

ब्रुनाई जिआरयु मा चासोक तङनाम मनाइदै
ब्रुनाई, किरात लिम्बुहरुको मुख्य चाड चासोक तङनाम भोलि १० डिसेम्बर का दिन ब्रुनाई जिआरयुमा भब्यरुपमा मनाइने भएको छ ।
ब्रुनाईभरि छरिएर रहेका लिम्बु तथा ज्वाई कुलकुटम्बहरुलाई खुल्ला निमन्त्रणा गरिएको छ । जिआरयु सुंघाइअकार क्याम्प भित्र सम्पन्न हुन गईरहेको उक्त चासोक तङनाम साँझ ६ बजे शुरुभई मध्येरात सम्म चल्नेछ ।
उक्त चाडको लागि च्याब्रुङ झण्डै एकदर्जन ब्रुनाईमै निर्माण गरिएको छ भने युवायुवतीहरुले अभ्यास गरिरहेका छन् । लिम्बु खानाहरु बनाई कुटुम्बेरीहरुलाई ख्वाउने पनि प्रचलन रहेको छ । धाननाच, च्याब्रुङनाच, हाक्पारे र न्वागी पुजा आदी उक्त कार्यक्रमको आकर्षणहरु रहेका छन् ।
सपरिवार सहभागिले ७५ ब्रुनाई डलर र एकजना मात्रले ५० ब्रुनाई डलर शुल्क बुझाउनु पर्ने जनाइएको छ । यस चाडलाई संमग्रमा किरात उधौली चाड भनिन्छ । यस उधौली चाडलाई लिम्बुहरुले चासोक तङनाम, राईहरुले साकेला, सुनुवारहरुले फोलष्यादर र याख्खाहरुले चासुवा भन्ने गर्दछन् । मंसिर पूर्णिमामा मनाउने यस चाड संसारभर किरातहरुले मनाउदैछन् ।
|
Last Updated : 2011-12-09 13:17:10 | Text Size :
|
| |


EDT 3:24
8:24
13:09
SYD 17:24

