

अफगान बन्दी रिहा गर्न सकिँदैन- अमेरिकी रक्षा मन्त्री
वासिङ्गटन,फागुन ३/ अमेरिकी रक्षा मन्त्री लियोन पेनेटाले अमेरिकी जेलमा रहेका अफगान बन्दीको रिहाको विषयलाई आफूले स्वीकृति नदिने बताए।
रक्षा मन्त्रीले भने-'अमेरिकी जेलमा रहेका अफगान बन्दीको रिहाइको बचन म दिन चाहन्न किनभने ती बन्दीहरु रिहाइपछि पनि द्वन्द्वमा नफिर्किने कुनैपनि विश्वास छैन।'
हालैका केही दिनयतादेखि अफगानिस्तानका तालिवनीसँग वार्ताको प्रक्रिया अमेरिकाले थाल्ने चर्चा चलिरहेको बेलामा अहिले आएर तालिवानीले पनि ती बन्दीहरुको रिहा गर्नुपर्ने अडान राख्दै आएका छन्।
वार्ताका लागि अमेरिकी जेलमा रहेका तालिवानी बन्दीहरुको रिहाइ हुनुपर्ने विषय आएपछि अमेरिकी रक्षा मन्त्रीको यो प्रतिक्रिया आएको हो।
उनले भने-'जबसम्म ती बन्दीहरु फेरि पनि लडाइँको मोर्चामा सहभागी हुँदैनन भन्ने सुनिश्चिताता अमेरिकालाई हुँदैन त्यतिञ्जेल बन्दी रिहा गर्न सकिंदैन।'
अमेरिका सरकारले आगामी केही दिनमा नै तालिवानीसँगको वार्ताको प्रक्रिया तयार पारेको छ। तर पनि सो वार्ताको शर्त तालिवानीले सो उनीहरुका बन्दीको रिहाइको माग गरका छन्।
अमेरिकी जेलमा रहेका तालिवान पाँच जना वरिष्ठ लडाकुको रिहाइको प्रक्रियासँगै अमेरिकी सरकार र तालिवानी लडाकुको वार्ताको प्रक्रिया पनि सुरु हुने बताइएको छ।
अमेरिकाको सिनेटमा रक्षा मन्त्री पानेटाले आफू ती बन्दीको रिहाइको बारेमा सोचिरहेकेा तर पनि कानुनी रुपमा ती बन्दीको रिहाइका लागि बाध्य भने नरहेको पनि स्पष्ट गरे।
सो वार्ताका बारेमा भएको सार्वजनिक सुनुवाइका क्रममा रक्षा मन्त्री पानेटाले सो जवाफ दिंँदै थिए।
अमेरिकी संसदको सिनेट आर्म सर्भिस कमिटिमा भएको सुनुवाइका क्रममा उहाँले सो जानकारी दिएका हुन।
उनले भने-'यस विषमा कुनैपनि निर्णय भइसकेको छैन। '
अमेरिकी संसदले सो विषयलाई पारित गरेपछि मात्र आफूले कार्यान्वयन गर्ने र उसको सहमति बिना केही पनि काम आफूले नगर्ने स्पष्टिकरण पनि उनले दिए।
उनले भने-' तर मलाई लाग्छ अमेरिकाको जेलबाट रिहा भएको कुनैपनि व्यक्ति आतङ्ककारीको क्याम्पमा जानुहुँदैन र त्यो हुन दिइनुहुँदैन।
तालिवानीसँग वार्ताको प्रक्रिया सुरु भएको बताएपनि त्यसका बारेमा खासै केही प्रगति भने भएको पाईंदैन।
वार्ताको स्थानका बारेमा कुरा नमिलीसकेको पनि समाचारमा जनाइएको छ। तालिवानीले वार्ताका लागि अमेरिकी अधिकारीहरुसँग बस्ने विषयमा भने स्वीकृति जनाइसकेका छन्।
अफगानिस्तानबाट तालिवानी शासनको अन्त्य गराइ अमेरिकाले सन् २००१ देखि अमेरिकी नेतृत्वको सैनिक कारबाहीलाई अघि बढाएको थियो।
तर अहिलेसम्म सो कारबाहीबाट अफगानिस्तानमा आतङ्कको अन्त्य भने भइसकेको छैन।
सो आतङ्कको अन्त्य नभएपनि आगामी सन् २०१४ को अन्त्यसम्ममा अफगानिस्तानबाट नेटो सैनिकले सेना फिर्ता गर्ने निर्णय गरिसकेका छन्। रासस/एएफपी
|
Last Updated : 2012-02-15 07:30:03 | Text Size :
|
| |


EDT 13:06
18:06
22:51
SYD 3:06

