तनहूँमा ज्वरो र रुघाखोकीकाे बिरामी चाप बढ्दाे

दमौली । केही दिनयतादेखि दमौली अस्पतालमा ज्वरो र रुघाखोकीका बिरामीको संख्या बढ्दै गएको छ । 

 

 

मौसम परिवर्तन सँगसँगै अस्पतालमा बिरामीको चाप बढेको जिल्ला स्वास्थ्य प्रमुख रामकुमार श्रेष्ठले बताए। जेठको पहिलो हप्तादेखि नै बिरामीको चाप अत्यधिक रहेको जानकारी उनले दिए । भाइरल ज्वरो, विषमज्वरो, रुघाखोकीका बिरामीको चाप बढेको उनले बताए । 

 

 

दैनिक १६० जनासम्म बिरामी उपचारका लागि आउने गरेका छन्, डा श्रेष्ठले भने । बिरामीलाई साफसुग्घर भएर बस्न, उमालेको पानी खान, तातो झोल पदार्थ खान, बासी सडेगलेका खानेकुरा नखान, सल्लाह दिँदै आएको अस्पतालका डा सृजना शर्माले बताए । दैनिक १५÷२० जना इमर्जेन्सीका बिरामीको स्वास्थ्य जाँच गर्दै आएको स्वास्थ्यकर्मी बताउँछन् । 

 

 

व्यास नगरपालिका, रिसिङ गाउँपालिका, म्याग्दे गाउँपालिका, देवघाट गाउँपालिकालगायत क्षेत्रबाट बिरामी उपचारका लागि आउने गरेको दमौली अस्पतालले जनाएको छ । दाँतका समेत दैनिक २०÷२५ जना बिरामी आउने गरेको डा दीपेन्द्र राय यादवले बताए। 

 

 

अस्पतालका जनस्वास्थ्य निरीक्षक ऐश्वर्य भट्टराईले गर्मी बढेसँगै अस्पतालमा बिरामीको संख्या बढ्दै गएको बताए। “दूषित पानी र फोहरमैलाका कारण हुने महामारी फैलन नदिन हामीले उच्च सतर्कतासमेत अपनाएका छौँ” भट्टराईले भने । 


थप समाचार

आज म्यान्चेस्टर डर्बी, दुबै क्बलको लागि ‘डु अर डाई’ खेल (प्रिभ्यू)

  • 14 minutes ago
आज म्यान्चेस्टर डर्बी, दुबै क्बलको लागि ‘डु अर डाई’ खेल (प्रिभ्यू)

काठमाडौँ । आज इंग्लिस प्रिमियर लिग अन्तर्गत म्यान्चेस्टर युनाइटेडले घरेलु प्रतिद्धन्द्धी म्यान्चेस्टर सिटीसँग प्रतिस्पर्धा गर्दैछ । म्यान्चेस्टर युनाइटेडको घरेलु मैदान वल्र्ड ट्राफोडमा हुने खेल नेपाली

राष्ट्रपतिबाट हुने कार्यसम्पादन उपराष्ट्रपतिले गर्ने

  • 24 minutes ago
राष्ट्रपतिबाट हुने कार्यसम्पादन उपराष्ट्रपतिले गर्ने

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो अनुपस्थितिमा राष्ट्रपतिबाट सम्पादन हुने कार्य उपराष्ट्रपति नन्दबहादुर पुनबाट सम्पादन गरिने गरी तोकेकी छन् । राष्ट्रपति भण्डारी चिनियाँ समकक्षी स

पराकम्पकाे ह्याट्रिक, नाैबिसे केन्द्रविन्दु भएर दियाे तेस्राे धक्का

  • 43 minutes ago
पराकम्पकाे ह्याट्रिक, नाैबिसे केन्द्रविन्दु भएर दियाे तेस्राे धक्का

काठमाण्डौ । विनाशकारी भूकम्प गएको ४ वर्ष पुग्नु एकदिन अघि धादिङको नौबिसे केन्द्रबिन्दु भएर बुधबार तेस्रो परकम्प गएको छ ।



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

स्वस्थ रहन यी कुरामा विशेष ध्यान दिनुहोस्

स्वस्थ रहन यी कुरामा विशेष ध्यान दिनुहोस्

एजेन्सी । स्वस्थ रहन सबैले आफ्नो तौलको जानकारी लिनुपर्छ । यो सजिलैसंग जान्न सकिन्छ । यसको सूत्र हो, आफ्नो उचाई ९सेन्टिमिटर० मा १०० घटाउने ।