वीर गोर्खाली अभियान किन ?

आज हाम्रो जीवनको परिभाषा नै बदलिएको छ । स्वाभिमान, पहिचान, अस्तित्व, चिनारी जे भन्नोस् कसैको कुनै भाउ छैन । मानिसमा न उमंग छ न कुनै आत्मियता । यहाँ त्रास छ भरे खान पाइन्छ कि पाइँदैन । कतिञ्जेल बोक्ने त्रास र आस ? बर्बादीको लामो श्रृंखला बोकेका आजको पुस्ताको न त कुनै वर्तमान देखिन्छ, न त भविष्य ! 

 

अँध्यारो खाडलमा धकेलिएको पुस्ताको भविष्य नालापानी र कालापानीसँगै सुरुङभित्र पसेको छ । अतिशय पीडा बोकेपछि मान्छे पीडाकै ज्वालामुखी उकेल्न बाध्य हुन्छ । श्वास किनेर सत्तामुखी भएका आधुनिक अशुरहरुसँग आफ्नो लास जोगाइरहेका विवश मान्छेको जिन्दगीको कुनै मूल्य छैन । महाभारतको दुर्योधन जस्तै अहंकार र घमण्डको तलवार चलाउँदै रत्यौली नाचिरहेका छन । 

 

आँसु र पिडामा आहत भएका स्वाभिमानीहरु टुलुटुलु हेर्न बाध्य छन् । निर्दोष आँखामा कालोपट्टि बाँधेर आफैँलाई दृष्टिविहिन बनाएका छन् । श्रवण शक्ति र मनन गर्न सक्ने शक्तिलाई कहिँ कतै शरणार्थी बनाएका छन् । तर पनि, सुतेको र अस्थिर बनेको आत्मालाई जगाउ भन्ने रत्तिभर चिन्ता छैन । 

 

आखिर किन ? 

गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताको नाममा भ्रष्टाचार, कालोबजारी, महंगी, बढ्दो जातिय धार्मिक एवं साम्प्रदायिक द्वन्द्वले देश विषम परिस्थितिमा गुज्रिराखेको छ । शान्ति क्षेत्रबाट परिचित बुद्धभूमि नेपाल दिनानुदिन अराजकतातर्फ उन्मुख भएको छ । पञ्चायती व्यवस्थामा स्थापित सयौं कलकारखानालाई विदेशीको दबाब र प्रभावमा परि विभिन्न बाहानामा बन्द गराइ कथित गणतान्त्रिक सरकारले ४० लाख युवाहरुलाई मलेसियाको जंगल र खाडीको मरुभूमिमा रगत र पसिना बगाउन बाध्य बनाएको छ । 

 

लम्पसारवादले  सिमा नाघेको छ, लम्पसारवादकै जगमा वैदेशिक हस्तक्षेपले जरा गाडेको यथार्थता एकातिर छ भने सोही लम्पसारवादको आडमा राष्ट्रियता दिनानुदिन कमजोर बनिराखेको छ । सत्ता स्वार्थको घृणित खेलबाट साम्प्रादायिक दोषारोपण बढ्दै गएको तितो यथार्थ कहालीलाग्दो छ । 

 

धर्मनिरपेक्षताको नाममा बढ्दै गएको धर्मान्तरणले धार्मिक द्वन्द्वको खतरा सिर्जना गरेको छ ।  राष्ट्रिय स्वाभिमान, सार्वभौम नेपालीको पहिचान (हिन्दुत्व, राष्ट्रिय अखण्डताको प्रतिक राजसंस्था र मौलिक प्रजातन्त्र) बाट स्थापित नेपाली पहिचान समाप्त भएको छ ।  नेपालको इतिहास, धार्मिक सांस्कृतिक संरचनाहरु विभिन्न  बाहानामा ध्वस्त पारिँदैछ । न्यायलय पराधिन छ ।  

 

राजनीतिक पार्टी र  शक्तिको संरक्षणमा जघन्य अपराधका अपराधीहरु सजायमुक्त छन् । गणतन्त्रको नाममा अपराधबाट उन्मुक्ति दिन सरकार उद्धत छ ।  यस्ता यावत  विषय गम्भीरताका साथ हामी किन उठाइराखेका छौं ? यो विकराल परिस्थिति सिर्जना हुनुको कारक तत्व के हो ? हामी आम नेपाली यो बिषयमा पूर्ण रुपले जानकार छौं, तर हामी यस्ता पक्षमा निरन्तर आवाज उठाउन आम नेपालीहरु संगठीत नभएको कारण राजनीतिक पार्टी र तिनका भ्रष्ट नेताको छहारीमा बस्न बाध्य छौं । 

 

