौं र भारतमा पनि हजारौं रोजगारीका संभावनाहरु खुलेको म देख्न चाहन्छु, मेरो भारत भ्रमणको एउटा प्रमुख उद्देश्य यो पनि हो - उनले बताए ।
प्रधानमन्त्री क्यामरुनले आफ्नो भारत भ्रमणका क्रममा जलवायु परिवर्तनको समस्याका साथै आतङ्ककारीले आक्रमणको तारो बनाइरहेको भनिएकाले दुइ देशबीचको सुरक्षा सम्बन्धका बारेमा पनि कुराकानी गर्ने बताए ।
प्रधानमन्त्री क्यामरुनका साथमा बेलायतका छ जना मन्त्री, विभिन्न व्यापारिक कम्पनीहरुका करिब ५० जना व्यवसायी, ओलम्पिक खेलका स्वर्णपदक विजेता तथा प्राज्ञहरु पनि सहभागी छन् ।
|
Last Updated : 2010-07-29 05:08:02 | Text Size :
|
| |
काठमाडौँ, भदौ २२/प्रधानमन्त्री चयनका लागि व्यवस्थापिका संसदमा मंगलबार भएको निर्वाचनमा मतदान गर्ने की तटस्थ बस्ने भन्ने विषयमा पार्टीभित्र चर्केको तिब्र विवाद मिलाउन नसकेपछि मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले आजको निर्वाचन बहिष्कार गरेको छ ।


EDT 17:24
22:24
3:09
SYD 7:24

