‘ऋण कमाउन विदेश गइएछ !’

  • बिहीबार, १० जेष्ठ, २०७५
  • 4 months ago
  • नेपाल

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ का रामप्रसाद आचार्य वैदेशिक रोजगारका लागि पहिलोपटक मलेसिया गए । सन् २००१ मा रु ८५ हजार मेनपावर कम्पनीलाई बुझाएर मलेसिया गएका आचार्यको कमाइ करिब रु १० हजार मात्र हुन्थ्यो । 

 

विदेश जाँदा काढेको ऋण तिर्नै उनलाई हम्मेहम्मे पथ्र्यो । काम गर्ने सिलसिलामा दशौँ महिनामा घरको छतबाट लडेर उहाँको खुट्टा भाँच्चियो । दश महिनासम्म कमाएको पैसाले उपचार गर्न पनि पुगेन । 

 

सत्र महिना मलेसियामै आराम गरेर उनी स्वदेश फर्किए । मलेसिया जाँदाको ऋण तिर्न आचार्य रु एक लाख १५ हजार ऋण खोजेर कतार लागे । ‘कतारमा शुरुमा भनेजस्तो काम र दाम पटक्कै भएन, सात वर्षसम्म पसिना बगाएर रु तीन लाख जम्मा गरेर २०६५ सालमा घर फर्किए,’ उनले पीडा सुनाए । 

 

करीब सात वर्षसम्म घरमै थकान मेट्नुभएका आचार्य २०७१ सालमा फेरि मलेसिया हान्निए । मलेसिया पुगेको चार महिना पुग्दा नपुग्दै आचार्यको धन्नैले मात्र ज्यान बच्यो । ‘इलेक्ट्रिसियनको काम गर्थें, काम गर्दै गर्दा छतबाट भुइँमा खसेछु,’ उनले भने, ‘एक दिनभरि होसै आएन, धन्न समयमै उपचार पाएर ज्यान बचेको छ ।’ 

 

आचार्यको ज्यान त बच्यो तर हातखुट्टा दुवै बेकामे भए । टाउकोमा समेत गहिरो चोट लागेका आचार्य त्यहीको अस्पतालमा १० महिनासम्म रहे । ‘घरबाट रु सात लाख मगाएर उपचार गरी फर्किएँ,’ विगत सम्झँदै आचार्य भन्छन्, ‘ज्यान भत्काउन र ऋण कमाउन विदेश गइएछ ।’ 

 

शारीरिक अपाङ्गता भएर घर फर्किएका आचार्यले हाल, थोरै लगानीमा घरमै सानो पसल शुरु गरेका छन् । दुई छोरा र श्रीमतीको साथमा रहनुभएका आचार्यले हप्तामा दुईपटक लाग्ने दिक्तेलबजारको हटियामा कपडा पसल राखेर व्यापार गर्दै आएका छन् । 


थप समाचार

वार्ता स्थगित भएको भोलिपल्ट काश्मिरमा छ जनाको मृत्यु

  • 23 seconds ago
वार्ता स्थगित भएको भोलिपल्ट काश्मिरमा छ जनाको मृत्यु

श्रीनगर, भारत । भारत र पाकिस्तानबीचको दुई पक्षीय उच्चस्तरीय वार्ता स्थगित भएको भोलिपल्ट भारतको काश्मिरमा छ जना मारिएका छन् ।

‘अमेरिकी संरक्षणवादले विश्व आर्थिक प्रणालीलाई अवमुल्यन ग¥यो’

  • 1 minute ago
‘अमेरिकी संरक्षणवादले विश्व आर्थिक प्रणालीलाई अवमुल्यन ग¥यो’

बेइजिङ, चीन । अमेरिकी सरकारले व्यापार संरक्षणको कठोर उपाय गरेको र यसले विश्वको आर्थिक प्रणालीलाई नै अवमुल्यन गरेको चिनियाँ विदेश परिषद्को सूचना कार्यालयले सोमबार जारी स्वेतपत्रमा बताइएको छ ।

किमसँगको दोस्रो शिखर वार्ता छिट्टै हुने ट्रम्पको विश्वास

  • 9 minutes ago
किमसँगको दोस्रो शिखर वार्ता छिट्टै हुने ट्रम्पको विश्वास

संयुक्त राष्ट्रसंघ, अमेरिका । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका नेता किम जोङ उनसँगको दोस्रो शिखर वार्ता छिट्टै हुने विश्वास व्यक्त गरेका छन् ।



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

तस्विरमा ईशा अम्बानीको ‘इन्गेजमेन्ट’

तस्विरमा ईशा अम्बानीको ‘इन्गेजमेन्ट’

एजेन्सी । मुकेश अम्बानीकी छोरी ईशा अम्बानीको सेप्टेम्बर महिनाबाट इटालीमा ‘इन्गेजमेन्ट’ को रौनक चलिरहेको छ ।

विचित्र विश्व

विश्वलाई नै चकित पार्ने चीनका सातवटा ‘मेगा प्रोजेक्ट’

विश्वलाई नै चकित पार्ने चीनका सातवटा ‘मेगा प्रोजेक्ट’

काठमाडौँ । चीनले पछिल्लो रुपमा दु्रत विकासलाई प्राथमिकता दिएको छ । हरेक कुरालाई व्यवस्थित गर्ने योजनामा आधारित रहेको चीनका करिब १०० वटा सहरमा, प्रत्येक सहरैपिच्छे १० लाख भन्दा बढी मानिसहरु बसोबास गर्दै आइरहेका छन् ।