२०६२/०६३ को आन्दोलनको आडमा भएको परिवर्तनबाट देशले के प्रतिफल प्राप्त ग¥यो ? २०६२/०६३ को आन्दोलन गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताको प्राप्तिको लागि नभएर प्रतिनिधिसभा पुर्नस्थापनाको निमित्त मात्रै थियो । तर षड्यन्त्रपूर्ण ढंगबाट आन्दोलनको भावना विपरित संघीयता, गणतन्त्र र धर्म निरपेक्षता लाद्ने काम भयो ।  के जनभावना विपरित विदेशी शक्तिको दबाब र प्रभावमा लादिएको यही गणतान्त्रिक व्यवस्थाले राष्ट्र, राष्ट्रियता, राष्ट्रिय अखण्डता र विश्वव्यापी राष्ट्रिय पहिचानको रक्षा हुन्छ भनेर भन्ने आधारहरु छन् त ?  हामीलाई थाहा छ  गणतान्त्रिक व्यवस्थाबाट उल्लेखित समस्याको समाधान छैन ।  

 

यो तन्त्र व्यवस्था राष्ट्रिय हित विपरीत छ, भन्ने लाग्छ भने के राष्ट्रियताको रक्षाको निमित्त हामी आम नागरिकको भूमिका रहँदैन ? हामी संगठित भएर खराव व्यवस्था र गलत तत्वको विरुद्ध एकताबद्ध रूपमा लड्न किन सक्दैनौ  ? हो यसैका निमित्त हामीले एउटा सोचको विकास गरेका छौं । सकारात्मक परिवर्तको नाममा ईतिहासमा धेरै क्रान्ति भए, हजारौं नेपाल आमाका सन्तानहरुले ज्यानको बलीदानी दिए तर त्यो क्रान्ती र बलिदानी राष्ट्रियताको रक्षा निमित्त नभएर सिमित दलिय राजनितिक स्वार्थपूर्तिको निमित्त मात्रै भएको पुष्टि भैसकेको छ ।

 

पछिल्लो घटनाक्रमले राष्ट्र, राष्ट्रियता र राष्ट्रिय अखण्डताको रक्षाको निमित्त र राष्ट्रघाती दलालहरुको विरुद्धमा नयाँ किसिमको क्रान्तिको आवश्यकता बोध गराइराखेको छ ।

 

यस्तै राजनीतिक पार्टी र शक्तिको गलत मार्गचित्र र दृस्टिकोणबाट आम नेपाली युवाहरुको गणतान्त्रिक राजनीति व्यवस्थाप्रति वितृष्णा बढ्दै गएको वर्तमान परिप्रेक्ष्यमा गणतान्त्रिक व्यवस्थाको विरुद्ध हिन्दुत्व, संवैधानिक राजसंस्था र अखण्ड नेपालको पुर्नस्थापनाको निमित्त भन्दै करिब ६ सयको हाराहारीमा संघ संगठन स्थापना भएका छन् ।

 

यिनै मुद्दा उठान गर्दै दर्जनौं राजनितिक दलहरु स्थापना भएका छन् । तर कार्यगत एकताको सुत्राधार नभेटिनु र आपसी जुङ्गाको लडाईंको कारण ती संघ संगठनहरु कुहिरोमा हराएको काग र लगाम बिनाको घोडा जस्तै भएका छन् भने विभिन्न समूहमा ठूलो वैचारिक शक्ति हुँदाहुँदै पनि हामी एकताबद्ध हुन नसक्दा राजासहितको प्रजातन्त्र, सनातन धर्म सापेक्ष हिन्दु अधिराज्य र अखण्ड नेपालको मुद्दा निकट भविश्यमा कमजोर  बन्ने सुनिश्चितता देखिएपश्चात वैचारिक रुपमा प्रतिबद्ध विशेषत युवा वर्गहरु एकताबद्ध हुनुपर्ने देखिएको समसामयिक वास्तविक तथ्यलाई मध्यनजर गर्दै राजनीतिक पार्टी र तिनका भातृ संगठन भन्दामाथि उठेको विशुद्द राष्ट्रवादी सोच, सामूहिक नेतृत्वको खुल्ला अभ्याससँगै नयाँ युग अनुरुप एकीकृत राष्ट्रवादी क्रान्तिको पवित्र विचार राख्दै हामीले ‘वीर गोर्खाली’ नामक अभियानको थालनी गरेका छौं । 

 

