शेयर बजारमा उच्च अङ्कको गिरावट
काठमाडौँ। शेयर बजार उच्च अङ्कले घटेको छ। आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक भएपछिको दोस्रो कारोबारमा पनि शेयर बजार उच्च अङ्कले घटेको हो।
आज नेप्से ३८ दशमलव ८३ अङ्कले घटेर एक हजार आठ सय ४९ दशमलव ८३ विन्दुमा झरेको छ। सबै समूहको शेयर घटेर बजार राताम्मे भएकोमा होटल तथा पर्यटन, उत्पादन, फाइनान्स, जलविद्युत् र लगानी समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ।
बजार घटेको दिन दुई सय ६२ वटा कम्पनीका ८७ लाख ३६ हजार कित्ता शेयर दुई अर्ब ३१ करोड ५१ लाख रुपैयाँमा कारोबार भएका छन्। सबैभन्दा धेरै प्रभु बैंकको ३४ करोड २८ लाख रुपैयाँको शेयर किनबेच भयो।
आज युनिलिभर नेपालको शेयर १० प्रतिशतले घटेको छ। समग्रमा बजार राताम्मे भए पनि आत्मनिर्भर लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडौँ । संखुवासभामा निर्माण हुने १ हजार ६३ मेगावाटको माथिल्लो अरुण अर्धजलाशययुक्त जलविद्युत् आयोजनामा वित्तीय व्यवस्थापन विषयमा सैद्धान्तिक सहमति जुटेको
काठमाडौँ । शेयर बजार आज पनि दोहोरो अङ्कले घटेको छ । पछिल्ला पाँच वटा कारोबार दिनदेखि शेयर बजार ओरालो लागिरहेको
काठमाडौँ । मुक्तिनाथ विकास बैंक लिमिटेड र र फाइनान्स फ्रेन्डबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा बैंकका सहायक नायाव प्रमुख
काठमाडौँ । ग्लोबल आईएमई बैंक लिमिटेड र हब इन्टरनेसनल एजुकेसन प्रालिबीच सम्झौता भएको छ । भारतमा उच्च शिक्षाका लागि अध्ययन
सिन्धुपाल्चोक । चालु आर्थिक वर्षको नौ महिनामा तातोपानी भन्सार कार्यालयले लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ । चालु आवमा रु
काठमाडौँ । आज बिहीबार सुनको भाउ घटेको छ । आज तोलामा ६ सय रुपैयाँले सुनको भाउ घटेको नेपाल सुनचाँदी व्यवसायी