मानसिक सन्तुलन गुमाएकी महिलाले बच्चा जन्माएपछि अलपत्र

रोल्पा । मानसिक सन्तुलन गुमाएकी एक महिला बलात्कारमा परी गर्भवती भएर शिशुको जन्म दिएकी छिन् । 

 

 

रोल्पा नगरपालिका–२ की एक २२ वर्षीया मगर जातीकी अविवाहित ती महिलाले दुईहप्ता अगाडि शिशुको जन्म दिएपछि नवजात शिशुको रेखदेखमा समस्या देखिएको छ । बाबुको पहिचान बिना जन्मिएका शिशुको भविष्यसमेत बेवारिसे बन्ने देखिएको छ । 

 

 

शिशुको जन्म दिएपनि रेखदेख नगरेपछि आफूहरुको पहलमा बच्चाका लागि लत्ताकपडा तथा पोषणयुक्त खानाको व्यवस्था गरिदिएको स्थानीय आमा समूहले बताएको छ । मानसिक अवस्था ठीक नभएपछि घरबाट निस्किएर बेवारिसे बनेकी उनलाई गर्भवती बनाउनेको आफूहरुले खोजी गरिरहेको आमा समूहका अध्यक्ष मीना घर्तीले जानकारी दिए । 

 

 

शिशुको बाबु पहिचानका लागि जिल्ला प्रहरी कार्यालयमा समेत उजुरी गरेका छौँ, अध्यक्ष घर्तीले भने। सुत्केरी महिलाको रेखदेख र शिशुको बाबु पहिचानका लागि आफूहरुले समेत दबाब दिइरहेको महिला अधिकारकर्मी तीर्था आचार्यले बताए। शिशुको बाँच्न पाउने अधिकारको रक्षा गर्नुपर्ने आचार्यको भनाइ छ । 

 

 

जिल्लामा बाबु पहिचान हुन नसकेका यस्ता बालबालिका सयौँको संख्यामा रहेको बताइएको छ । बाबु पहिचान नहुँदा विद्यालय भर्ना तथा नेपाली नागरिकताको प्रमाणपत्र लिनमा समेत यस्ता बालबालिका वञ्चित हुँदै आएका छन् । 


थप समाचार

ब्रेक्जिट : सम्झौताको ड्राफ्टमा बन्यो सहमति

  • 5 hours ago
ब्रेक्जिट : सम्झौताको ड्राफ्टमा बन्यो सहमति

यो हप्ता दुई पक्षबीच भएका गहन छलफलहरुको श्रृंखलापछि दुवै तर्फका अधिकारीहरुको प्राविधिक तहमा सम्झौताको ड्राफ्टमा सहमति जुटेको छ ।

तस्विरमा हेर्नुहोस छठ पर्वको रौनक

  • 8 hours ago
तस्विरमा हेर्नुहोस छठ पर्वको रौनक

आज छठ पर्वको तेस्रो दिन सूर्यदेवको आराधना, उपासना र पूजा गरी हर्षोल्लासपूर्वक रुपमा छठ पर्व मनाइँदैछ । चार दिनसम्म मनाइने यस पर्वमा सम्पूर्ण शक्तिको स्रोत सूर्यको उपासनाको पहिलो दिन नुहाएर चोखो भई खान

'ब्रेक्जिट डिल' मा सहमति जुटाउने अन्तिम कसरत हुँदै

  • 9 hours ago
'ब्रेक्जिट डिल' मा सहमति जुटाउने अन्तिम कसरत हुँदै

ब्रेक्जिट डिलको विषयमा बेलायतभित्रै तथा प्रधानमन्त्री टेरेसा मेको आफ्नै दल र क्याबिनेटमा समेत एकमत बन्न नसकिरहेको अवस्थामा दबाब बढिरहेको छ ।



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

मह, कागती र पानी मिसाएर पिउँदा फाईदै–फाईदा

मह, कागती र पानी मिसाएर पिउँदा फाईदै–फाईदा

जाडो होस या गर्मी बिहान बिहानै कागती पानीमा मह मिसाएर खानाले धेरैलाई फाईदा हुन्छ। अनुहारको छाला राम्रो बनाउन, शरीरको तौल घटाउने भनेर कागती पानी पिउने गरिन्छ ।

विचित्र विश्व

यी हुन् सबैभन्दा कम उमेरमा पिएचडी गर्ने १० मानिसहरु

यी हुन् सबैभन्दा कम उमेरमा पिएचडी गर्ने १० मानिसहरु

धेरै विद्यार्थीहरुको मनमा ग्य्राजुएट गरेपछि पढु कि नपढु भन्ने दुविधा हुन्छ । यो विषय पढौं कि त्यो विषय पढौं भन्ने प्रश्न पनि धेरै ग्य्राजुएटहरुको दिमागमा खेलिरहेको हुन्छ ।