द्वन्द्वकालमा बेपत्ता दाजुभाइको स्मृतिमा प्रतिष्ठान गठन

दमक । द्वन्द्वका समयमा बेपत्ता भएका झापा, दमकका दुईजना युवाको सम्झनामा संस्था स्थापना गरिएको छ । 

 

 

बेपत्ता परिवारसहित सरोकारवालाको यहाँ सम्पन्न भेलाले पुष्प–धीरेन्द्र स्मृति प्रतिष्ठान संस्था स्थापना गरेका हुन् । प्रतिष्ठान संस्था दर्ता ऐनअनुसार जिल्ला प्रशासन कार्यालय झापामा दर्तासमेत भइसकेको छ । 

 

 

दमक–१ निवासी पुष्प बस्नेत र धीरेन्द्र बस्नेतलाई द्वन्द्वकालमा राज्यद्वारा बेपत्ता पारिएको थियो । हालसम्म पनि राज्यले ती दुवै बेपत्ता दाजुभाइको अवस्था सार्वजनिक गरेको छैन ।

 

 

 बेपत्ता परिवारले दुवैको अवस्था पटकपटक सार्वजनिक गर्न माग गरिआए पनि सुनुवाइ नभएपछि उनीहरुको सम्झनामा प्रतिष्ठान गरिएको नवगठित प्रतिष्ठानका अध्यक्ष तीर्थराज बस्नेतले बताए । 

 

 

नौ सदस्यीय तदर्थ समितिको उपाध्यक्षमा रमेश गुरागाई, सचिवमा महेन्द्र भट्टराई, सहसचिवमा राधिका डाँगी र कोषाध्यक्ष डण्डीराज घिमिरे र सदस्यमा भीमा घिमिरे, सुरेन्द्र बस्नेत, पुष्पराज ढकाल, वीरेन्द्र बस्नेत र कुलबहादुर बस्नेत रहनुभएको छ । प्रतिष्ठानले विभिन्न सामाजिक तथा जनहितकारी कार्य गर्ने अध्यक्ष बस्नेतले बताए । 


थप समाचार

यस्ता मानिसहरुले कागती पानी पिउनु हुँदैन

  • 3 seconds ago
यस्ता मानिसहरुले कागती पानी पिउनु हुँदैन

एजेन्सी । सामान्यतः कागतीपानी पिउनु राम्रो मानिन्छ । तर केही मानिसलाइ कागती पानी पिउनाले नोक्सान पनि पुर्याउन सक्छ । यसले व्यक्तिको स्वास्थ्यसम्बद्ध समस्याहरूलाइ झन् जटिल बनाउन सक्छ । कागतीमा

दीपिकाद्वारा रणवीरको ‘श्रीमती’ बन्न अस्वीकार

  • 17 minutes ago
दीपिकाद्वारा रणवीरको ‘श्रीमती’ बन्न अस्वीकार

काठमाडौँ । अभिनेत्री दीपिका पादुकोण र रणवीर सिंह केही समयअघि मात्र विवाह बन्धनमा बाँधिएका छन् । धूमधामका साथ विवाह गरेको यो जोडीलाई बलिउडको हट जोडी पनि मानिन्छ ।

यसै वर्षभित्रै रोल्पाका सबै घर उज्यालो हुन्छः मन्त्री पुन

  • 30 minutes ago
यसै वर्षभित्रै रोल्पाका सबै घर उज्यालो हुन्छः मन्त्री पुन

रोल्पा । उर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले यसै वर्षभित्रै रोल्पाका सबै घर उज्यालो हुने बताएका छन् । बिहीबार रोल्पाको थवाङमा आयोजित प्रथम अध्यक्ष कप भलिबल प्रतियोगिताको उद्घाटनका क्रममा मन्



जीवनशैली/स्वास्थ्य

यस्ता मानिसहरुले कागती पानी पिउनु हुँदैन

यस्ता मानिसहरुले कागती पानी पिउनु हुँदैन

एजेन्सी । सामान्यतः कागतीपानी पिउनु राम्रो मानिन्छ । तर केही मानिसलाइ कागती पानी पिउनाले नोक्सान पनि पुर्याउन सक्छ । यसले व्यक्तिको स्वास्थ्यसम्बद्ध समस्याहरूलाइ झन् जटिल बनाउन सक्छ । कागतीमा पाइने केही तत्वले जसले टसम्बन्धी समस्यालाइ बढाउनुका साथै दाँतमा समस्या निम्त्याउँछ ।