बजेट तथा योजनासम्बन्धी गोष्ठी

इटहरी । जिल्ला समन्वय समिति सुनसरीको आयोजनामा आजदेखि इटहरी उपमहानगरपालिकामा स्थानीय जनप्रतिनिधिहरु सम्मिलित बजेट तथा योजना निर्माण र त्यसको कार्यान्वयनसम्बन्धी दुईदिने कार्यशाला गोष्ठी शुरु भएको छ । 

 

 

स्थानीय तहमा सुशासन र त्यसको सफल कार्यान्वयन गर्दै शिक्षा, स्वास्थ्यमा समान पहुँच तथा स्वरोजगार, लैङ्गिकमैत्री नीति र बजेट तर्जुमा सम्बन्धमा लक्षित वर्गमैत्री अवधारणालगायत विषयमा पारदर्शिताको नीति अवलम्बन सम्बन्धमा दुई दिनसम्म जनप्रतिनिधिलाई विशेष सचेतनासम्बन्धी ज्ञान दिने गोष्ठीको मुख्य उद्देश्य रहेको छ । 

 

 

इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकलाल चौधरीको प्रमुख आतिथ्यतामा भएको उक्त गोष्ठी शुभारम्भ कार्यक्रममा कार्यक्रमका संयोजक एवं उपप्रमुख लक्ष्मी गौतमले कार्यक्रमले लक्षित नीति मुताविक सबैले विशेष चासो दिएर योजना तर्जुमादेखि त्यसमा आवश्यक बजेट विनियोजन गर्दासमेत ध्यान दिनुपर्ने विषयमा सचेतनापूर्वक ज्ञान लिन सुझाव दिए । 

 

 

इटहरी उपमहानगरपालिकाका २० वटा वडाका निर्वाचित वडाध्यक्ष तथा सचिवसमेतको सहभागिता रहेको उक्त गोष्ठीमा आन्तरिक मामिला तथा स्थानीय कानून मन्त्रालय प्रदेश नं १का उपसचिव रवीन्द्र आचार्य, जिल्ला समन्वय समिति सुनसरीका समन्वय अधिकारी पुष्कर भट्टराई र लेखा अधिकृत टेकनाथ रेग्मीले सहजीकरण गरिरहेका छन् । 

 


थप समाचार

सातौं बिग आइकन सुबास लण्डनमा, पहिलो कार्यक्रम शनिबार माया पबमा

  • 14 minutes ago
सातौं बिग आइकन सुबास लण्डनमा, पहिलो कार्यक्रम शनिबार माया पबमा

लण्डन । पोखरास्थित बिग एफएमले हरेक वर्ष आयोजना गर्ने गायन प्रतिस्पर्धा बिग आइकनको सातौं संस्करणका विजेता सुबास गुरुङ लण्डन आइपुगेका छन् । बेलायतका विभिन्न स्थानमा प्रस्तुति गर्न बिग आइकन सुबास बिग एफए

रश्मोरका काउन्सिल लिडरले भने, 'नेपालीबाट बेलायतीले धेरै सिक्न सक्छन्'

  • 53 minutes ago
रश्मोरका काउन्सिल लिडरले भने, 'नेपालीबाट बेलायतीले धेरै सिक्न सक्छन्'

ग्रेटर रश्मोर नेपाली कम्युनिटीले विहिबार अल्डरसटमा आयोजना गरेको इन्फरमेसन डे कार्यक्रममा काउन्सिल लिडर डेभिड क्लिफोर्डले स्थानीय नेपालीहरुको प्रशंसा गरेका हुन् ।

बेलायतमा खेतीमा काम गर्न गैरयुरोपेली कामदार ल्याइने

  • 6 hours ago
बेलायतमा खेतीमा काम गर्न गैरयुरोपेली कामदार ल्याइने

बेलायतले २ वर्षे पाइलट कार्यक्रम घोषणा गर्दै २५ सय गैरयुरोपेली कामदारहरुलाई बेलायतमा तरकारी तथा फलफूल खेतीको कामका लागि ल्याउने योजना सार्वजनिक गरेको हो ।



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

हार्ट अट्याक कार्डियक एरेस्ट हार्ट फेलियरमा के भिन्नता छ ? मुटु कसरी स्वस्थ राख्ने ?

हार्ट अट्याक कार्डियक एरेस्ट हार्ट फेलियरमा के भिन्नता छ ? मुटु कसरी स्वस्थ राख्ने ?

हार्ट फेलियरको बारेमा आमधारणा यो छ कि यसमा मुटुले एकैचोटी काम गर्न छोड्छ तर यो पुर्णरुपमा साँचो हैन । हार्ट फेलियर भएमा मुटुको रगत पम्प गर्ने क्षमता कमजोर हँदै जान्छ ।

विचित्र विश्व

एउटा अजबगजबको होटल !

एउटा अजबगजबको होटल  !

दुबईमा धेरै होटलहरु रहेका छन् । ती होटलहरुमा सबै सुविधा त छदैछन् र चर्चा पनि उत्तिकै हुनेगर्छ । तर, एउटा अजबगजबको होटल साउदी अरबमा बन्न लागेको छ ।