बासनादार धानको अध्ययन गर्दै नार्क

ललितपुर । नेपालमा बासना आउने चामलको माग बढेपछि नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले त्यसमा अध्ययन थालेको छ । 

 

 

नार्कअन्तर्गतको कृषि विज्ञान महाशाखाले नेपालमा अहिलेसम्म पहाडी क्षेत्रमा बासना आउने चामलका लागि धानको बीउ सिफारिस गरेको छैन । महाशाखाअन्तर्गतको धान शाखामा कार्यरत प्राविधिक अतित पराजुलीले अहिले सबैतिर बिहे, व्रतबन्ध, सम्मेलनलगायतमा भोजका लागि बासनादार चामलको प्रयोग बढेको बताए । 

 

 

“पहाडी क्षेत्रमा अहिलेसम्म यसको उत्पादन हुन सकेको छैन,” उनले भने। नार्कले अहिलेसम्म मोटो र मसिनो चामल फल्ने धानको बएि सिफारिस गर्दै आएको थियो । उनले भने, “यहाँको माटो र हावापानीमा बासनादार धानको उत्पादन कस्तो हुन्छ भनेर हामी अनुसन्धान गरिरहेका छौँ ।” 

 

 

जनकपुरमा रहेको राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रम हर्दिनाथले भने तराईका लागि यसअघि नै बीउ सिफारिस गरिसकेको छ । हाल भारतबाट आयात गरिएको बासनादार चामलले नै बजार धानेको छ । बासनादार चामलको बीउ किसानलाई सिफारिस गर्न सके आयात कम गर्न सकिन्छ । 

 

 

उनी भन्छन्, “हामीले यसअघि बीउको निरन्तरताका लागि रोप्दै आए पनि किसानलाई सिफारिस नै गर्ने उद्देश्यले अध्ययन गरेका थिएनौँ ।” 

 

 

महाशाखाले वर्षेनी धेरै जातका धानका बीउ लगाउने गरेको छ । तीमध्ये नेपालको हावापानी सुहाउँदो र किसानले अहिले लगाइरहेका भन्दा बढी उत्पादन दिने बीउ किसानलाई सिफारिस गरिन्छ । पहिले आफ्नो खेतबारीमा अध्ययन गरेपछि नार्कले किसानका खेतमा समेत परीक्षण गरेर मात्रै नयाँ बीउ सिफारिस गर्दै आएको छ । 


थप समाचार

तमु धि यूकेको नेतृत्वमा आए नन्दजंग

  • 1 hour ago
तमु धि यूकेको नेतृत्वमा आए नन्दजंग

लण्डन । बेलायतको सबैभन्दा ठूलो नेपाली जातीय संस्था तमु धि यूकेको नेतृत्व नन्दजंग गुरुङको कांधमा आएको छ ।

संरक्षित वन्यजन्तुकाे दाह्रासहित ६ जना पक्राउ

  • 8 hours ago
संरक्षित वन्यजन्तुकाे दाह्रासहित ६ जना पक्राउ

काठमाडौं । संरक्षित वन्यजन्तुको दाह्रासहित प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।

संस्कृति संरक्षण नभए देश खतरामा : सभामुख महरा

  • 8 hours ago
संस्कृति संरक्षण नभए देश खतरामा : सभामुख महरा

दमौली । सभामुख कृष्णबहादुर महराले संस्कृति संरक्षण नभए देश खतरामा पर्ने बताएका छन् । नेपाल आदिवासी जनजाति महासङ्घ तनहुँको आयोजनामा आजदेखि दमौलीमा शुरु तेस्रो जनजाति सांस्कृतिक तथा पर्यटन महोत



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

यसरी बस्दै नबस्नुहोस्...

यसरी बस्दै नबस्नुहोस्...

हरेकको आफ्नो आफ्नो बस्ने तरिका हुन्छ । प्राय जसो मानिसहरु लेग क्रस गरेर बस्ने गर्छन् । यो बस्ने तरिकाले शरिरलाई हानी गर्छ । लेग क्रस गरेर बस्नाले तपाईलाई बिमारी समेत बनाउन सक्छ । यसरी बस्नाले शरिरमा यस्ता हानीहरु हुने गर्छ ।

विचित्र विश्व

विश्वकै खतरनाक मार्गहरु

विश्वकै खतरनाक मार्गहरु

संसारमा यस्ता धेरै ठाउँहरु रहेका छन् जसको मार्ग आश्चर्य चकित पार्ने तथा खतरनाक खालका रहेका छन् । आज पनि यी मार्गहरु मानिसहरुले प्रयोग गर्ने गरेका छन् ।