काभ्रेको विकट डाँडापारिको बनखुचौरबाट पनि नागरिकता वितरण

Education Park

बनेपा । काभ्रेपलाञ्चोक जिल्लाको विकट डाँडापारिस्थित महाभारत गाउँपालिकाका जनताले अब नागरिकता बनाउनकै लागि जिल्ला सदरमुकाम धुलिखेलसम्म धाउनुपर्ने बाध्यताको अन्त्य भएको छ । 

 

 

बुधबारदेखि महाभारत गाउँपालिकाको बनखुचौरमा इलाका प्रशासन कार्यालय स्थापना गरी विधिवत्रुपमा सेवा प्रवाह शुरु गरेपछि डाँडापारि बासिन्दाका लागि नागरिकता बनाउनकै लागि सदरमुकाम धाउनै पर्ने बाध्यताको अन्त्य भएको हो । 

 

 

काभ्रेपलाञ्चोकको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउत र जिल्ला समन्वय समितिका प्रमुख उद्धव केसीले कार्यालय उद्घाटन गर्नु भई सेवा शुभारम्भ गरेका हुन्। 

 

 

गाउँमा नै इलाका प्रशासन कार्यालय स्थापना भएपछि पहिलोपटक महाभारत गाउँपालिकाका–६ का मकरबहादुर थिङ र नानीमाया थिङका छोरी अनिता थिङ र छोरा प्रवीण थिङले नागरिकताको प्रमाणपत्र लिनुभएको हो । इलाका प्रशासन कार्यालय स्थापना गरेर आफ्नै घर आँगनबाट सेवा लिन पाएकोमा धेरै खुशी लागेको उनीहरुको भनाइ छ ।

 

 

 

“नागरिकता बनाउनकै लागि तीन÷चार दिनसम्म लगाएर धुलिखेल गएर बनाउनुपथ्र्यो, त्यही कारणले नबनाइकन बसिरहेका थियौँ, अहिले आफ्नै घर आँगनमा कार्यालय स्थापना गरेपछि यहीँ नागरिकता बनाउन आएका हौँ ।” उनीहरुले भने, “अब हाम्रा लागि नागरिकता बनाउन हजारौँ खर्च गरेर सदरमुकाम धाउनु पर्ने दिन गए, यसैमा धेरै खुशी छौँ ।” 

 

 

प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले सेवाग्राहीले नजिकको ठाउँबाट सेवा पाउने इच्छाअनुसारको सेवा प्रदान गर्न उक्त कदम चालेको बताए । 

 

 

“जिल्लाको दुर्गम महाभारत गाउँपालिकाका सबै नागरिकले आगामी दिनमा नागरिकता, नागरिकता प्रतिलिपि, नाबालक परिचयपत्र र मेशिन रिडएबल पासपोर्ट एमआरपी का सिफारिशसमेत इलाका प्रशासन कार्यालयबाट उपलब्ध हुनेछ ।” राउतले भने, “प्राप्त सेवालाई दीर्घकालीन रुप दिनको लागि भौतिक पूर्वाधारको व्यवस्था गर्न गाउँपालिकाले आवश्यक व्यवस्थापनमा लाग्नुहोला ।” 

 

 

जिल्ला समन्वय समितिका प्रमुख उद्धव केसीले विविध कारणले पछाडि परेका ठाउँमा प्राप्त सेवा र यहाँका नागरिकले पाउने सेवाका लागि जनप्रतिनिधिले अझ धेरै दुःख गर्नुपर्ने बताए। यसअघि नागरिकता बनाउनदेखि सरकारी प्रशासनिक कामका शिलशिलामा सदरमुकाम जानेहरु घर नफर्किउन्जेलसम्म बाटोमा के भयो, कतिखेर आइपुग्ने हुन् भनेर चिन्ता लिनुपर्ने अवस्था अब नरहेको उनले बताए । 

 

 

गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले धेरै प्रयासपछि मात्रै इलाका प्रशासन कार्यालय स्थापना गर्न सफल भएको बताए। “कार्यालय स्थापना गर्नका लागि गाउँसभादेखि सबै निकायबाट उत्तिकै साथ र सहयोग पाएका कारण यो काम सफल भयो” जिम्बाले भने, “अब बल्ल डाँडापारिका बासिन्दाको वर्षौंदेखिको सपना पूरा भएको छ ।” 

 

 

यसअघि प्रमुख जिल्ला अधिकारीको असहयोग भएकै कारण कार्यालय स्थापना गर्न नसकेको उनले बर्ताए । “यसअघिका प्रमुख जिल्ला अधिकारीले कहिले कर्मचारी नभएको भन्ने, कहिले स्थानको बारेमा विवाद रहेको भन्नेलगायतका बहाना बनाएर स्थापना गर्न नसकेको काम अहिलेका प्रमुख जिल्ला अधिकारीले साथ दिनुभएर यसलाई छिटो गर्न सफल भयौँ” जिम्बाले थपे ।

 

 

कार्यालयबाट नागरिकता मात्रै दिनेभन्ने कुरामा उनले नै नागरिकता मात्रै नभई राहदानी, नाबालक परिचयपत्रदेखि नागरिकताको प्रतिलिपिसमेत दिन पाउने सेवाको अख्तियारी दिनुभएकोमा डाँडापारि बासिन्दा थप लाभान्वित हुन पाएका छौँ । 

