IIMS College

ISMT

HUB Education

ब्रम्हलुट आतंकः काठमाडौं–लुक्लाको हवाई–भाडा थाइल्याण्डको भन्दा महंगो

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडौं । नेपाल भ्रमणमा आएका विदेशी पर्यटकलाई नेपाल महंगो गन्तव्य बनेको छ । उनीहरुले हवाई यातायातका लागि ठूलै रकम खर्चनुपरेको छ । तीन गुणा बढी रकम हवाई टिकटमा मात्र खर्च गर्नुपर्ने स्थिति रहेको छ । कुरा हो नेपाली हवाईसेवाको चरम लापरबाहीको । 

 

पछिल्लो समय संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयमा रवीन्द्र अधिकारी आएसँगै पर्यटनमा हुने गतिविधिमा चासो देखाउँदै छानबिन समिति बनाएका छन् । मन्त्रालयले सहसचिव घनश्याम उपाध्यायको संयोजकत्वमा ५ सदस्यीय समिति बनाएर छानबिनलाई अघि बढाएको छ ।

 

समितिले पर्यटकलाई लेक लाग्नेलगायतका स्वास्थ्य समस्या तथा अन्य विपदको उद्दारको नाममा ट्रेकिङ–ट्राभल्स कम्पनी, हेलिकप्टर सेवा प्रदायक  संस्था र अस्पतालसमेतको मिलेमतोमा फर्जी विवरणहरु तयार गरी बीमा रकम दाबी गर्ने र ठगी हुने गरेकोबारेमा आवश्यक  छानबिन गरी असार १५ भित्र प्रतिवेदन तयार पार्नेछ । 

 

यस्तैमा छानबिन समिति गठन भएपछि यतिबेला सामाजिक सञ्जालहरुमा अनेकौं टिका–टिप्पणीहरु सुरु भएको छ । जसमा नेपाली हवाई सेवाहरुको बारेमा पनि टिका–टिप्पणीहरु भएका छन् । 

 

नेपालका हवाई कम्पनीहरुले विगत लामो समयदेखि विदेशी पर्यटकलाई खुलेआम ठग्ने गरेको पाइए पनि सम्बन्धित निकाय भने मौन नै छ । कम्पनीहरुले नेपाल भ्रमणमा आएका पर्यटकलाई मनलाग्दी शुल्क लगाएर ठग्दै आएको हो । 

 

काठमाडौं–पोखराको हवाई भाडादर नेपालीको लागि प्रतिव्यक्ति थोरैमा २५ सयदेखि ५१ सयसम्म रहेको छ । तर सोही गन्तव्यमा जाने विदेशी नागरिकले ९ हजारदेखि १४ हजारसम्म तिर्नुपर्ने हुन्छ । 

 

त्यस्तै हवाई कम्पनीहरुले लुक्लासम्म एकतर्फी उडानका लागि नेपाली नागरिकसँग ५ हजार रुपैयाँ भाडा लिने गरेका छन् । तर सोही गन्तव्यमा जाने विदेशीले भने नेपालीले भन्दा तीन गुणा बढी भाडा तिर्दै आएका छन् । 

 

हवाई कम्पनीहरुले विदेशी पर्यटकसँग लुक्लाको एकतर्फी भाडादर १ सय ८० डलर लिने गर्छन् । नेपाली १८ हजार रुपैयाँभन्दा बढी असुल्ने गरे पनि सरकारी निकाय मौन छ । 

 

हवाई कम्पनीहरुले काठमाडौं–लुक्लाका लागि लगाउने भाडादर थाइल्याण्डको एकतर्फी टिकटको दर भन्दा पनि महंगो हो । थाइल्याण्डको ‘राउन्ड ट्रिप’ २५ हजार रहेको छ । मौसम अनुकुल रहेका बेला एउटा हवाई कम्पनीले लुक्ला ४/५ वटासम्म उडान भर्ने गर्छन् ।

 

टानका पूर्व–वरिष्ठ उपाध्यक्ष एवं सफल पर्यटन व्यवसायी टासी शेर्पाले सामाजिक सञ्जाल फेसबुकमार्फत हवाई कम्पनीहरुको मनोपोलीलाई कटाक्ष गर्दै सरकारको ध्यानाकर्षण गराएका छन् । 

 

उनले लेखेका छन्– ‘काठमाडौं–पोखरा हवाई टिकटको पैसा नेपालीलाई रु २५ सय देखि ५१ सयसम्म र पर्यटकलाई ९ हजार देखि १३ हजार ७ सयसम्म हवाई कम्पनीले यति धेरै चार्ज गर्दा कहाँ छ राज्य ? यसलाई ठगि भन्न मिल्ने की नमिल्ने बताउ सरकार ।’ 

 

उनले यस विषयमा सरकारले तत्काल छानबिन गरि अनियमित कार्य रोक्नुपर्ने माग गरेका छन् । यता मन्त्रालयले गठन गरेको छानबिन समितिले पनि असार १५ गतेभित्र आवश्यक अनुसन्धान गरी कारबाही गर्ने बताएको छ । 

 