राजसंस्था र हिन्दु अधिराज्यको नाममा आफ्नो व्यक्तिगत एवं राजनीतिक स्वार्थ पुरा गर्ने हेतुले समेत केही संघ संगठन खोलिएको र एकताबद्ध पनि हुन नचाहने, एक अर्काको अस्तित्व स्वीकार गर्न पनि नसक्ने ती संघ संगठनको गतिविधिका कारण वैचारिक रूपमा गलत सन्देश गएको समेत हामीले महसुस गरेका छौं ।

 

हामीले हाम्रो राष्ट्रवादी अभियान सर्वप्रथमत वैचारिक रूपमा गोप्य आन्तरिक पहिचान र शुद्धीकरणबाटै सुरु गरिने लक्ष्य राखेका छौं, भने सार्वजनिक रूपमा समान राजनीतिक विचार बोकेका संघ संगठन र बौद्धिक व्यक्तिको विरोध होइन उनीहरुसँग एकीकृत राष्ट्रवादी क्रान्तिको मार्गचित्र कोर्न चाहान्छौं । 

 

यदि नियोजित रूपमा हाम्रो यस अभियान एवं राजासहितको अखण्ड हिन्दु अधिराज्यको एजेण्डालाई कमजोर बनाउने षड्यन्त्र भएको खण्डमा इतिहासलाई साक्षी राख्दै हामी वीर गोरखालीले कठोर निर्णय गर्न समेत पछि पर्ने छैनौं । त्यसैले देशमा गठित समान विचार र दृष्टिकोण बोक्ने सयौं संघ संगठनले एक्लै लडेर, झिनामसिना उपस्थितिमा आन्दोलन गरेर हामी हाम्रो गन्तव्यमा पुग्न सक्ने सम्भावना छैन । 

 

यस विषम परिस्थितिमा युवावर्गलाई राजसंस्था, हिन्दु अधिराज्य र अखण्ड नेपालको पक्षमा सुसूचित गर्दै समान विचारधारा बोकेका सम्पूर्ण संघसंगठन र राष्ट्रवादी शक्तिसहितको एकीकृत राष्ट्रवादि आन्दोलनको निमित्त मार्ग प्र्रस्सत गर्दै यस अभियानमा सहभागी भइदिनुहुनेछ भन्ने पूर्ण विश्वास व्यक्त गर्दछौं ।

 

                                जय वीर गोर्खाली

 


थप समाचार

बेलायतमा खेतीमा काम गर्न गैरयुरोपेली कामदार ल्याइने

  • 2 hours ago
बेलायतमा खेतीमा काम गर्न गैरयुरोपेली कामदार ल्याइने

बेलायतले २ वर्षे पाइलट कार्यक्रम घोषणा गर्दै २५ सय गैरयुरोपेली कामदारहरुलाई बेलायतमा तरकारी तथा फलफूल खेतीको कामका लागि ल्याउने योजना सार्वजनिक गरेको हो ।

विराटनगरमा ट्याङ्कर चालककाे हड्ताल अन्त्य, पचास ट्याङ्कर पेट्राेल काठमाडाैँ अाउँदै

  • 2 hours ago
विराटनगरमा ट्याङ्कर चालककाे हड्ताल अन्त्य, पचास ट्याङ्कर पेट्राेल काठमाडाैँ अाउँदै

विराटनगर । ट्याङ्कर चालकले विभिन्न माग राखेर गरेको हडताल मोरङमा आजदेखि अन्त्य भएको छ ।

माेबाइल चाेरी गर्ने गिराेहका चारजना पक्राउ

  • 3 hours ago
माेबाइल चाेरी गर्ने गिराेहका चारजना पक्राउ

भक्तपुर । मोबाइल चोरी गर्ने गिरोह मध्येका चार जनालाई प्रहरीले चोरीको मोबाइल सहित पक्राउ गरेको छ ।



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

हार्ट अट्याक कार्डियक एरेस्ट हार्ट फेलियरमा के भिन्नता छ ? मुटु कसरी स्वस्थ राख्ने ?

हार्ट अट्याक कार्डियक एरेस्ट हार्ट फेलियरमा के भिन्नता छ ? मुटु कसरी स्वस्थ राख्ने ?

हार्ट फेलियरको बारेमा आमधारणा यो छ कि यसमा मुटुले एकैचोटी काम गर्न छोड्छ तर यो पुर्णरुपमा साँचो हैन । हार्ट फेलियर भएमा मुटुको रगत पम्प गर्ने क्षमता कमजोर हँदै जान्छ ।

विचित्र विश्व

एउटा अजबगजबको होटल !

एउटा अजबगजबको होटल  !

दुबईमा धेरै होटलहरु रहेका छन् । ती होटलहरुमा सबै सुविधा त छदैछन् र चर्चा पनि उत्तिकै हुनेगर्छ । तर, एउटा अजबगजबको होटल साउदी अरबमा बन्न लागेको छ ।