पहिरोले जलविद्युत् बगाएपछि एकवर्षदेखि अन्धकारमा लुलाङ गाउँ

Education Park

बेनी । म्याग्दीको धौलागिरि गाउँपालिका–२ लुलाङ गाउँ एकवर्षदेखि अन्धकारमय बनेको छ । 

 

 

२०७४ साउन १२ गते गाउँनजिक रहेको जुगेपानी पहिरोले २५ किलोवाट क्षमताको दरखोला दोस्रो लघुजल विद्युत् परियोजनाको विद्युत्गृह पुरिनुका साथै नहर बगाएपछि गाउँ अन्धकार बनेको हो । 

 

 

 

विद्युत्को अभावमा विद्यालयका विद्यार्थी, स्वास्थ्य चौकीमा नियमित उपचारसहित गाउँको जनजीवन प्रभावित भएको वडाध्यक्ष गमप्रसाद विकले बताए । “विद्युत् आपूर्ति रोकिएको एक वर्ष बित्न लाग्यो, सोलार र टुकी बाल्नुपर्ने बाध्यता छ” विकले भने । 

 

 

उनले अधिकांश दलितको बसोबास रहेको लुलाङमा गरिबीका कारण सोलार र मैनबत्तीसमेत किन्न नसक्दा बालबालिकाले साँझपख पढ्नबाट वञ्चित हुँदा शैक्षिक गतिविधि प्रभावित भएको दुुखेसो गरे । परियोजनाको अधिकांश संरचना पहिरोले क्षति पु¥याएपछि गाउँपालिकाले विनियोजन गरेको रु २३ लाख बजेटले परियोजना पुनःनिर्माण सम्भव नभएपछि अलपत्र परेको उहाँले जानकारी दिए । 

 

 

तीनसय २५ घरधुरीले प्रयोग गर्ने परियोजनालाई नयाँ ठाउँमा सञ्चालन गर्न सर्वेसहितको प्राविधिक काम सकिएको गाउँलेले बताएका छन् । 

 

 

परियोजना बन्द भएपछि केही गाउँलेले ऋण लिएरसमेत सोलार जडान गरेका छन् । “गाउँले मर्कामा परेका छन्, विकट बस्तीमा सरकारी बजेटले प्राथमिकता पाउन सकेन” स्थानीय बृद्ध टेकलाल रसाइलीले भने । 

 

 

उनले बत्तीका साथै गाउँमा खानेपानीको समेत चरम संकट रहेको बताउँदै गाउँ नजिक रहेका मुहानलाई मर्मतसहित नयाँ पाइप विस्तार गर्न नसक्दा गाउँमा खानेपानीको पनि हाहाकार भएको बताए । आधारभूत आवश्यकताबाटै वञ्चित हुनुपरेको छ, खानेपानी र बाल्ने बिजुलीलाई पहल गर्दा पनि सफल हुन सकेनौँ उनले भने । 

 

 

लुलाङमा रहेका सार्वजनिक धारामा बिहानैदेखि लाइन बस्नुपर्ने बाध्यता रहेको छ । सञ्चार सुविधाबाट समेत सहज नभएकाले गाउँलेले नजिकैको डाँडामा पुगेर मोबाइलबाट कुराकानी गर्ने गरेका छन् । 

 

 

मोबाइलसहित अन्य उपकरण चार्ज गर्न स्थानीयले छिमेकी मुनामा पुग्नुपर्ने बाध्यता रहेको छ । स्थानीयले सञ्चार, विद्युत्, खानेपानी समस्या तत्काल समाधान गर्न माग गरेका छन् ।

 

 

देशकै दुर्गम बस्तीका जनता जस्तो लाग्छ, अति आवश्यक सेवाबाटै वञ्चित छौँ स्थानीय राम रसाइलीले भने । उनले खानेपानीका लागि बालबालिकाले जोखिम मोल्नुपर्ने बाध्यता रहेको बताउँदै जनश्रमदानबाट मात्रै सम्भव नभएको बताए। 

 

 

पहिरोले खानेपानीको मुहानमा समेत क्षति पुगेपछि लुलाङ र लम्सुङबाका बासिन्दाले दैनिक पानीको खोजीमा हिँड्नुपर्ने बाध्यता रहेको छ । यता गाउँपालिका अध्यक्ष थमसरा पुनमगरले जनताको समस्यालाई नजिकबाट हेरेको बताउँदै समस्याको समाधानका लागि पहल भइरहेको बताए । “लुलाङको समस्यालाई प्रदेश र केन्द्रीय सरकारसमक्ष पु¥याएका छौँ, विकट बस्तीमा प्राकृतिक प्रकोपले समेत सताइरहेको छ” उनले भने । 