 

 

कार्यालय स्थापना भएर सेवा प्रवाह भएसंगै अब डाँडापारि बासिन्दाले नागरिकता बनाउनकै लागि ३४ दिन लगाएर रु दश हजारसम्म खर्च गर्नुपर्ने अवस्थाको अन्त्य भएको अध्यक्ष जिम्बा बताउ छन् । विकट ठाउँमा शुरु भएको सेवा अनलाइनबाट कम्प्यूटर प्रणालीमा नै शुरु गरेको छ । 

 

 

मन्त्रिपरिषद्को २०६९ मंसिर ८ गतेको निर्णयअनुसार काभ्रेपलाञ्चोक जिल्लाको डाँडापारिस्थित घर्तीछाप गाविसमा इलाका प्रशासन कार्यालय राख्ने निर्णय भएकोमा हाल आएर राज्य पुनःसंरचनाबाट उक्त निर्णय इलाका क्षेत्र महाभारत गाउँपालिका कायम भई बनखुचौर देवीटारमा स्थापना हुने २०७४ साल असार २६ गते पत्र प्राप्त भएअनुसार बुधबारदेखि कार्यालय स्थापना भएको हो । 

 

 

इलाका प्रशासन कार्यालयका प्रमुख झपेन्द्र खरेलसहित सातजनाको दरबन्दी रहेको सो कार्यालयमा अहिले करारका कर्मचारी दुई जनासहित तीनजनाले मात्रै सेवा प्रदान गरिरहेका छन् । कर्मचारी दरबन्दीअनुसार कर्मचारी व्यवस्थापन गर्न प्रमुख जिल्ला अधिकारी राउतले गृहमन्त्रालयसंग कर्मचारी माग गरिसकेको बताए । 

 

 

त्यससंगै शान्ति सुरक्षा, लागूऔषध, मदिराजन्य पदार्थको नियन्त्रण गर्न स्थानीयस्तरमा समन्वय गरेर काम गर्न अधिकार प्रत्यायोजन गरेको उनले बताए । 


थप समाचार

बैंकिङ कसूरकाे मुद्दामा फरार अभियुक्त पक्राउ

  • 26 minutes ago
बैंकिङ कसूरकाे मुद्दामा फरार अभियुक्त पक्राउ

काठमाडौँ । बैकिङ् कसुर मुद्दामा फरार हुँदै आएका काठमाडौँ तारकेश्वर नगरपालिका–९ का प्रमोदकुमार खड्का कारागार चलान भएका छन् ।

नेप्से परिसूचक आज फेरि ओरालो

  • 40 minutes ago
नेप्से परिसूचक आज फेरि ओरालो

काठमाडौँ । साताको सुरुआतदेखि नै अस्थिर रहेको धितोपत्र बजारमा नेप्से परिसूचक आज फेरि ओरालो लागेको छ ।

जब अमिताभ बच्चन राजकुमारको मजाकको शिकार भए...

  • 1 hour ago
जब अमिताभ बच्चन राजकुमारको मजाकको शिकार भए...

एजेन्सी । बलिउडका कुनै समयका चर्चीत अभिनेता हुन् राजकुमार । उनले बलिउडमा जति पनि फिल्म गरे ति सबै सफल नै रहे । राजकुमारसँग बलिउडका धेरै अभिनेताहरुले काम गर्ने अवसर पाउँदा आफुलाई ठुलो गर्वको मह



प्रेम र यौन

यी हुन् विश्वका ५ चर्चित यौन बजार

यी हुन् विश्वका ५ चर्चित यौन बजार

पछिल्लो समय यौनलाई मानिसहरुले आधारभूत आवश्यकताको रुपमा लिँदै आएका छन् । सोही कारणले गर्दा कतिपय देशका सरकारहरुले नै अनुमति दिएर यौन बजार खुल्दै आएको छ । जसलाई हामी ‘रेड लाइट’ एरिया भन्छौं । यहाँ हामीले विश्वका चर्चित ५ यौन बजारको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

मध्यरातमा निद्राबाट बिउँझिए यी ५ काम नगर्नुस्

मध्यरातमा निद्राबाट बिउँझिए यी ५ काम नगर्नुस्

एजेन्सी । कोही मानिसहरु मध्यरातमा बिउँझने गर्छन् । ब्युँझिएपछि फेरि निदाउँन कष्ट गर्दा पनि उनीहरु निदाउन सक्दैनन् । यस्तो अवस्थामा धेरै मानिसहरुले गर्न नहुने काम गरिरहेका हुन्छन् ।

विचित्र विश्व

७० वर्षमा गर्भवती भएकी यी महिला...

७० वर्षमा गर्भवती भएकी यी महिला...

एजेन्सी । उमेरले ७० वर्ष लागकी एक महिला गर्भवती भइन् । ७० वर्षको उमेरमा मानिसलाई हिडडुल गर्न नै गाह्रो हुन्छ । तर, एक महिलाले आफू ७० वर्षको उमेरमा पनि उनले आफू गर्भवती रहेको बताएकी हुन् ।