गृहपृष्ठ ∕
नेपाल ∕
प्रधानमन्त्री प्रचण्डले १०८ केजी रुद्राक्ष चढाएर गरे बाबा महाकालको दर्शन प्रधानमन्त्री प्रचण्डले १०८ केजी रुद्राक्ष चढाएर गरे बाबा महाकालको दर्शन
काठमाडौँ। भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मध्यप्रदेशस्थित बाबा महाकाल मन्दिरको दर्शन गरेका छन्। प्रधानमन्त्री प्रचण्डले महाकाल मन्दिरमा आठवटा लगेजमा लगिएको १०८ केजी रूद्राक्षले पनि विशेष पूजा गरेका हुन्।
मन्दिर पुग्ने क्रममा प्रचण्डलाई मन्दिरका पुजारीहरुले स्वागत पनि गरे। १२ ज्योतिर्लिङ्गमध्ये एक महाकालेश्वर मन्दिरमा पूजाअर्चनाअघि उनलाई सांस्कृतिका कार्यक्रमसहित स्वागत गरिएको थियो।
नेपालका प्रधानमन्त्रीको ‘अतिविशिष्ट प्रोटोकल’का कारण महाकाल मन्दिर दर्शनसम्बन्धी व्यवस्था हेरफेर गरेर ६ घन्टासम्म सर्वसाधारणलाई पूजामा रोक लगाइएको थियो। शुक्रबार बिहान ६ बजेदेखि मध्याह्न १२ बजेसम्म मन्दिरको गर्भगृहमा भक्तजनलाई प्रवेश निषेध गरिएको हो।
महाकालेश्वर मन्दिरमा प्रधानमन्त्री प्रचण्डले पूजा गर्ने भएपछि मध्यप्रदेशका राज्यपाल मंगुभाइ पटेल पनि स्वागतमा पुगेका थिए।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
राँझा (बाँके) । रामनवमी पर्वको अवसरमा हिन्दू धर्मावलम्बीहरुले जिब्रो छेडेर नेपालगञ्जस्थित प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरको दर्शन गरेका छन् । भारतको
पोखरा । गण्डकी प्रदेश प्रमुख दिल्लीराज भट्टले प्रदेश सभाको आह्वान गरेका छन् । मन्त्रीपरिषद्को सिफारिस बमोजिम वैशाख ७ गते शुक्रबार
भैरहवा । नेपाल आयल निगमले रुपन्देहीको रोहिणी खोला किनारमा पेट्रोलियम भण्डारण गृह निर्माण प्रक्रिया अघि बढाएको छ । रुपन्देहीको ओमसतिया
बुटवल । दाङको घोराहीबाट रुकुम जाँदै गरेको यात्रुबाहक बस सल्यानको बागचौरमा दुर्घटना भएको छ । रा १ ख २०८५ नम्बरको
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् । लामा बुधवार पक्राउ परेका हुन्
काठमाडौँ। काठमाडौँ महानगरपालिकाले आजदेखि क्यान्सरको निःशुल्क परीक्षण शिविर सुरु गरेको छ । महानगरले स्तन, पाठेघरको मुखको क्यान्सर र प्रजनन रुग्णता