प्रदूषण घटाउन बेवास्ता गर्दै ढुंगा–गिट्टी उद्योग

ललितपुर । काठमाडौँ उपत्यकामा रहेका अधिकांश ढुंगा–गिट्टी उद्योगले प्रदूषण कम गर्ने कुरामा ध्यान दिएका छैनन् । 

 

 

 

वातावरणीय प्रभाव मूल्यांकन इआइए प्रतिवेदनमा प्रदूषण नियन्त्रणका लागि गर्छु भनेका कुरा कार्यान्वयन नगरेको पाइएको वातावरण विभागका उप–महानिर्देशक सफला श्रेष्ठले बताए। विभागले नियमितरुपमा उद्योगहरुमा प्रदूषणको अवस्था बुझ्नका लागि अनुगमन गरिरहेको छ । 

 

 

उनी भन्छन्, “अनुगमनका क्रममा यी उद्योगले कुनै पनि खालको सावधानी अवलम्बन नगरेको पाइएको हो ।” ईआइए प्रतिवेदनमा उद्योगले गर्नसक्ने प्रदूषणको अनुमान गर्दै नियन्त्रण गर्ने उपाय अवलम्बन गर्ने प्रतिबद्धता जनाएका हुन्छन् । 

 

 

धुलो नउडोस् भनेर दैनिक पानी छर्कने, वरपर ढाक्ने गरेर पर्खाल लगाउनेदेखि प्रदूषण नियन्त्रण गर्ने उपकरणको जडानसमेत पर्छ । उद्योग आफैँले पनि स्व–अनुगमन गरेर सम्बन्धित निकायमा प्रतिवेदन बुझाउनुपर्छ । उनी भन्छन्, “तर अधिकांशले स्व–अनुगमन गरेको पाइँदैन ।” 

 

 

नियमित कार्यक्रमअनुसार विभागले उद्योगको अनुगमन गर्दै आएको छ । स्थानीय निकायमा वातावरण प्रदूषणसम्बन्धी मुद्दा आइरहेका हुन्छन् । तीनै उजुरीका आधारमा पनि अनुगमन गरेर कारबाहीको सिफारिश हुने गरेको विभागले जनाएको छ । 

 

वातावरण प्रदूषण बढाएको भन्दै केही वर्ष पहिलेदेखि बन्द उद्योग अहिले स्थानीय निकायले धमाधम खुलाइरहेका छन् । 


थप समाचार

'त्रिभुवन विमानस्थल खतराको सूचीमा छ'

  • 12 seconds ago
'त्रिभुवन विमानस्थल खतराको सूचीमा छ'

काठमाडौं । भारतीय जनता पार्टीका वरिष्ठ नेता विजय जौलीले नेपालको एक मात्र अन्तराष्ट्रिय विमानस्थल खतरनाक भएको भन्दै नेपालका प्रधानमन्त्रीलाई आफूले चिठ्ठी लेखेको एक पत्रमर्फत खुलासा गरेका छन् ।

सातौं बिग आइकन सुबास लण्डनमा, पहिलो कार्यक्रम शनिबार माया पबमा

  • 6 hours ago
सातौं बिग आइकन सुबास लण्डनमा, पहिलो कार्यक्रम शनिबार माया पबमा

लण्डन । पोखरास्थित बिग एफएमले हरेक वर्ष आयोजना गर्ने गायन प्रतिस्पर्धा बिग आइकनको सातौं संस्करणका विजेता सुबास गुरुङ लण्डन आइपुगेका छन् । बेलायतका विभिन्न स्थानमा प्रस्तुति गर्न बिग आइकन सुबास बिग एफए

रश्मोरका काउन्सिल लिडरले भने, 'नेपालीबाट बेलायतीले धेरै सिक्न सक्छन्'

  • 7 hours ago
रश्मोरका काउन्सिल लिडरले भने, 'नेपालीबाट बेलायतीले धेरै सिक्न सक्छन्'

ग्रेटर रश्मोर नेपाली कम्युनिटीले विहिबार अल्डरसटमा आयोजना गरेको इन्फरमेसन डे कार्यक्रममा काउन्सिल लिडर डेभिड क्लिफोर्डले स्थानीय नेपालीहरुको प्रशंसा गरेका हुन् ।



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

हार्ट अट्याक कार्डियक एरेस्ट हार्ट फेलियरमा के भिन्नता छ ? मुटु कसरी स्वस्थ राख्ने ?

हार्ट अट्याक कार्डियक एरेस्ट हार्ट फेलियरमा के भिन्नता छ ? मुटु कसरी स्वस्थ राख्ने ?

हार्ट फेलियरको बारेमा आमधारणा यो छ कि यसमा मुटुले एकैचोटी काम गर्न छोड्छ तर यो पुर्णरुपमा साँचो हैन । हार्ट फेलियर भएमा मुटुको रगत पम्प गर्ने क्षमता कमजोर हँदै जान्छ ।

विचित्र विश्व

एउटा अजबगजबको होटल !

एउटा अजबगजबको होटल  !

दुबईमा धेरै होटलहरु रहेका छन् । ती होटलहरुमा सबै सुविधा त छदैछन् र चर्चा पनि उत्तिकै हुनेगर्छ । तर, एउटा अजबगजबको होटल साउदी अरबमा बन्न लागेको छ ।