 

 

लघुजलविद्युत्, खानेपानी, शिक्षा र सञ्चारको समस्या समाधानका लागि स्थानीय सरकारको बजेटबाट मात्रै अपुग भएकाले थप बजेटका लागि माग गरिएको बताए । 

 

जिल्लाकै अति विकट मानिने गुर्जा तथा छिमेकी जिल्ला बागलुङ जाने स्थानीयलाई लक्षित गरी गाउँमा होमस्टे सञ्चालन गरेपनि खानेपानी र विद्युत्को अभावले समस्या भइरहेको छ । विद्युत्बाट चल्ने विभिन्न किसिमका उपकरणमा आधारित साना उद्योगसमेत बन्द भएका छन् । 

 

 


थप समाचार

यस्तो रहेको छ विहीबारको तपाईको भाग्य– असार १२ गते

  • 7 minutes ago
यस्तो रहेको छ विहीबारको तपाईको भाग्य– असार १२ गते

आज वि.सं.२०७६ साल असार १२ गते । विहीबार । ईश्वी सन् २०१९ जुन २७ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४१ । आषाढ कृष्णपक्ष । तिथि दशमी, ५५ घडी ५७ पला, रातको ०

माथिल्लो तामाकोशीको ठाडो सुरुङमा पेनस्टक पाइप जडान

  • 16 minutes ago
माथिल्लो तामाकोशीको ठाडो सुरुङमा पेनस्टक पाइप जडान

जिरी । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनालाई अर्को सफलता मिलेको छ । माथिल्लोे ठाडो सुरुङमा पेनस्टक पाइप जडानका लागि पाइप जोडिएको छ । एउटा पाइप माथिबाट तल सफलतापूर्वक पु¥याएसँगै जडानकार्य पनि शुरु भएक

तीन दशकपछि कालोपत्रे सुरु भयो

  • 19 minutes ago
तीन दशकपछि कालोपत्रे सुरु भयो

डडेल्धुरा । डडेल्धुराको वुडर जोगबुढा सडक निर्माण शुरु भएको तीन दशकपछि कालोपत्रे लगायतको काम शुरु भएको छ । डोटी वुडरदेखि डडेल्धुराको सदरमुकाम जोगबुढासम्मको ३० किलो मिटर सडकमा कालोपत्रेको काम थालिएको हो



प्रेम र यौन

यी हुन् विश्वका ५ चर्चित यौन बजार

यी हुन् विश्वका ५ चर्चित यौन बजार

पछिल्लो समय यौनलाई मानिसहरुले आधारभूत आवश्यकताको रुपमा लिँदै आएका छन् । सोही कारणले गर्दा कतिपय देशका सरकारहरुले नै अनुमति दिएर यौन बजार खुल्दै आएको छ । जसलाई हामी ‘रेड लाइट’ एरिया भन्छौं । यहाँ हामीले विश्वका चर्चित ५ यौन बजारको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको छ विहीबारको तपाईको भाग्य– असार १२ गते

यस्तो रहेको छ विहीबारको तपाईको भाग्य– असार १२ गते

आज वि.सं.२०७६ साल असार १२ गते । विहीबार । ईश्वी सन् २०१९ जुन २७ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४१ । आषाढ कृष्णपक्ष । तिथि दशमी, ५५ घडी ५७ पला, रातको ०३ बजेर ३४ मिनेट उप्रान्त एकादशी । काठमाडौंमा सूर्योदय ०५ बजेर १२ मिनेट, सूर्यास्त बेलुकी ०७ बजेर ०१ मिनेट ।

विचित्र विश्व

शुद्ध ब्राहम्णबारे रोचक कुरा

शुद्ध ब्राहम्णबारे रोचक कुरा

शुद्ध ब्राह्म्ण समाज प्याज, लसुन र च्याउलाई परै बस्छन् । ब्राहम्णहरुलाई समाजमा हेर्ने दृश्य र व्यवहार अरु जातिको भन्दा भिन्न रहेको छ । उनीहरुको जीवनलाई निकै भिन्नताका साथ हेर्ने गरिन्छ । उनीहरु लुसन, प्याज, र च्याउका प्रयोग गर्न रुचाउँदैनन् ।