

कतारको अस्पतालमा जीवन र मृत्युको दोसाँधमा छन् गोरखाका सुवास गुरुङ

बुधबल गुरुङ / गणेश बानियाँ डिसेम्बर ५, दोहा - आफ्नो परिवारको उज्वल भविष्यको लागि बैदेशिक रोजगारीको शिलसिलामा करीब छ बर्ष पहिले कतार प्रवेश गरेका गोरखा केराबारी- १, नेपानेका २८ बर्षीय सुवास गुरुङ आफ्नो दुवै मृगौलाले काम गर्न छाडे पछि अहिले हमाद हस्पीटलमा उपचार गराईरहेका छन् । उहाँका अनुसार गत शुक्रबार एक्कासी पेट दुख्ने र ज्वरो आए पछि स्थानिय एक पोलिक्लनीकमा स्वास्थ्य जाँच गराउदा सो समस्या देखिपछि उनलाई हमाद हस्पीटलमा रिफर गरिएको थियो । त्यहाँ कार्यरत एक डाक्टरका परामर्श अनुसार उहाँको दुबै मृगौला प्रत्यारोपण गर्नु पर्ने बताए । अथवा हप्तामा तीन पटक डाईलासिस गर्नु पर्ने बताए । यो अति नै खर्च लाग्ने उपचार हो । यो भन्दा अर्को विकल्प नै छैन । "कतारमा नै उपचार गराउन अति नै खर्च लाग्ने डाक्टरहरुले मलाई बताए । म नै बिरामी परे पछि कसको आम्दानीले यसको उपचार गर्नु ? मैले यति धेरै पैसा कहाँबाट ल्याउँ ?"- उनले आँखाबाट आँसु खसाल्दै भने - "अब मेरो परिवारको विजोग हुने भयो । देश विदेशमा रहेका नेपाली समुदायका साथीहरुले सहयोग गरिदिए त हुन्थ्यो । बाँकीं आफ्नो जीवन सामाजिक कार्यहरुमा नै लागि पर्थे । " कतारमा भएका धेरै साथीहरुले सहयोग गर्ने वाचा गर्नु भएको छ । नेपाल तथा लण्डनमा भएका साथीहरुले पनि सहयोगको लागि तयार रहेको कुरा फोन गरेर बताएका छन् । उहाँका अनुसार आफ्नै कम्पनीका पब्लिक रिलेशन अफिसर ईजिप्सियन नागरीक र कम्पनीका मित्रहरुले पनि सहयोग गर्ने कुरा गरेका छन् । यस महंगो उपचारको लागि आर्थिक सहयोगको लागि उहाँले आफ्नो नाममा रहेको एभरेष्ट बैंक चावहिल शाखाको खाता नं. ०१८-०५२८९० A र भोडेओडारमा श्रीमती हरीमाया गुरुङको नाममा रहेको पेसिफिक बैंकको खाता नं ००२००२०१६२४ NS मा रकम जम्मा गरी सहयोग गर्न अनुरोध गरेका छन् । बुवा सुकमान गुरुङ र आमा दुरमाया गुरुङका पहिलो सन्तान सुवासका ७ बर्षीय एक छोरा र श्रीमती हरिमाया गुरुङ भने लमजुङ्गको भोडेओडारमा बस्दै आएका छन् । कतारको आपकोन रियल स्टेटमा कार्यरत गुरुङ आफ्नो नियमित विदामा नेपाल गई गत मे महिनामा कतार फर्केका थिए ।
|
Last Updated : 2011-12-09 13:39:29 | Text Size :
|
| |


EDT 8:48
13:48
18:33
SYD 22:48

