पर्यटन व्यवसाय प्रवद्र्धनमा स्थानीय निकाय

रामपुर । पर्यटकीय क्षेत्रको विकास गरी आम्दानीको स्रोत वृद्धि गर्न पूर्वखोला गाउँपालिकाले पर्यटकीय क्षेत्रको खोजी गरी पर्यटन व्यवसाय प्रवद्र्धनअभियान शुरु गरेको छ । 

 

 

 

गाउँपालिकाले वडा नंं १ देखि ६ सम्मका पर्यटकीय स्थलको पहिचान गरी पूर्वाधार विकास गर्दै सिङ्गो गाउँपालिकालाई पर्यटकीय गाउँपालिका बनाउन अध्ययन अवलोकन शुरु गरेको हो । 

 

 

सदरमुकाम तानसेनबाट ३५ किलोमिटर पूर्वमा रहेको पूर्वखोला गाउँपालिकालाई जिल्लाकै नमूना पर्यटकीय गाउँपालिका बनाउन वडा तहबाट पर्यटकीय स्थलको पहिचान गर्न थालिएको छ । पूर्वखोला गाउँपालिका–२ जल्पा पर्यटकीय सम्भावनमा बोकेको स्थान हो । थुप्रै पर्यटकीय स्थल हुँदाहुँदै पनि तिनीहरुको संवद्र्धन र प्रचार प्रसारको कमीको कारण ओझेलमा पर्दै आएका छन् । 

 

 

स्थानीय तहमा जनप्रतिनिधि आएपछि ओझेलमा परेका पर्यटकीय स्थलको खोजी गरी संरक्षणका लागि अभियान सञ्चालन गरिएको हो । जल्पा क्षेत्रका विभिन्न पर्यटकीय स्थलको पहिचान भएपछि पूर्वखोला गाउँपालिका–२ जल्पाले ग्रामीण स्तरमा ‘पर्यटन विकास र सम्भावना’ विषयक कार्यक्रम गरी प्रचार प्रसार अभियान थालेको छ । 

 

 

गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापाले पूर्वखोला गाउँपालिकाको सांस्कृतिक, धार्मिक र प्राकृतिक रुपमा विकास गर्न सके आर्थिक समृद्धिमा टेवा पुग्ने बताए । यस क्षेत्रमा मगर समुदायको बस्ती धेरै भएकाले उनीहरुको संस्कृति, वेशभूषा, खानपान लगायतका कुरालाई उजागर गरी पर्यटनबाट आर्थिक विकास गर्ने, ब्राह्मण समुदायमा भएको बालानाच र रोइला गीतलाई प्रवद्र्धन गर्दै आगामी वर्ष थप योजनाका साथ काम गर्ने उनको भनाइ छ । 

 

 

जल्पाको मगर संस्कृतिअन्तर्गत मारुनी, कौरानाच र घाटुनाच जोगाउँदै यस क्षेत्रमा होमस्टे घरबास० सञ्चालनका लागि वडा तहबाट योजना बनाई काम गर्ने वडा नंं २ का वडाध्यक्ष निरबहादुर सारु बताउ छन् । 

 

 

जल्पामा धार्मिक र ऐतिहासिक महत्वका ठाउँ प्रशस्त रहेका छन् । झरना र गुफा, लेकहरुले जल्पा आउने पर्यटकलाई पटक पटक आउने गरी लोभ्याउने गरेको छ । नगरपालिकामा मात्र सीमित हुने गरेका पर्यटन गतिविधि अब गाउँपालिकाका वडा वडामा विस्तार भएको छ । 

 


थप समाचार

जनतासँग डराइरहेको ‘शक्तिशाली’ सरकार

  • 2 minutes ago
जनतासँग डराइरहेको ‘शक्तिशाली’ सरकार

काठमाडौं । आइतबारको मन्त्रिपरिषद् बैठकपछि सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले सञ्चारकर्मीलाई दिएको अभिव्यक्ति हो यो । बैठकको निर्णयबारे जानकारी लिन राति अबेरसम्म कुर

रणवीर र दीपिकाको विवाहको फोटो सार्वजनिक

  • 13 minutes ago
रणवीर र दीपिकाको विवाहको फोटो सार्वजनिक

एजेन्सी । बुधबार विवाह बन्धनमा बाँधिएका बलिउडका चर्चित जोडी दीपिका पादुकोण र रणवीर सिंहको तस्बिर सार्वजनिक भएको छ । इटालीको कोमो ताल छेउमा रहेको कोष्टा डिभा रिजोर्टमा पुगेर विवाह गरेका उनीहरुक

मन्त्रिपरिषद् बैठकको निर्णय गोप्य प्रधानमन्त्रीको आग्रह

  • 30 minutes ago
मन्त्रिपरिषद् बैठकको निर्णय गोप्य प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक नगर्न मन्त्रीहरुलाई पुनः सचेत गराएका छन् । गत आइतबारको मन्त्रिपरिषद् बैठकका निर्णय गोप्य राख्ने भनिए पनि केही मन्त्रीले सार्



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

पेट घटाउन चाहानुहुन्छ ? विहान विहान नियमित सेवन गर्नुहोस् केराको जुस

पेट घटाउन चाहानुहुन्छ ? विहान विहान नियमित सेवन गर्नुहोस् केराको जुस

दिनभरको भागदौड र व्यस्तताले भरिएको जिन्दगी र अनियमित खानपानले गर्दा हामी आफ्नो स्वास्थ बिग्रिरहेको हुन्छ । जसको कारणले कैयन शारीरिक समस्याहरुको सामना गर्नुपर्छ ।

विचित्र विश्व

एक अजबगजबका सन्त !

एक अजबगजबका सन्त !

पौराणिक कथाहरूमा ऋषि–मुनिहरूले हजारौं वर्षसम्म तपस्या गरेका प्रसंग आउँछन्, उनीहरूको तपस्याबाट प्रसन्न भएर इश्वर प्रकट हुन्छन् र उनीहरूले मोक्षको प्राप्ति गर्दछन् ।