विदेश जानेलाई वैदेशिक रोजगार ‘एप’ सार्वजनिक

काठमाडौँ । विदेशी भूमिमा रोजगारका लागि जाने कामदारलाई सूचना दिने उद्देश्यले वैदेशिक रोजगार ‘एप’ सार्वजनिक भएको छ । 

 

 

साझा सवाल मिडियाले आफ्नो स्थापनाको पाँचौँ वार्षिकोत्सवको अवसरमा बिहीबार साँझ विदेशमा कामका लागि जाने कामदारलाई लक्षित गरी एप सार्वजनिक गरेको हो । 

 

 

वैदेशिक रोजगारीमा जान चाहने तथा वैदेशिक रोजगारीमा रहनुभएका लाखौँ नेपाली, म्यानपावर व्यवसायी तथा वैदेशिक रोजगारीको क्षेत्रमा चासो राख्ने व्यक्तिलाई लक्षित गरेर एप सार्वजनिक गरिएको मिडियाका सम्पादक अनिल अधिकारीले जानकारी दिए । 

 

 

“रोजगारीका लागि विज्ञापन सहजै छान्न, विज्ञापन सहज हो या होइन भन्ने जानकारी दिन, म्यानपावरबारे विस्तृत जान्न र सम्पूर्ण म्यानपावरको जानकारी दिन एपले महत्वपूर्ण भूमिका खेल्नेछ,”– उनले भने । 

 

 

एपभित्र देशगत रुपमा आफूले मन परेको देशको माग कामदार माग, सर्वाधिक धेरैले मन पराएको माग, तलब, पद तथा कम्पनीअनुसारको मागको विज्ञापन सजिलै छानेर हेर्न तथा सिधा सम्पर्क गर्न सकिने सम्पादक अधिकारीको भनाइ छ । 

 

कार्यक्रममा वैदेशिक रोजगार व्यवसायी संघका महासचिव नरेश गेलालले वैदेशिक रोजगारले मुलुक विकासमा ठूलो योगदान पु¥याएको बताउँदै वैदेशिक कामदारलाई लक्षित गरेर एप सार्वजनिक गरेर राम्रो कामको शुरुवात भएको बताए । “यस्ता काम सरकारी क्षेत्रबाट हुनुपर्ने हो, निजी क्षेत्रले ढिलै भएपनि राम्रो काम गरेको छ,”– उनले भने । 

 

 

वैदेशिक रोजगार विभागका निर्देशक रामकुमार थापाले यो एपले कामदार र व्यवसायीबीच पुलको काम गरेको बताए । एप सञ्चालनका लागि चाहिने आवश्यक सूचनाबारे विभागले सहयोग गर्ने उनको भनाई थियो । 


थप समाचार

बालुवाटरमा खैलाबैला भएपछि युट्युबबाट निकालियो पशुपति शर्माको गीत

  • 3 hours ago
बालुवाटरमा खैलाबैला भएपछि युट्युबबाट निकालियो पशुपति शर्माको गीत

माथिका हरफहरु लोकप्रिय गायक पशुपति शर्माको नयाँ लोक गीत ‘लुट्न सके लुट नेपालमै हो छुट’ गीतको भिडियोको हो । समय सान्दर्भिक गीत बनाउन माहिर गायक

अमिताभ बच्चनको सम्पत्ति छोरी श्वेता र छोरा अभिषेकको भागमा कति ?

  • 3 hours ago
अमिताभ बच्चनको सम्पत्ति छोरी श्वेता र छोरा अभिषेकको भागमा कति ?

एजेन्सी । धेरैका मन र मस्तिष्कमा बसेका बलिउडका महानायक अमिताभ बच्चनले आफ्नो निजि सम्पत्ति बाँडफाँडको विषयलाई खुलेरै सामाजिक सञ्जालमा व्यक्त गरेका थिए ।

धनीका कुराः निता अम्बानीको एक दिनको खर्च कति ?

  • 4 hours ago
धनीका कुराः निता अम्बानीको एक दिनको खर्च कति ?

एजेन्सी । एशियाकै सबैभन्दा धनी मुकेश अम्बनीकी श्रीमती नीता अम्बानीको दैनिक खर्च सुनेर जो कोहि पनि जिब्रो निकाल्न बाध्य हुन्छन् । तपाईहरुले कहिल्यै कल्पना गर्नुभएको छ कि उनीहरुको दैनिक पारिवारिक खर्च क



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

धनीका कुराः निता अम्बानीको एक दिनको खर्च कति ?

धनीका कुराः निता अम्बानीको एक दिनको खर्च कति ?

एजेन्सी । एशियाकै सबैभन्दा धनी मुकेश अम्बनीकी श्रीमती नीता अम्बानीको दैनिक खर्च सुनेर जो कोहि पनि जिब्रो निकाल्न बाध्य हुन्छन् । तपाईहरुले कहिल्यै कल्पना गर्नुभएको छ कि उनीहरुको दैनिक पारिवारिक खर्च कति हुन्छ ?

विचित्र विश्व

शनिबार शुरु नगर्नुस् यस्ता ११ काम, कहिल्यै सफल भइन्न

शनिबार शुरु नगर्नुस् यस्ता ११ काम, कहिल्यै सफल भइन्न

एजेन्सी । हिन्दूधर्म दर्शन तथा वस्तु शास्त्रले केही यस्ता व्यवस्था गरेका छन् जसको पालनले तपाईंको जीवन सहज र व्यवस्थित रुपमा अघि बढ्न सक्छन् ।