रामकुमार पाँडे र प्रकाश माइलाको ‘हजार हाइकु’ विमोचित

काठमाडौँ । हाइकुकारद्वय रामकुमार पाँडे र प्रकाश पौडेल ‘माइला’को संयुक्त हाइकुसङ्ग्रह ‘हजार हाइकु’ विमोचित भएको छ । हालै काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच कार्यक्रमका प्रमुख अतिथी बरिष्ठ गीतकार रत्नशमशेर थापाले कृतिको विमोचन गरे । 

 

दर्जनौं हाइजिनहरुको उपस्थितिको भव्य समारोहको बिच कार्यक्रम सम्पन्न भएको थियो । 

 

विमोचित पुस्तकमाथि समिक्षा गर्दै समालोचक महेश पौडेलले ‘हजार हाइकु’ हाइकु मात्र नभई हाइकुको इतिहास र संरचनाको जानकारी समेत भएको बताए । 

 

यस्तै अर्का समालोचक दामोदर पुडासैनीले यो हाइकु सङ्ग्रह हाइकुप्रेमी तथा लेख्न र सिक्न चाहनेहरुको लागि पढ्नै पर्ने पुस्तक सावित भएको बताए । 

 

वरिष्ठ समालोचक प्रा.डा. खगेन्द्रप्रसाद लुइटेलले दुई लेखकहरू हाइकुको राम्रो संरचना र गहिरार्इ बुझेका लेखक भएको र यो कृति आफैँमा उत्कृष्ट रहेको बताए ।

 

कार्यक्रममा बोल्दै प्रमुख अतिथि  वरिष्ठ गीतकार रत्नसमशेर थापाले यो कृति नेपाली साहित्यको बजारमा हाइकु विधामा एक सशक्त र बलियो पुस्तकको रुपमा आएको बताए । 

 

स्रष्टाहरु प्रकाश पौडेल ‘माइला’ र रामकुमार पाडेले मन्तव्य राख्दै यो कृति जन्मनुको सन्दर्भ बारे बोल्दै कृति भित्रबाट केहि हाइकु वाचन गरेका थिए । 

 

माइला विगत १३ वर्षदेखि हाइकुको उदगम थलो जापानमै बसेर हाइकुबारे खोज र अनुसन्धानमा व्यस्त छन् भने पाँडेले नेपालमा बसेर नेपाली हाइकुलाई नेतृत्त्व प्रदान गर्दै आएका छन् ।  

 

कार्यक्रम कृति प्रकाशक एवम् शिखा बुक्सका पुष्पराज पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो । २६२ पृष्ठ भएको उक्त पुस्तकको मुल्य रु ३२५ रहेको छ भने पुस्तकलाई शिखा बुक्सले बजारमा ल्याएको हो ।

 


थप समाचार

बेलायतका लिम्बूहरुले मनाए सिसेक्पा तङनाम (फोटोफिचर)

  • 6 hours ago
बेलायतका लिम्बूहरुले मनाए सिसेक्पा तङनाम (फोटोफिचर)

बेलायतमा रहेका लिम्बुहरुले आफनो मौलिक पर्व सिसेक्पा तङनाम अर्थात साउने सक्रान्ति भव्य रुपमा मनाएका छन् ।

बेलायती राजदूतसंगको भेटमा गृहमन्त्री बादलले राखे गोर्खाहरुको समस्याबारे चासो

  • 6 hours ago
बेलायती राजदूतसंगको भेटमा गृहमन्त्री बादलले राखे गोर्खाहरुको समस्याबारे चासो

नेपालका लागि बेलायतका राजदूत रिचार्ड मोरिसंग मंगलबार भएको भेटवार्तामा मन्त्री बादलले गोर्खाका समस्याहरुबारे चासो व्यक्त गरेका हुन् ।

जुलाई २९ मा लण्डनको लर्ड्समा खेल्ने नेपाली टोली घोषणा

  • 7 hours ago
जुलाई २९ मा लण्डनको लर्ड्समा खेल्ने नेपाली टोली घोषणा

एमसिसी र नेदरल्याण्डसंग हुने नेपालको त्रिकोणात्मक खेलका लागि १५ सदस्यीय टोली घोषणा भएको हो । पारस खड्काको कप्तानीमा ४ जना वैकल्पिक खेलाडीसहित टिम घोषणा भएको हो ।


Loading...

भिडियो

जीवनशैली/स्वास्थ्य

‘S’ बाट नाम सूरु भएका मानिसहरु कस्ता हुन्छन् ?

‘S’ बाट नाम सूरु भएका मानिसहरु कस्ता हुन्छन् ?

एजेन्सी । अंग्रेजीको १९ औ लेटर ‘एस’ । किताबी ज्ञान बाहेक व्यवहारिक ज्ञानमा पनि ‘एस’ लेटरको महत्व रहेको बताइन्छ ।

विचित्र विश्व

यस्तो पनि ! १४ वर्षको उमेरमा प्रोफेसर...

यस्तो पनि ! १४ वर्षको उमेरमा प्रोफेसर...

सुन्दा अचम्म लाग्न सक्ला, १४ वर्षको उमेरमा प्रोफेसर । तर, यस्तै भएको छ । लीसेस्टर विश्वविद्यालयमा एक १४ वर्षीय मुस्लिम किशोर गणित विषयका प्रोफेसर बनेका छन् । याशा एस्लेलाई लीसेस्टर विश्वविद्यालयले अतिथि शिक्षकको रुपमा चयन गरेको हो ।