

अर्न्तवार्ता
युरो संवाद
अष्ट्रेलिया संवाद
कार्टुन अर्काइभ

जनताको आवाज
पहिले कांग्रेस फुट्यो, एमाले फुट्यो, राप्रपा र मधेसवादी दलहरूसँगै अब फुट्ने पालो एकीकृत माओवादीको छ । यी पार्टीहरू किन फुटेका होलान् ?
सर्वेक्षण
अर्काइभ
प्रवासी नेपाली साहित्य समाजको नयाँ नेतृत्व चयन
ब्रुनाई, ६ नोभेम्बर २०११, प्रवासमा विगत एक दशक देखि क्रियाशिल प्रवासी नेपाली साहित्य समाज, ब्रुनाई/वेलायत (विश्व नेपाली साहित्य महासंघ आबद्ध) को भेला सम्पन्न भयो ।
भेलाबाट अध्यक्ष विश्वास दीप तिगेला, उपाध्यक्षद्धय जितेन्द्र चेम्जोङ र मिलन चाम्स, महासचिव आनन्द रानोहोछा, सचिव किसन राई, कोषाध्यक्ष लिम्बु नयन, सह-कोषाध्यक्ष प्रकास राई र सदस्यहरुमा क्रमशः पूर्व अध्यक्ष सुरेन्द्र इङनाम, पूर्व महासचिव नवराज राई, महेश वनेम, मिलन तामाङ चयन हुनु भएको छ । आगामी बैठकले थप सदस्यहरु र सल्लाहकारहरु चयन गर्ने बताइएको छ ।
अघिल्लो नेतृत्वले आफ्नो कार्यकाल सफलता पूर्वक सम्पन्न गरेकोले नयाँ नेतृत्वले धन्यवाद ज्ञापन गर्नुको साथै अघिल्ला निर्णयहरुलाई निरन्तरता दिने प्रतिबद्धता ब्यक्त गरे ।
सन् २००१ मा वेलायतमा स्थापित साहित्य समाजले प्रत्यक बर्ष एकजना उत्कृष्ट स्रष्टालाई नगद पुरस्कार र एकजना उत्कृष्ट ब्यक्तिलाई सम्मान गर्दै आएको छ । वरिष्ठ साहित्यकारहरु गणेश रसिक २०६७, कृष्ण धरावासी २०६६, रमेश पौडेल २०६४, शशि लुमुम्बु २०६३, सुसनवाला राई २०६२ लगायतलाई पुरस्कृत गरि सकेको छ भने प्रत्यक बर्ष सड्क बालबालिकालाई लुगाफाटा वितरण, बाढी पीडितहरुलाई राहत वितरण लगायतका कल्याणकारी कार्यहरु गर्दै आएका छन् भने सधै झै यस बर्ष पनि उद्यौली चाडको अवसरमा धरानका सडक बालबालिकालाई लत्ताकपडा वितरण गर्ने कार्यक्रम छ ।
यस साहित्य समाजले नेपाली साहित्यको इतिहासमै पहिलो पटक अनलाइनको नयाँ प्रविधिबाट ब्यापक सहभागिता रहेको 'विश्वब्यापी खुल्ला रेडियो गजल प्रतियोगिता २०६६' र सह-आयोजकको रुपबाट विश्वब्यापी खुल्ला अडियो कविता प्रतियोगिता २०६८ सम्पन्न गरेको छ साथै यस समाजले आधा दर्जन साहित्यिक पुस्तकहरु प्रकाशन गरिसकेको छ ।
स्मरण रहोस, प्रवासी प्रभात पुरस्कार कोष पूर्व गोर्खा मेजर लक्ष्मीभक्त बान्तावाले स्थापना गरिदिनु भएको हो र यस साहित्य समाज वेलायती गोर्खा सेनामा सेवारत स्रष्टा सर्जकहरुको प्रतिनिधि मुलक संस्था हो ।
- राजु सुब्बा
|
Last Updated : 2011-11-07 15:34:19 | Text Size :
|
| |
No comments so far
Other News
कैलाली, जेठ ९ / दार्चुलाको गोकुलेश्वर ६ ठुलीशैनमा मा आज बिहान बस दुर्घटना हुँदा ७ जनाको ज्यान गएको छ भने ३५ जना घाईते भएका छन ।
विराटनगर, जेठ ९ / राष्ट्रिय मुस्लिम सङ्घर्ष गठबन्धनका संयोजक एवम् पूर्वसभासद् सदरुल मियाँको हत्याको विरोधमा आज सुनसरी र मोरङ जिल्ला पनि बन्द भएको छ । हत्याको विरोधमा तराईका प्राय सबै जिल्ला प्रभावित भएका छन् ।
इलाम, जेठ ९ / विद्यार्थी भर्ना नै नभएपछि इलामको उत्तरी मावु–७ मा पर्ने जनता प्राथमिक विद्यालय बन्द भएको छ । गत वर्ष विद्यालयमा भर्ना भएका ६ जनामध्ये कक्षा–५ मा अध्ययनरत चारजना पास भएर अन्यत्रै गएको र बाँकी दुईजना पनि अन्य विद्यालयमा गएका छन् । यसवर्ष भर्ना हुन समुदायका कोही पनि नआएपछि विद्यालय बन्द भए
बारा, जेठ ९ / पर्सा वन्यजन्तु आरक्षमा एउटामात्र बाघ भेटिएको छ । चार सय वर्ग किलो मिटर क्षेत्रफलमा फैलिएको वन्य जन्तु आरक्षमा भइरहेको बाघ गणनाका लागि राखिएको क्यामरामा अहिलेसम्म एउटामात्र बाघ देखिएको हो ।


EDT 3:46
8:46
13:31
SYD 17:46

