अन्तरकलेज वादविवाद प्रतियोगिता हुने

काठमाडौं । लियो क्लब अफ काठमाडौं मार्गदर्शनले, मार्गदर्शन अन्तरकलेज वादविवाद प्रतियोगिताको आयोजना गर्ने भएको छ । साउन १ गते हुने प्रतियोगिताले प्लस टु का विद्यार्थीहरुलार्इ समसामयिक बिषयमा थप अध्ययन गर्ने बानीको विकास गराउने र उनीहरुमा भएको क्षमतालाई प्रस्फुटन गराउने कार्यक्रमका संयोजक सरोज बस्नेतले जानकारी दिए ।

 

अहिलेसम्म सहभागिता नजनाएका प्लस टु कलेजहरुले, जेठ २९ गतेसम्म आफ्नो सहभागिताको निम्ति दर्ता गराउन सक्नेछन् । बस्नेतका अनुसार  टिम डिबेटको निम्ति ३ वटा शीर्षकहरु छानिएको छ । 

 

पहिलो  नेपालमा संघियता आवश्यक छ कि छैन ? दोस्रो  नेपालमा सौन्दर्य प्रतियोगीतालार्इ बन्देज लगाइनुपर्छ की पर्दैन ? र तेस्रो प्लस टुका विद्यार्थीहरुलार्इ सामाजिक सञ्जाल चलाउन बन्देज गर्नुपर्छ कि पर्दैन ? रहेका छन् ।

 

यी सबै शीर्षकहरुबाट आयोजकले एउटा निश्चित उद्देश्य राखेको पनि बस्नेतले बताए । उनले भने, ‘संघीयतामा त हामी गैसकेका छौ तर पनि यसको आवश्यकताको बिषयमा हामीले फेरि प्रश्न उठाएका छौं। जहाँ, हाम्रो अभिप्राय के छ भने  विश्वमा यस्ता धेरै देशहरु छन्, जो संघीयताको गलत प्रयोगबाट तहसनहस भएका छन् । हामी ती देशहरुबाट के पाठ सिक्न सक्छौ भन्ने कुराहरु निकै गहन सङ्ग त्यहाँ प्रस्तुत हुन्छन् र संघीयताको सही प्रयोग गरेर आज केही बर्षमै काँचुली फेरेका देशहरुको भित्री कथा पनि त्यहाँ प्रस्तुत हुन्छन् ।  त्यसले हामीलार्इ अर्को सन्देश प्रदान गर्दछ । हामीले यी तिनवटै शीर्षकमा हुने बहसबाट केही परिवर्तनको अपेक्षासहित यो कार्यक्रमको आयोजना गरेका हौं ।’

 

जहाँ एक पक्ष, अर्को विपक्ष र फेरि पक्ष, अर्को विपक्ष गरेर टिम डिबेट मोडेलमा हुनेछ । जहाँ पहिलो, द्वितीय र तृतीय हुने टिमलार्इ क्रमश १५,०००, १०,००० र ७,००० नगद, ट्रफी र मेडल, अनी उत्कृष्ट वक्तालार्इ रु ३००० नगदसहित मेडल र ट्रफीसँगै सहभागी सम्पूर्ण प्रतिस्पर्धीहरुलार्इ प्रमाणपत्र प्रदान गरिनेछ ।

 

कार्यक्रमको लागि टिम दर्ता शुल्क रु २१०० रहेको र अहिलेसम्म करिब १७ वटा कलेजहरुले आफ्नो सहभागिताको ग्यारेन्टी गरिसकेका छन् ।  करिब ३५ कलेजहरुको सहभागिता रहनेमा आफूहरु ढुक्क भएको आयोजक संस्थाले बताएको छ ।


थप समाचार

Unidentified gunmen kill 13 at Mexican party

  • 2 minutes ago
Unidentified gunmen kill 13 at Mexican party

MINATITLÁN, Mexico: Thirteen people, including a child, were killed Friday when a group of unidentified gunmen opened fire on a party in the violence-wracked eastern Mexican state of Veracruz, officia

के नर्भिक हस्पिटल सर्वसाधारणकै पहुँचमा आएको हो त ?

  • 19 minutes ago
के नर्भिक हस्पिटल सर्वसाधारणकै पहुँचमा आएको हो त ?

काठमाडौँ । अन्तर्राष्ट्रियस्तरको स्वास्थ्योपचार दिँदै आएको ‘नर्भिक इन्टरनेशनल हस्पिटल’ ले आफ्नो स्वास्थ्य सेवा सर्वसाधारणको पहुँचमा रहेको जनाएको छ ।

कोशकार नेपालको निधन

  • 27 minutes ago
कोशकार नेपालको निधन

काठमाडौँ । कोशकार एवं साहित्यकार वसन्तकुमार शम्र्मा नेपालको ९७ वर्षको उमेरमा उनकै निवास चावहिल मैँजुबहालमा निधन भएको छ ।



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

थाइराइडका रोगीले यस्ता खानेकुराहरु खानुहुँदैन

थाइराइडका रोगीले यस्ता खानेकुराहरु खानुहुँदैन

काठमाडौँ । थाइराइड एक प्रकारको हर्मोन हो । हाम्रो थाइराइड ग्रन्थीले शरिरबाट आयोडिन लिएर यसलाई बनाउँछ । यो हार्मोन हाम्रो मेटाबोलिजमलाई कायम राखिराख्नका लागि आवश्यक हुन्छ । जब यो ग्रन्थीले कुनै कारणवश धेरै हर्मोन बनाउन थाल्छ, त्यतिबेला थाइराइड बढ्ने गर्दछ ।

विचित्र विश्व

अनौठो पर्वतः जुन सूर्यको किरण परेपछि सुनौलो रङ्गमा बदलिएर ॐको रुप धारण गर्छ

अनौठो पर्वतः जुन सूर्यको किरण परेपछि सुनौलो रङ्गमा बदलिएर ॐको रुप धारण गर्छ

एजेन्सी । हिन्दु धर्ममा आफ्नो महत्वपूर्ण स्थान राख्ने स्थान कैलाश मानसरोवरमा कैयौँ रोचक तथ्यहरु छन् । जसमध्येको एक हो सुर्योदयका समयमा त्यहाँको अचम्म लाग्दो दृष्य । जसलाई शव्दमा वयान गर्न कठीन छ ।