

सॄजना सांस्कृतिक समुहको उदघाटन
२५ नोभेम्बर २०११ शुक्रबारका दिन नेपाली दुताबास रियादको प्रा;गणमा सॄजना सांस्कृतिक समुहको उदघाटन समारोह भब्यताका साथ सम्पन्न भएको छ । उक्त कार्यक्रम दिउसोको १।४५ मा सुरु भएको थियो । कार्यक्रममा नेपाली दुताबासका कार्यबाहक राजदुत श्री हरिश्चन्द्र घिमिरे श्रम सहचारी विनोद खनालद्धितिय सचिव सागर प्रसाद फुयाल द्धितिय सचिव बासुदेव देवकोटासहचारी उमेश कुमार मुडवारी सहचारी टंक राईसाथै राम कुमार बुढामगरको उपस्थिती रहेको थियो । विभिन्न संघ संस्था समाजसेवी बुद्धिजिवीहरु समेत गरी लगभग ४० जनाको उपस्थिती रहेको उक्त उक्त कार्यक्रम उदयमान गितकार विज्ञान राईले साचालन गर्नु भएको थियो ।
कार्यक्रमको सभापतिको आ;ण ग्रहण कृष्ण थापा ;ेत्रीज्यूले गर्नु भएको थियो भने प्रमुख अतिथिमा नेपाली दुताबासका कार्यबाहक राजदुत हरिश्चन्द्र घिमिरे ज्यूलाई गराएको थियो साथै विभिन्न संघ संस्थाका प्रतिनिधिहरुलाई पनि आ;ण ग्रहण गराएका थिए । आ&;ण ग्रहण पश्चात राष्ट्रिय गीतद्वारा कार्यक्रमका सभापति र प्रमुख अतिथि ज्यूद्धारा समूहूको ब्यानर खोलेर कार्यक्रमको उदघाटन गरीएको थियो ।
विसुध्द कला र सास्कृतिक समुह मात्र भएकोले यसमा कुनै पनि किसिमको राजनैतिकधार्मिक र सामाजिक संघ संस्था र संगठनसंग तुलना नगरिदिन र भत्सर्ना नगरि दिनको लागि जानकारी गराईएको थियो । साउदी अरव भित्र रहने स्थानिय कलाकारहरुको कला र प्रतिभालाई स्थायित्व दिदै यसको उत्थान र जगेर्ना गर्नु नै यस समुहको मूल उदेश्य रहेको छ ।
आ आफ्नो मन्तब्य दिने क्रममा उपस्थित सम्पूर्ण संघ संस्थाका प्रतिनिधिहरुद्धारा सॄजना सांस्कृतिक समुहको उदघाटन भएकोमा खुसि ब्यक्त गर्दै यथा सक्दो सहयोग गर्नुपर्ने विचार ब्यक्त गर्नु भएको थियो ।
प्रमुख अतिथि हरिश्चन्द्र घिमिरे ज्यूले यस समूहले साउदी अरबमा विभिन्न संघ संस्थाहरुले गर्ने कार्यक्रमलाई समेटन सक्ने नेपालबाट कलाकारहरु ल्याएर कायक्रम गर्ने झन्झट समेत नहुने र सबै संघ संस्थाहरुलाई समेटेर लैजान सक्ने आसा ब्यक्क्त गर्नु भएको थियो ।
नव गठित कार्य समितिका सदस्यहरु निम्न छन ।
अध्यक्ष श्री कृष्ण थापा क्षेत्री
उपाध्यक्ष श्री मन काजी गुरुङ्ग
सचिव श्री विज्ञान राई
सह सचिव श्री नगेश तमाङ्ग
कोषाध्यक्ष श्री सरोज आले मगर
सह कोषाध्यक्ष श्री टेक बहादुर थापा
प्रवक्ता श्री डिल्ली सुब्बा
सदस्यहरुः
नरेश काफ्ले
श्री कुल श्रेष्ठ
र सल्लाहकार शन बहादुर पुन मगर रहनुभएको छ । अन्तमा जलपान समारोह आयोजना पनि गरिएको थियो ।
|
Last Updated : 2011-12-01 14:21:09 | Text Size :
|
| |


EDT 18:11
23:11
3:56
SYD 8:11

