भारतीय पर्यटकलाई निम्तो बाँड्न यस्तो उपाय

  • बुधबार, २७ आषाढ, २०७५
  • 4 months ago
  • नेपाल

पोखरा । भारतीय पर्यटकलाई निम्तो बाँड्न पर्यटन व्यवसायी एवं सञ्चारकर्मीको टोली आज भारत प्रस्थान गरेको छ । 

 

पश्चिमाञ्चल होटल संघको आयोजना एवं नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय पोखराको प्रवद्र्धनमा भारतीय पर्यटकलाई निम्तो बाँड्न टोली भारत गएको हो । 

 

यस समयमा भारतका पटना, बनारस, लखनउलगायतका क्षेत्रमा अत्यधिक गर्मी हुने भएकाले भारतीय पर्यटकलाई अहिले पोखरा घुम्न उपयुक्त समय छ भन्ने सन्देश दिने मुख्य उद्देश्य रहेको पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकाल तुलाचनले जानकारी दिए । 

 

‘पोखरा सबै मौसमका लागि घुम्न उपयुक्त छ, गर्मीको समयमा शीतल, स्वच्छ वातावरणसहित हिमाली एवं पहाडी दृष्यावलोकनका लागि आउनैपर्ने ठाउँ भएको कुरालाई प्रचारप्रसार गरिनेछ’, उनले भने, ‘विगत छ वर्षयता सञ्चालन गरिएको कार्यक्रमले भारतीय पर्यटक आउनेक्रममा वृद्धि भएको छ ।’

 

पोखरा आउने भारतीय पर्यटक हिमाली दृष्यावलोकनका लागि लोभिने गरेको बताउँदै नेपाल पर्यटक बोर्ड प्रदेश कार्यालयका प्रमुख सूर्य थपलियाले पोखरा हुँदै धेरै भारतीय पर्यटक प्रसिद्ध तीर्थस्थल मुक्तिनाथ पुग्ने गरेको बताए । 

 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हालै भएको मुक्तिनाथ दर्शन भ्रमणसँगै यस क्षेत्रमा भारतीय पर्यटकको चाप बढेको पर्यटन व्यवसायी बताउँछन् । 

 

‘चलीए पोखरा’ कार्यक्रमले पोखराको पर्यटनमा सकारात्मक प्रभाव पारेको बताउने पश्चिमाञ्चल होटल संघका निवर्तमान अध्यक्ष भरतराज पराजुली गर्मीको समयमा मात्र नभएर बाह्रै महिना भारतीय पर्यटक आउन भन्ने सोचका साथ कार्यक्रमलाई निरन्तरता दिएको बताउँछन् । 

 

हालै पोखराको पर्यटकको अवस्थालाई दृष्टिगत गर्दा कूल विदेशी पर्यटकमध्ये ६० प्रतिशत भारतीय रहेको उनले जानकारी दिए । 

 

पाँचदिने भ्रमण कार्यक्रमका क्रममा लखनउ, पटना, वनारसलगायतका ठाउँमा पुगी त्यहाँका पर्यटन व्यवसायीसँग अन्तक्र्रिया गरिने होटल संघका सचिव गणेश पहारीले बताए । 


थप समाचार

मन्त्री हुस्सु बन्दा सचिव सरुवामा किचलो

  • 10 minutes ago
मन्त्री हुस्सु बन्दा सचिव सरुवामा किचलो

काठमाडौं । केपी शर्मा ओली प्रधानमन्त्री भएदेखि नै सरकार कानूनी झैझमेलामा फस्दै आइरहेको छ । यो सरकारले पूर्ववर्ती शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेका नियुक्ति खारेज गरे पनि त्यो पनि न्यायपालिकाको उ

हरिबाेधनी एकादशी मेला भर्न शेषनारायण मन्दिरमा दर्शनार्थीकाे भीड

  • 19 minutes ago
हरिबाेधनी एकादशी मेला भर्न शेषनारायण मन्दिरमा दर्शनार्थीकाे भीड

काठमाडौँ । काठमाडौँको दक्षिण भेगस्थित शेषनारायणको मन्दिरमा हरिबोधनी एकादशीका दिन लाग्ने मेला भर्न आज दर्शनार्थीको भीड लागेको छ ।

ए डिभिजन लिगअन्तर्गत अाज तीन खेल हुँदै

  • 30 minutes ago
ए डिभिजन लिगअन्तर्गत अाज तीन खेल हुँदै

काठमाडौँ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज तीन वटा खेल हुँदैछन् ।



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

यसरी घटाउनुस् मानसिक तनाव !

यसरी घटाउनुस् मानसिक तनाव !

के तपाईंलाई मानसिक तनावले सताउँछ रु यदि सताउँछ भने ध्यान दिनुहोस् तनाव कम गर्ने विभिन्न उपायहरु छन् । मनोचिकित्सकले सुझाएका यी हुन् मानसिक तनाव घटाउने ७ उपाय

विचित्र विश्व

अब उड्ने बाइक, अग्रिम बुकिङ समेत खुल्ला

अब उड्ने बाइक, अग्रिम बुकिङ समेत खुल्ला

एजेन्सी । तपाईले हालसम्म गुड्ने बाइकबारे थाहा पाउनु भएको थियो होला अब भने उड्ने बाइक पनि बजारमा आउन लागेको सुन्दा अचम्ममा पर्नु हुनेछ ।