अर्न्तवार्ता
युरो संवाद
अष्ट्रेलिया संवाद
कार्टुन अर्काइभ

जनताको आवाज
सभासद्ले नै घुस लिएर थुनामा पर्नुलाई के भन्नुहुन्छ ?
सर्वेक्षण
अर्काइभ

बाघ बढे

काठमाडौँ, १३ साउन/नेपालमा बाघको संख्या बढेको छ । वन तथा भू-संरक्षण मन्त्रालयले बिहीबार प्रतिवेदन सार्वजनिक गर्दै नेपालमा बाघको सङ्ख्या १२१ बाट बढेर १५५ पुगेको बताएको छ । प्रथम बाघ संरक्षण दिवसका अवसरमा बिहीबार सार्वजनिक भएको प्रतिवेदनमा चितवन राष्ट्रिय निकुञ्जमा हालै गरिएको सर्वेक्षणसहितका आधारमा नेपालमा बाघ सङ्ख्या बढेको हो ।
यसवर्ष चितवन राष्ट्रिय निकुञ्जमा मात्रै १२५ वटा वयस्क बाघ देखिएका छन् । गत वर्ष सो स्थानमा बाघको सङ्ख्या ९१ रहेको थियो । नेपालमा सबैभन्दा बढी बाघ पाइने क्षेत्र चितवन राष्ट्रिय निकुञ्ज नै हो ।
निकुञ्जको चुरिया र बरण्डारभार मध्यवर्ती क्षेत्रमा समेत गरी एक हजार २६१ वर्ग किलोमिटर क्षेत्रमा वैज्ञानिक अनुगमन गर्दा प्रति वर्गकिलोमिटर क्षेत्रफलमा ६ दशमलव ५३ वयस्क बाघ रहेको पाइएको छ ।
अध्ययनका लागि विश्व वन्यजन्तु कोष, नेपालबाट रु ३८ लाख उपलब्ध गराएको थियो ।
गत अक्टोबर २००९ मा नेपालमा भएको विश्व बाघ सम्मेलन र जनवरीमा थाइल्यान्डमा सम्पन्न मन्त्रीस्तरीय बैठकमा नेपालले प्रस्ताव गरेअनुसार बाघ पाइने देशहरुमा २९ जुलाईका दिन बाघ संरक्षण दिवस मनाउने तय भएको थियो । यसअघि यस्तो दिवस बङ्गलादेशमा मात्रै मनाउादै आएको थियो । दक्षिण एसियामा पनि भुटान, नेपाल र भारतमा मात्रै ६० प्रतिशत बाघ रहेका छन् ।
वनमन्त्री दीपक बोहराले प्रतिवेदन सार्वजनिक गर्दै बाघको सङ्ख्या वृद्धिले नेपालले बाघ संरक्षणमा विश्वमै उदाहरणीय कार्य गरेको पुष्टि भएको दाबी गरे ।
रासस

|
Last Updated : 2010-07-29 11:33:00 | Text Size :
|
| |
No comments so far
Other News
काठमाडौँ, भदौ २५/नेपाली काङ्ग्रेसको १२ औँ महाधिवेशन नजिकिदै गर्दा उम्मेदवारी घोषणा गर्ने र मतदातालाई आफ्नो पक्षमा बनाउने क्रम तिब्र भएका छन् ।
यसै क्रममा शुक्रबार कार्यबाहक सभापतिले आफू निकट नेता तथा कार्यकर्ताहरूसँग आफ्नै निवासमा राजनीतिक परामर्श गरेका छन् ।
काठमाडौँ, भदौ २५/व्यवस्थापिका संसद अन्तर्गत अर्थ तथा श्रम सम्बन्ध समितिले नियतवस् ऋण नतिर्ने उद्योगका विषयमा १० दिनभित्र सुझाव दिन नेपाल राष्ट्र बैङ्कलाई आग्रह गरेको छ ।
भक्तपुर, भदौ २५/महानगरीय प्रहरी परिसर भक्तपुरले शुक्रबार इटालीयन पेस्तोल एक थान र १० राउन्ड गोलीसहित दुईजनालाई पक्राउ गरेको छ ।
भक्तपुरको सल्लाघारी हनुमन्ते पुल नजिक प्रहरी प्रभाग कटुन्जे र प्रहरी परिसर भक्तपुरले सवारी जाँचका क्रममा बा३७प ४२३४ नं.को मोटरसाइकलमा आएका दुईजनालाई हतियारसहित पक्राउ
ललितपुर, भदौ २५/संविधानसभाका अध्यक्ष सुवास नेम्बाङले सातौं पटकको निर्वाचनबाट पनि कुनै पनि प्रधानमन्त्रीको उम्मेदवारले बहुमत ल्याउन नसक्नु सिङ्गो प्रणाली र प्रक्रियाको हार भएको बताएका छन् ।
ज्यापु समाज यलको १७ औं वाषिर्क साधारणसभाको शुक्रबार राजधानीमा उद्घाटन गर्दै उनले भने, "सातौं पटकको प्रधान

EDT 22:07
3:07
7:52
SYD 12:07