शेर्पाले राखेको जिज्ञासाले यतिबेला नेपाली हवाई कम्पनीहरु तंरगित भएको छ । विदेशी पर्यटकलई खुलेआम ठग्ने गरेको थाहा भएपछि मन्त्रालय कडा कदम चाल्ने तयारीमा रहेको स्रोत बताउँछ । 

 

नकारात्मक सन्देश प्रवाह

हवाई कम्पनीहरुको यस्तो मनोमानीले अन्तर्राष्ट्रिय जगतमै नेपालबारे नकारात्मक सन्देश प्रवाह हुने निश्चित छ । पर्यटन प्रवद्र्धनको मात्र कुरा गरिरहदा केही सिमित व्यवसायीहरुको यस्तो कमाउ धन्दा नरोक्ने हो भने एक पटक नेपाल घुम्न आएका पुनः नआउने वातावरण सिर्जना हुनसक्ने तर्फ चिन्ता व्यक्त गरेका छन् । 

 

त्यस्तै अन्य व्यवसायीहरुले विदेशीले पनि उनीहरुको देश घुम्न जाने नेपालीलाई यस्तै व्यवहार गरे कस्तो असर पर्छ ? सरकार एकपटक सोच भन्दै सामाजिक सञ्जालमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् ।

 

नेपाली जहाज नै असुरक्षित ?

नेपाली हवाई कम्पनीका जहाजहरुमा घरिघरि अनेक खाले समस्या आएको देखिन्छ । कहिले चक्कामा, कहिले पखेँटामा, कहिले इन्जिनमा, कहिले नोजमा, कहिले कहाँ कहिले कहाँ ? थोरै विमान हुनु र यस्ता समस्या दोहोरिइरहनुले नेपाली हवाई सेवा भरपर्दो र विश्वासिलो हुन नसकेको अवस्था छ । 

 

यो अवस्थाको अन्त्यका र सेवा विस्तारका लागि पनि हालै देशका पर्यटनमन्त्री र अर्थमन्त्री बसेर नेपाल वायु सेवा निगमले किन्न चाहेको जहाजका लागि चाहिने रकम छुट्याउनुपर्छ ।

 

तर, वास्तवमा यो विषयमा नेपाल सरकार लगायत सरोकारवाला निकायले ‘काग कराउँदै गर्छ, पिना सुक्दै गर्छ’ भनेर बेवास्ता गर्नेभन्दा पनि दीर्घकालीन समाधन के हो ? त्यतातिर ध्यान दिनुपर्ने देखिन्छ ।  

 


थप समाचार

प्रधानमन्त्री ओलीको प्रतिबद्धतामा शशांक कोइरालाको समर्थन

  • 6 minutes ago
प्रधानमन्त्री ओलीको प्रतिबद्धतामा शशांक कोइरालाको समर्थन

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले नेपालको अतिक्रमित भूमिका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको प्रतिबद्धताप्रति समर्थन जनाएका छन् । विराट

सुनको भाउ ७२ हजार १ सय

  • 13 minutes ago
सुनको भाउ ७२ हजार १ सय

काठमाडौँ । आज पनि सुनको भाउ बढेको छ । आज छापावाल सुन तोलाको ७२ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । आज मंगलबारको तुलनामा तोलामा १ सय रुपैयाँको वृद्धि भएको हो । मंगलबार तोलामा ४ सय रुपैयाँको वृद्धि

राजीनामा दिने तयारीमा श्रीलङ्काका प्रधानमन्त्री

  • 16 minutes ago
राजीनामा दिने तयारीमा श्रीलङ्काका प्रधानमन्त्री

एजेन्सी । श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रमासिंघेले आज बुधबार राजिनामा दिने तयारी गरेका छन् ।



प्रेम र यौन

यौन सम्पर्कबाट नै निको हुन्छन् यस्ता रोगहरु

यौन सम्पर्कबाट नै निको हुन्छन् यस्ता रोगहरु

एजेन्सी । मानिसमा शारीरिक सम्बन्धको बारेमा विभिन्न धारण रहेको हुन्छ । कसैले यसलाई राम्रो रुपमा लिन्छन् भने कसैले यसलाई निजि र गोप्य रुपमा राख्न चाहान्छन् ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको छ आजको तपाईको भाग्य–मंसिर ०४ गते

यस्तो रहेको छ आजको तपाईको भाग्य–मंसिर ०४ गते

वि.सं.२०७६ साल मंसिर ०४ गते । बुधबार । ईश्वी सन् २०१९ नोभेम्बर २० तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४१ । काठमाडौंमा सूर्योदय ०६ बजेर २९ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर ०८ मिनेट ।

विचित्र विश्व

जहाजलाई आफूतिर खिच्ने मन्दिरबारे रोचक तथ्यहरु

जहाजलाई आफूतिर खिच्ने मन्दिरबारे रोचक तथ्यहरु

एजेन्सी । छिमेकी देश भारत रहस्यले भरिपूर्ण छ । पाइला–पाइलामा यस्ता अनौठा जानकारीहरु आइरहन्छन् जसका अनौठा तथ्यहरु हुन्छन् । यसै सन्दर्भमा एक मन्दिरको बारेमा चर्चा गरौं जुन मन्दिररमा ५२ टनको चुम्बक लगाइएको छ ।