


फेसबुकले अकाउन्ट बन्द गर्ने सुविधा थप्ने
क्यालिफोर्निया, साउन १३ / फेसबुकले कसैकसैको अकाउन्टमा त्यो अकाउन्ट बन्द गर्ने सुविधा थपेको छ । चुपचाप र हल्ला नगरी यो सुविधा थपिएको छ । सीमित व्यक्तिहरूमाझ परीक्षण गर्नका लागि यो सुविधा थपिएको बताइएको छ ।
फेसबुकको अकाउन्ट सेटिङभित्र 'डिएक्टिभेट अर डिलिट अकाउन्ट' शीर्षक थपिएको छ । त्यसो त डिएक्टिभेट त पहिलेदेखि नै थियो अब त्यो मेनुलाई डिलिट गर्ने मेनुका रूपमा परिवर्तन गर्न थालिएको छ ।
यो मेनुमा क्लिक भएमा मानिसहरूले अकाउन्ट डिलिट गर्न शुरू गर्ने अपेक्षा गरिएको छ । फेसबुकले यो मेनु राख्नुको कारण बढ्दो फेसबुक प्रयोगकर्ताहरूले सूचना चुहाउने आरोप लगाइरहेको बेला शुरू गरेको हो । यसबाट फेसबुकबाट वाक्क भएकाहरूलाई आफ्नो अकाउन्ट पूर्ण रूपमा बन्द गर्ने प्रेरित गर्ने अपेक्षा गरेको बताइएको छ ।
संसारभर ५० करोडभन्दा बढी प्रयोगकर्ता भएकोमा हालै खुसियाली मनाइएलगत्तै यो सुविधा थप गर्नेबारे परीक्षण थालिएको हो ।
|
Last Updated : 2010-07-29 08:42:41 | Text Size :
|
| |
काठमाडौँ, भदौ २२/प्रधानमन्त्री चयनका लागि व्यवस्थापिका संसदमा मंगलबार भएको निर्वाचनमा मतदान गर्ने की तटस्थ बस्ने भन्ने विषयमा पार्टीभित्र चर्केको तिब्र विवाद मिलाउन नसकेपछि मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले आजको निर्वाचन बहिष्कार गरेको छ ।


EDT 17:46
22:46
3:31
SYD 7:46

