मिलन भवन बनाउन रु ४० लाखको जग्गादान

फलेवास । ज्येष्ठ नागरिकको मिलन भवन निर्माण गर्न पर्वतका एकजना ज्येष्ठ नागरिकले रु ४० लाख मूल्य बराबरको जग्गा निःशुल्क प्रदान गरेका छन् । 

 

 

सदरमुकाम कुश्माको वडा नं ७ खरेहामा बनाउने भनिएको भवनका लागि स्थानीय ६६ वर्षीय महानन्द शर्माले तीनआना तीनदाम क्षेत्रफल भएको जग्गा ज्येष्ठ नागरिक मिलन समाजका नाममा पास गरेर जग्गाको लालपूर्जा समाजका अध्यक्ष तीर्थनाथ शर्मालाई दिएका हुन् । 

 

 

जिल्ला वन कार्यालय, पर्वतका पूर्व कर्मचारीसमेत रहनुभएका शर्माले आफू पनि बृद्ध बन्दै गइसकेको र नयाँ पुस्तामा धार्मिक संस्कार हराइसकेको भन्दै असल संस्कारको विकास गर्न पनि आफूले उक्त जग्गा भवन निर्माणका लागि समाजलाई प्रदान गरेको बताए । लालपूर्जा बुझ्दै अध्यक्ष शर्माले दाताको मर्मअनुरुपको संरचना तयार पारेर जग्गाको अधिकतम सदुपयोग गर्ने उल्लेख गरे । 

 

 

भवनको निर्माण भएपछि काम गर्न नसक्ने अवस्थामा घरमा एक्लै बस्ने गरेका ज्येष्ठ नागरिक सोही भवनमा जम्मा भएर आफ्नो पुस्ताका बीचमा विभिन्न विषयमा आफ्ना अनुभव र भावना साटासाट गर्न पाउनेछन् ।

 

 

 

सोही वडाका वडाध्यक्ष सुवास पौडेलले ज्येष्ठ नागरिक लक्षित कार्यक्रमअन्तर्गत भवन निर्माणका लागि बजेटको प्रबन्ध गर्ने बताउँदै जमिनको अभाव हुने सदरमुकाममा जमिन दाताले निःशुल्क जग्गादान गर्नु महान कार्य भएको बताए। 


थप समाचार

दीपिकाद्वारा रणवीरको ‘श्रीमती’ बन्न अस्वीकार

  • 53 seconds ago
दीपिकाद्वारा रणवीरको ‘श्रीमती’ बन्न अस्वीकार

काठमाडौँ । अभिनेत्री दीपिका पादुकोण र रणवीर सिंह केही समयअघि मात्र विवाह बन्धनमा बाँधिएका छन् । धूमधामका साथ विवाह गरेको यो जोडीलाई बलिउडको हट जोडी पनि मानिन्छ ।

यसै वर्षभित्रै रोल्पाका सबै घर उज्यालो हुन्छः मन्त्री पुन

  • 14 minutes ago
यसै वर्षभित्रै रोल्पाका सबै घर उज्यालो हुन्छः मन्त्री पुन

रोल्पा । उर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले यसै वर्षभित्रै रोल्पाका सबै घर उज्यालो हुने बताएका छन् । बिहीबार रोल्पाको थवाङमा आयोजित प्रथम अध्यक्ष कप भलिबल प्रतियोगिताको उद्घाटनका क्रममा मन्

निराश आर्यनको कमेडी चाल

  • 26 minutes ago
निराश आर्यनको कमेडी चाल

काठमाडौँ । कुनै समय थियो, नायक आर्यन सिग्देलले खोके मात्रै पनि फिल्म हिट हुन्थ्यो । फिल्म निर्माताहरु उनलाई लिन तँछाडमछाड गर्ने तर अहिले समय उनको साथमा छैन । न निर्माण गरेको फिल्म चल्यो न पछ्याउने नि



जीवनशैली/स्वास्थ्य

आँखामा यौन रोगको ओखती !

आँखामा यौन रोगको ओखती !

काठमाडौं । पुरुषको लिङ्ग उत्तेजित नहुने समस्या (इरेक्टाइल डिफङ्शन) को उपचारमा प्रयोग गरिने क्रिम हो, ‘भिटारोस’ । अनि आँखा सुख्खा हुन्दा प्रयोग गरिने मलम हो ‘भिटा-पोस’ ।