अलैँची खेतीमा डिल्लीरामका सपना

तेह्रथुम । विसं २०३५ तिर अलैँची खेती गर्ने चलन शुरु हुँदै गर्दा फेदाप गाउँपालिका–२, ओयाक्जुङका ६३ वर्षीय डिल्लीराम ढकाललाई केही थाहा थिएन । अलैँचीे खेती गरेर बिहान बेलुकाको छाक सकिन्छ भन्ने उनलाई विश्वासै थिएन । 

 

 

गाउँका अन्यले अलैँची खेती थालेपछि ढकालले पनि लहलहैमा खेती शुरु गरे । तिनै व्यक्ति अहिले अलैँची खेतीमा व्यस्त छन्। उनी बिहानदेखि साँझसम्मको समय अलैँची बगानमा स्याहार गरेर बिताउ छन् । अहिले ढकालको अलैँचीबाहेक अरु कुनै खेती छैन । 

 

 

“आम्दानीको मुख्य स्रोत भनेकै अलैँची हो,” उनले भने। अलैँची खेतीबाटै अब आफ्नो परिवारको जीवन चल्छ भन्ने ढकालको बुझाइ छ । अलैँची नै उनको जीवनको आशा र भरोसा हो । ढकालले अलैँची खेतीमा सपना सजाउनुभएको छ । अलैँची खेती गर्दै करीब चार दशक बिताएका उनले अहिले आफूसँग भएको सबै ५० रोपनी जमिनमा अलैँची खेती लगाएका छन् । 

 

 

“अलैँचीबाटै कमाइ गरेँ र सम्भावना पनि देखेँ”, उनी भन्छन्, “सबै जमिनमा अलैँची खेती लगाएको छुँ ।” उनले आफूसँग भएका बारीमा समेत अलैँची खेती लगाएका छन् । विसं २०४० सालतिर अलैँची प्रतिमन रु ३०० देखि रु ४०० मा कारोवार हुन्थ्यो । अन्य बालीभन्दा कम जनशक्ति लाग्ने, थोरै चिस्यान जमिन भए राम्रो उत्पादन हुने, धेरै मेहनत गर्नु नपर्नेलगायत कारणले त्यसबेलादेखि क्रमशः अलैँची खेतीमा आकर्षित भएका ढकालले पहिलोपल्ट १० मन अलैँची फलाउँदा प्रतिमन रु २८ हजारका दरले मूल्य पाए । 

 

 

पाँच वर्षयता आफूले अलैँची मात्रैको व्यावसायिक खेती गरेर आम्दानी लिने बाटोमा लागेको ढकाल बताउ छन् । “यही खेतीबाट जीवनमा थोरै आर्थिक प्रगति मिल्यो,” उनले भने, “त्यसैले सजिलो र राम्रो सम्भावनासमेत भएको बाटोका रुपमा अलैँचीलाई रोजेको हुँ ।” 

 

 

केही वर्षयता अलैँचीमा देखिएका विभिन्न प्रकारका रोगको संक्रमणले हैरान बनाएको ढकाल बताउ छन्। ढकाल अलैँचीका समस्या समाधान गर्दै खेतीमा कुनै निराशा नराखी निरन्तर लागिरहनुभएको छ । बगानको स्याहार सुस्याहारका लागि उहाँ आफैँ खटिन्छन् । ढकालका छोरा र बुहारी पनि अलैँची बगानकै स्याहारमा खटिन्छन् । थप स्याहारका लागि एकजना अस्थायी कामदार राखेका छन् । 

 

 

 

“यसवर्ष अलैँचीबाट रु तीन लाख आम्दानी गरेँ,” ढकालले भने । अलैँची खेतीका कारण परिवार चलाउन कुनै सकस नभएको उनको भनाइ छ । अन्नबाली लगाउने जमिनमा अलैँची खेती लगाउनुभएका ढकाल भन्छन्, “पहिले धान फलाउने प्रतिष्पर्धा हुन्थ्यो, अहिले अलैँची कसले धेरै फलाउने भन्ने प्रतिष्पर्धा छ ।” 

 

 

सिंगो गाउँ अलैँची खेतीमा लागेको छ । अलैँचीको खेती प्रविधिबारे रेडियोबाटै थाहा पाएको ढकालले बताए। अलैँची खेतीका समस्या र सम्भावनाबारे थाहा पाएपछि आफूलाई अझै व्यावसायिक रुपमा काम गर्न थप प्रेरणा मिलेको उनी बताउ छन् । अलैँची गुणस्तरीय नहुँदा अन्तर्राष्ट्रिय बजारमा पु¥याउन नसकिएको भन्दै उहाँले अलैँचीको गुणस्तर कायम राख्न आफू र गाउँका धेरै किसान सक्षम भएको बताए । 


थप समाचार

नार्ककाे वैज्ञानिक पलायनबारे अनुसन्धान गर्नुपर्ने बेला आयाे : कृषिमन्त्री खनाल

  • 10 minutes ago
नार्ककाे वैज्ञानिक पलायनबारे अनुसन्धान गर्नुपर्ने बेला आयाे : कृषिमन्त्री खनाल

भरतपुर । कृषिमन्त्री चक्रपाणि खनालले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) कै अनुसन्धान गर्नुपर्ने बताएका छन् ।

सात दशमलव ५७ विन्दुले घटेर शेयर बजारकाे ओरालो यात्रा जारी

  • 16 minutes ago
सात दशमलव ५७ विन्दुले घटेर शेयर बजारकाे ओरालो यात्रा जारी

काठमाडौँ । धितोपत्र बजारमा आज शेयरको मूल्य ओरालो लागेको छ ।

मुटुकाे शल्यक्रियापछि ब्रह्मानन्दमकाे स्वास्थ्य अवस्था सामान्य

  • 26 minutes ago
मुटुकाे शल्यक्रियापछि ब्रह्मानन्दमकाे स्वास्थ्य अवस्था सामान्य

काठमाडौँ । सबैभन्दा धेरै फिल्म खेल्ने कलाकारको रुपमा गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाएका चर्चित भारतीय हास्य कलाकार ब्रह्मानन्दम कन्नेगन्तीको मुटुको शल्यक्रिया गरिएको छ ।



जीवनशैली/स्वास्थ्य

कागती पानीको फाइदा र बेफाइदा दुवै ? विस्तृत जानकारीको लागि पूरा पढ्नुहोस्

कागती पानीको फाइदा र बेफाइदा दुवै ? विस्तृत जानकारीको लागि पूरा पढ्नुहोस्

काठमाडौं । भिटामिन ‘सी’ पर्याप्त हुने भएकाले कागती खाने गरेमा हाम्रो छाला स्वस्थ र चम्किलो भई शरीरमा स्पूmर्ति बढ्छ । कागती पानी पिउनुको मुख्य फाइदा के हो भने यसले तौल घटाउन ठूलो सहयोग पु¥याउँछ ।