
अर्न्तवार्ता
युरो संवाद
अष्ट्रेलिया संवाद
कार्टुन अर्काइभ

जनताको आवाज
सभासद्ले नै घुस लिएर थुनामा पर्नुलाई के भन्नुहुन्छ ?
सर्वेक्षण
अर्काइभ

तेस्रो पटक पनि प्रधानमन्त्री निर्वाचन निरर्थक हुने सम्भावना

काठमाडौ, साउन १३/प्रधानमन्त्री चुन्नका लागि दुईपटक भएका निर्वाचनहरु निरर्थक भएपछि आगामी १७ गते तेस्रोपटक निर्वाचन हुँदैछ । तर, राजनीतिक दलहरुबीच सरकार गठनका सन्दर्भमा विद्यमान अडान यथावत हुँदा प्रधानमन्त्री निर्वाचित हुने सम्भावना बलियो भने देखिदैन । पर्याप्त बहुमत हुँदहुँदै पनि उमेदवारी फिर्ता लिएको एमालले राष्ट्रिय सहमति कायम नभए तेस्रो पटकको चुनावमा पनि तटस्थ बस्ने निर्णय गरेको छ भने मधेसवादी दलहरु 'पर्ख र हेर' को मनस्थितिमा छ । सरकार गठनका बेला सिर्जना हुने जटिलताका बेला निणर्ायक शक्तिको रुपमा रहँदै आएका मधेसवादी दलहरुले यसपटक पनि एक मधेस एक प्रदेशलगायतका मागहरुमा असली प्रतिवद्धता व्यक्त गर्ने दललाई समर्थन दिने बताएका छन् ।
मधेसवादी दलहरुको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको मागमा एनेकपा माओवादी र कांग्रेसले असहमति जनाएपछि उसले कसैलाई समर्थन दिन्छ वा तटस्थ बस्छ भन्ने निक्र्यौल भइसकेको छैन । माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले समर्थनको लागि मधेसी मोर्चाको जस्तोसुकै मागमा पनि सहमति जनाउन नसकिने बताएका छन् ।
यदी पार्टीभित्र तटस्थ बस्ने निर्णयविरुद्ध बहुमत तयार भएन भने एमालेले फेरि भोट नहाल्ने स्पष्ट छ । "हामी दुईतिहाइ समर्थनको नजिक पुगेर पनि बहुमतीय खेलमा लागेनौं, सत्ताका लागि मरिहत्ते गरेनौं, एमालेकै नेतृत्वमा रहेको बहुमतीय सरकारबाट राजीनामा दिएर सहमतीय सरकार निर्माणको ढोका खोल्यौं," एमाले अध्यक्ष खनालले बिहीबार भनेका छन्, "माओवादी र एमाले नेतृत्वमा रहेका दुई बहुमतीय सरकार शान्ति र संविधान निर्माण प्रक्रियालाई अगाडि बढाउन असफल भएको अनुभवबाट सबैले पाठ सिक्नुपर्छ ।"
दुईतिहाइ समर्थन पाए आफूहरूको समेत साथ रहने माओवादीको आश्वासनपछि प्रधानमन्त्रीका लागि उम्मेदवारी दिएका खनालका पक्षमा ४ सय १ मत नपुग्दा उनका प्रस्तावक माधवकुुमार नेपालले प्रस्ताव फिर्ता लिएका थिए । त्यसयता एमालेले सहमतीय सरकारको गठनमा जोड दिादै बहुमतका लागि आफूले कसैलाई मतदान नगर्ने अडान राख्दै आएको छ ।
|
Last Updated : 2010-07-29 14:57:30 | Text Size :
|
| |
No comments so far
Other News
-सभासद भन्छन्, "हामीलाई थुनियो"
काठमाडौँ, भदौ २२/प्रधानमन्त्री चयनका लागि व्यवस्थापिका संसदमा मंगलबार भएको निर्वाचनमा मतदान गर्ने की तटस्थ बस्ने भन्ने विषयमा पार्टीभित्र चर्केको तिब्र विवाद मिलाउन नसकेपछि मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले आजको निर्वाचन बहिष्कार गरेको छ ।
काठमाडौँ, भदौ २२/प्रधानमन्त्री चयनका लागि व्यवस्थापिका संसदमा मंगलबार भएको निर्वाचनमा मतदान गर्ने की तटस्थ बस्ने भन्ने विषयमा पार्टीभित्र चर्केको तिब्र विवाद मिलाउन नसकेपछि मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले आजको निर्वाचन बहिष्कार गरेको छ ।
नवलपरासी, भदौ २२/नवलपरासीमा दुई माओबादी लडाकुलाई प्रहरीले लुटपाटमा संलग्न भएको आरोपमा पक्राउ गरेको छ । प्रहरीले लडाकुलाई हतियार र ग्रीनेटसहित पक्राउ गरेको जनाएको छ ।
काठमाडौं, भदौ २२/कामचलाउ सरकारका प्रधानमन्त्री माधवकुमार नेपालले सातौ चरणको चुनावमा पनि प्रधानमन्त्री छान्न नसक्नु मुलुककै लागी वेइज्जत भएको वताएका छन् । उनले सात पटक चुनाव हार्नु मुलुक र स्वयंम उम्मेवदारको लाज भएको वताए । मंगलबार सातौ पटक भएको प्रधानमन्त्रीको निर्वाचनमा पनि प्रधानमन्त्री चयन हु
चरिकोट, भदौ २२/दोलखाको उत्तरी ओराङ गाविस वडा नम्बर-९ स्थित एक घरमा आगलागीमा परी दुइ जनाको मृत्यु भएको छ । ओराङ गाविस वडा नम्बर-९ ससलिङ स्थित जङ्गबहादुर तामाङको घरमा आगलागी हुँदा ६० वर्षा जङ्गबहादुर र उनकी ६० वर्षै श्रीमती बसुनी तामाङको मृत्यु भएको हो ।
घरमा सुतिरहेका जङ्गबहादुरकी बुहारी र दुइ नाती नात


EDT 17:51
22:51
3:36
SYD 7:51

