

द एसोसिएसन अफ नेप्लीज इन अमेरिका सम्मेलनको तयारीमा
एएनएका आदरणीय सदस्य तथा पत्रकार मित्रहरु,
द एसोसिएसन अफ नेप्लीज इन अमेरिका (एएनए) अमेरिका र क्यानडामा क्रियाशील हजारौ नेपाली संघ-संस्था बिच ओजस्वी परिचय बोकेको संस्था हो l अहिलेको समयमा यसक्षेत्रमा रहेका संघ-संस्था मध्ये निक्कै ठुल्ठुला चोट सहन बाध्य भएको संस्था पनि हो - एएनए l हामी सबै नै एएनएलाइ मायाँ गर्छौ l यसको कारण स्पष्ट र सरल छ l एएनएकोबिचमा रहेको N ले 'नेप्लिज' को प्रतिनिधित्व गर्दछ जसमा हामी गर्व गर्छौ, हामी को कहाँ र कता छौ भन्ने कुराको यसमा कुनै तुक छैन l
कुनै विषयमा सहमत अथवा असहमत हुन पाउने अधिकार हामीलाई प्रजातान्त्रिक पद्दतिले प्रदान गरेको छ l कानुनी राज्यमा आफ्नो अधिकारको रक्षा गर्नु र न्यायको अपेक्षा गर्नुराज्यद्वारा सबैलाई प्रदत्त अधिकार हो l हामी हाम्रा सम्पूर्ण समर्थक शुभचिन्तक साथीहरुलाई गौरवकासाथ जानकारी गराउन चाहन्छौ अदालतमा रहेको एएनएको मुद्धा यहिडिसेम्वर ८ तारिखका दिन किनारा लागि सकेको छ l यस मुद्दाका कारण एएनए र मुद्धासंग जोडिएका व्यक्तिहरुले केही मात्रामा आर्थिक क्षती भने व्यहोर्नु पर्यो l
अब अदालतले मुद्धा किनारा लगाई सकेको छ, हामीले एएनएको भविष्य हेर्दै अगाडी बढ्नै पर्ने हुन्छ l विगतबाट निर्दिष्ट र वर्तमानको दृष्टिकोणलाइ समेटेर एएनएको नौलोभविष्य निर्माणका हामी सबै ऐक्यवद्द भएर अगाडी बढ्नै पर्ने हुन्छ l एएनएमा सबै नेपाली समानरुपले अटाउन सक्ने वातावरण निर्माणका लागि हामी सबै ऐक्यवद्द हुनै पर्ने हुन्छl अहिलेको महत्वपूर्ण काम भनेको हामीले एएनएलाइ आर्थिक - कानुनी विषयमा नाफारहित सामुदायिक संस्थाको परिधिमा पूर्ण रुपले ल्याउनु पर्ने हुन्छ, ऐन-नियमका विषयलाईचुस्त तन्दुरुस्त बनाउनु पर्ने छ lएएनएका कानुनी परामर्शदाता (वकिल) संग हामी आर्थिक - कानुनी विषयमा केहि दिनमा सल्लाह गर्ने छौ l म र मेरो समूहले एएनएलाइ यसवेला आवश्यक परेको आर्थिक -कानुनी विषयलाई चुस्त तन्दुरुस्त बनाउने प्रकृया पूरा गराउने छ l म एएनएका सदस्य साथीहरु,पूर्व तथा वर्तमान पदाधिकारीहरु, एएनएसंग सम्वन्धित संघ-संस्था तथा यसकाकमिटिका पदाधिकारीहरु, एएनएका विगतका सम्मेलनका पदाधिकारीहरु लगायत सरोकारवाला सम्पूर्ण महानुभावहरुसंग पूर्ण सहयोगको अपेक्षा राख्दछु l
जब हामी एएनएका सामु रहेको आवश्यक कानुनी तथा आर्थिक अनुशासनको विषयलाई सहि ठाउमा ल्याई पुर्याउने छौ त्यसको लगत्तै सरोकारवाला निकायबाट स्वीकृत गरिएकोविधान अनुसार एएनएको नयाँ नेत्तृत्वकालागि निर्वाचन गराउने छौ l हामी हाम्रा कानुनी परामर्शदातासंग परामर्श गरि समयमानै एएनए सम्वन्धि सूचना तथा जानकारीहरुएएनएको 'वेभ साइट' मा 'पोष्ट' गर्ने छौ lएएनए अदालतमा भएको वेला असहमतिलाई सहमतिमा ल्याउन अहम भूमिका निर्वाह गर्नुहुने अमेरिकाका लागि नेपाली राजदूत डा. शंकर प्रसाद शर्मालाई उहाले पुर्याउनु भएकोयोगदानका लागि हामी आभार व्यक्त नगरी रहन सक्दैनौ l एएनएको स्थापना गरेर यसलाई जीवन्त राख्न पुर्याएको योगदानका कारण यसका संस्थापक तथा पूर्वपदाधिकारीहरुलाइ म सलाम गर्न चाहन्छु l एएनएलाई दु:ख-सुखका समयमा साथ दिने अमेरिका तथा क्यानडामा बस्ने हजारौ नेपाली दाजु - भाई, दिदि-बहिनीहरुलाई यस साथकालागि प्रणाम नगरी रहन सकिन्न l आउदो एएनएले सकारात्मक सोच राख्ने र रचनात्मक काम गर्नेलाई सलाम गर्ने नै छ lअदालतले एएनएका लागि खटाएका ट्रष्टि अनुज सुद र एएनएका लागि कानुनी परामर्शदाता (वकिल) डिपो अकिन-डेक एएनएका लागि उहाहरुले पुर्याउनु भएको योगदानकाकारण धन्यवादका पात्र हुनुहुन्छ l एएनएको मुद्धा अदालतमा रहेको बेला सामुदायिक भावनामा रही मुद्धाको विषयलाई शान्त रुपमा रहन दिएर अदालती निर्णय पर्खिदिनुभएकोमा पत्रकार मित्रहरुप्रति पनि हामी आभारी छौ l' Lone Star state ' का नामले चिनिने टेक्सास एएनएको ३० औँ सम्मेलन जुलाई ४, २०१२ को तयारीमा जुटेको छ l " भिमकाय राज्य टेक्सास " मा बस्नुहुने नेपाली दाजु -भाई, दिदि-बहिनीहरुले एएनएको आउँदो सम्मेलन अविष्मरणीय बनाउनु हुनेछ भन्नेमा हामी पूर्ण विश्वस्त छौ l बिभिन्न क्षेत्र र पेशामा रहनु भएका सम्पूर्ण नेपालीहरुलाई दएसोसिएसन अफ नेप्लीज इन अमेरिका (एएनए) एउटै छाता मूनी अटाउने वातावरण सृजना गर्न म र मेरो समूहमा रहनु भएका एएनएका पदाधिकारीहरु पूर्ण रुपमा प्रतिवद्द छौ lधन्यवाद
छेवाङ शेर्पा लामा
अध्यक्ष
(अन्तरिम कार्यसमिति)
द एसोसिएसन अफ नेप्लीज इन अमेरिका (एएनए)
डिसेम्वर १४, २०११
|
Last Updated : 2011-12-15 08:44:49 | Text Size :
|
| |


EDT 21:54
2:54
7:39
SYD 11:54

