

साउदी अरेवियामा महिला मुक्तिको आवाज
सागर श्रेष्ठ
संसार विचित्रको छ । विभिन्न देशमा आ-आफ्नै प्रकारको कानुन हुन्छ । लाग्छ संसारकै सबै भन्दा कठोर कानुन भएको देश भनेकै साउदी अरेविया हो । यहांको वातावरण रहन शहन विलकुलै फरक छ जो कसैले पनि सोचेको भन्दा । यहांको आफ्नै घर परिवारमा पनि विबहा पश्च्यात आमा बाबा बाट टाढा हुदछ अनि महिलाहरुको लागी त बुर्का भित्रको जीन्दगी खै महसुस पनि गर्न सकिन्न ।
कुवेतमा कानि शेर्पाको हत्या पश्च्यात गल्फ देशहरुमा नेपालबाट महीलाहरुलाई आउन प्रतिबन्ध लगाईएता पनि विगत केहि समयदेखी अधिकांस गल्फ देशहरुमा त्यो वन्देज नेपाल सरकारले हटाएको छ । साउदी अरेवियामा अझै प्रतिबन्ध भएता पनि करिव ७० हजारको हाराहारीमा नेपाली महिलाहरु भारत तथा बंगलादेशको बाटो गरि यहाँ आएको पाईन्छ । केहि मात्रमा नेपाली महिलाहरुको स्थिति राम्रो भएता पनि अधिकांस नेपाली महिलाहरुको अबस्था सोचेको भन्दा विलकुल फरक छ ।
यहां हाउसमेडमा काम गर्न आएका महिलाहरुले ठिक समयमा तलब नपाउने मानसीक यातना शारिरिक यातना आदी सम्म खेप्नुपरेको छ । यस्ता दर्दनाक पिडा भएका बग्रल्ती समाचारहरु हामीले बेला बेलामा सुनीरहेका छौं अनि पढिरहेका छौं । नेपाली राजदुताबासको सेल्टरमा मात्र १२-१५ जना महिलाहरु आश्रय लिई बसेकाछन । यस्ता धेरै पिडा बोकेका महिलाहरु धेरैछन यहां । बास्तविक समस्याहरु जब नेपालबाटै बैदेशीक रोजगारिको लागी जान तम्तयार हुन्छ अनि सुरु हुन्छ तिनिहरुको पिडादाईक यात्रा । यहां ति समस्यामा परेका महिला दिदी बहिनीहरुको बारेमा बास्तविकता बुझनलाई धेरै कठिनाई छ । गैर आवसीय नेपाली संघ राटि्रय समन्वय परिषद साउदी अरेवियाले आपत विपतमा परेका महिलाहरुको उद्वारको लागी एक कोष नै खडा गरेको छ । उक्त कोष बाट दर्जनौ महिलाहरुलाई उद्वार गरि नपठाएको पनि होईन समस्या दिन प्रति दिन बढी रहेको छ । यस्ता धेरै समस्याहरु दिन प्रति दिन बढ्नुको पछाडी पनि चेतनाको कमि हो ।
साउदी अरेवियामा महिला मुक्तिको आवाज लिएर हिडेकी यस्मीन बेगम सैयदले गएको दुई बर्षे कार्यकालमा गैर आवसीय नेपाली संघको गल्फदेश अन्र्तरगत साउदी अरेवियाबाट महिला सदस्यमा मनोनित भएकी थिईन उनले नेपाली महिलाहरुको समस्याको आवाज कति उठाईन कति समाधान गरिन र सम्बन्धीत निकाएसम्म कति पहल गरिन त्यो वहांलाईनै थाहा होला यात सम्बन्धत निकायलाई नै निकट भविश्यमा त्यसको जानकारी हामीले पाउनेनै छौं । तरपनि साउदी अरेविया जस्तो देशबाट त्यसमाथि एउटा मुस्लीम महिला आपत विपतमा परेका महिलाहरुको मुक्तिको आवाज लिएर हिड्नु भनेको कुनै चानचुने कुरा होईन । लाग्छ साउदी अरेवियामा महिला मुक्तिको लागी आंट र साहस लिएर अगाडी बढ्ने उनि पहिलो महिलो हुन । विभिन्न लेखहरुबाट होस या नेपालीहरुको विभिन्न कार्यक्रममा होस उनि धेरै चिन्तीत भएर आपत विपतमा परेका नेपालीहरुको उद्वारको लागी हात फैलाएको पाईन्छ । तर वाहांको यात्रा निरर्थक भएको छ । हातमा हात मिलाउने साथ दिने साथिहरुको कमि छ । यदि सबैले साथ दिनेहो भने वहांको यात्रा अलि सहज हुने महसुस गर्न सकिन्छ ।
सायद वहांको लगनसिलता निरन्तरता प्रतिबद्यता आदी देखेरै होला गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिसदले पुन वहांलाई आएआरएनए आईसीसी मिडिलईस्ट को-अप्टेड महिला सदस्यमा मनोनित गरेको छ उक्त जानकारी आईसीसी प्रवाक्ताले सामाजीक साजाल फेसवुक मार्फत जानकारी गरेको हो । महिला मुक्तिको आवाज लिएर अगाडी बढीरहेकी यस्मीन वेगमलाई धेरै धेरै धन्यबादको साथ सफल कार्यकालको कामना गर्दछौं । वहांको कार्यकाल मनोनितमा मात्र सिमित नहोस आपत विपतमा परेका महिलाहरुको चराईरहेको घाउको महलम बनुन यहि छ हाम्रो शुभकामना ।
|
Last Updated : 2011-12-15 14:01:17 | Text Size :
|
| |


EDT 22:07
3:07
7:52
SYD 12:07

