गुरुकुलमा दलितलाई निषेध ! गुरुकूलका अध्यक्ष र प्राचार्यविरुद्ध मुद्दा

झापा । दलित विद्यार्थी भर्ना लिन नमानेपछि झापाको भद्रपुरमा सञ्चालित एक गुरुकूलका अध्यक्ष र प्राचार्यविरुद्ध मुद्दा  दर्ता गरिएको छ । 

 

 

भद्रपुर–६ मा सञ्चालित कृष्ण द्वैपायन गुरुकुल वेद विद्याश्रममा दलित विद्यार्थी भर्ना गर्न नमानेपछि गुरुकूलका अध्यक्ष राजेन्द्र चापागाईं र प्राचार्य राजन तिवारीविरुद्ध जातीय छुवाछूत तथा भेदभाव (कसुर र सजाय) ऐन-२०६८ बमोजिम कारबाहीको माग गर्दै बिहीबार मुद्दा दायर गरिएको हो । 

 

 

“जातीय विभेद गर्ने गुरुकूलका अध्यक्ष र प्राचार्यलाई कारबाहीको माग गर्दै मुद्दा दर्ता गरेका छौँ”, उत्पीडित अधिकार मञ्च झापाका सचिव सागर पोर्तेलले भने, “झापाकै अन्य गुरुकूलमा दलित विद्यार्थी राम्ररी अध्ययन गरिरहेका छन्, तर यहाँ विभेद गरियो ।” 

 

 

दलित विद्यार्थी भर्ना नलिएपछि जिल्लाका दलित अधिकारकर्मीले एकसातादेखि पाठशालामा तालाबन्दी गरेका छन् । इलाम नगरपालिका–५, बरबोटेका विकास कार्कीढली ९दर्जी० लाई गुरुकूलले भर्ना लिन नमानेपछि दलित अधिकारकर्मीको टोलीले तालाबन्दी गरेको थियो । 

 

 

दलितले जुनसुकै विद्यालय र संस्कृत पाठशालामा पढ्न पाउने नैसर्गिक अधिकारलाई पाठशालाले उल्लंघन गरेको नेपाल राष्ट्रिय उत्पीडित विद्यार्थी संगठनका केन्द्रीय अध्यक्ष टीकाराम मंग्रातीले बता्रए । उनले भने, “विभेद गर्ने पाठशालालाई कारबाहीका लागि सम्बद्ध निकायसँग माग गरेका छौँ ।” 

 

गुरुकूलले दलित विद्यार्थीलाई भर्ना लिन नमानेपछि समस्या समाधानका लागि छलफल गरेपनि निष्कर्षमा पुग्न सकेको छैन । उता, प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले दलित विद्यार्थीलाई दुई दिनभित्र आवासीयरुपमा भर्ना गर्न निर्देशन दिए पनि गुरुकूलले त्यसलाई बेवास्ता गरेको छ । 


थप समाचार

यी दिनमा पतिपत्नीबीचको शारिरीक सम्बन्ध किन अनुचित ?

  • 2 minutes ago
यी दिनमा पतिपत्नीबीचको शारिरीक सम्बन्ध किन अनुचित ?

एजेन्सी । भनिन्छ महिला र पुरुष छुटिएर बस्नै सक्दैनन । तर, विवाह पछि केही यस्ता दिनहरु हन्छन जसलाई स्त्री र पुरुषको समागमका लागि उचित मानिदैन ।

एसिड आक्रमणमा ज्यान गुमाएकी सम्झना दासको सम्झनामा दीप प्रज्वलन

  • 12 minutes ago
एसिड आक्रमणमा ज्यान गुमाएकी सम्झना दासको सम्झनामा दीप प्रज्वलन

रौतहट । चन्द्रनिगाहपुरमा एसिड आक्रमणमा परि ज्यान गुमाएकी सम्झना दासको सम्झनामा आज दिप प्रज्वलन कार्यक्रम गरिएको छ ।

सुनको मूल्य स्थिर, चाँदीको भने बढ्यो

  • 16 minutes ago
सुनको मूल्य स्थिर, चाँदीको भने बढ्यो

काठमाडौं । बुधबार सुनको मूल्य स्थिर रहेको छ । मंगलबार फाइन सुन तोलाको ५८ हजार ४ सय रुपैयाँमा कारोबार भएकोमा आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

यी दिनमा पतिपत्नीबीचको शारिरीक सम्बन्ध किन अनुचित ?

यी दिनमा पतिपत्नीबीचको शारिरीक सम्बन्ध किन अनुचित ?

एजेन्सी । भनिन्छ महिला र पुरुष छुटिएर बस्नै सक्दैनन । तर, विवाह पछि केही यस्ता दिनहरु हन्छन जसलाई स्त्री र पुरुषको समागमका लागि उचित मानिदैन ।