नेकपा फुटाउने ‘रअ’को नयाँ रणनीति, यस्तो छ ‘रअ’ को खतरनाक डिजाईन ?

काठमाडौं । भारतीय जासुसी सस्था ‘रअ’ले आफ्नो नेपाल रणनीति समीक्षा गर्ने भएको छ । सिक्किम भारतमा बिलय गराउनेदेखि बंगलादेश स्वतन्त्र गराउनेसम्मको भूमिका ‘रअ’ कै योजनामा भएको थियो । नेपालमा जनयुद्धदेखि गणतन्त्र ल्याउनेसम्मको योजना पनि ‘रअ’को योजनामा भारतले पूर्ण सहयोग गरेको चर्चा हुँदै आएको छ । 

 

यसको प्रमाणको रुपमा जनयुद्धमा लामो समय प्रचण्ड भारतमा नै बस्नु र नेपाल प्रहरीले सूचना दिँदा समेत पक्राउ नगरी उल्टै संरक्षण गरेको कुरा समेत प्रचारमा आइसकेको छ । तत्कालीन माओवादी र प्रमुख दलहरू तत्कालीन नेकपा एमाले र नेपाली कांग्रेसबीच १२ बुँदे सहमति पनि भारतकै सहयोगमा भएको थियो ।

 

 ‘रअ’कै योजनामा भएका यत्रा परिवर्तनहरूपछि हालको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरू विशेषतः अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एकाएक चीनको कडा समर्थकका रुपमा देखिएपछि ‘रअ’ले नेपाल रणनीतिमा तत्काल फेरबदल गर्ने भएको छ भने उस्तै परे १२ बुँदे समझदारीमा हस्ताक्षर गर्ने दल र ब्यक्तिसँग ‘रअ’ ले हिसावकिताव माग्ने तयारी गरेको सुरक्षा स्रोतको दावी छ ।

 

‘रअ’ ले नयाँ एजेन्ट नियुक्त गर्दै

भारतमा नरेन्द्र मोदी सरकार आएपछि ‘रअ’ का सबै भन्दा बढी एजेन्ट नेपालमा रहेको देखिएपछि पार्ट टाइमर रहेका हजारौं एजेन्टहरूलाई हटाएको थियो । 

 

हाल नेपालमा ‘रअ’ले पुन एजेन्टहरू राख्न अत्यावश्यक देखेको र नयाँलाई नियुक्ति दिने तयारी धमाधम भैरहेको समाचार छ । ‘रअ’को मुख्य ध्यान अब नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पार्टीलाई टुक्र्याउनेतिर केन्द्रित हुने भएको छ । त्यसका  लागि बफादार ब्यक्तिको खोजी भइरहेको स्रोत बताउँछ । बिभिन्न कोणबाट संभावित ब्यक्तिहरूसंग ‘रअ’का दूतहरूले छलफल अगाडि बढाइरहेका छन् । 

 

आजभोलि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केही नेताहरू दरवारमार्गका महंगा होटलहरूका वारहरूमा महंगा रक्सीसंग झुम्मिएको र तालु खुइलेका, कपाल र जुगा सेताम्मे भएका नौला ब्यक्तिहरूसंगको जमघटमा बस्ने गरेको नेपालको गुप्तचर स्रोत बताउँछ । जुन जमघट ‘रअ’कै डिजाइनमा भएको अर्थ लगाउन थालिएको छ । साँघु


थप समाचार

राप्ती लाेकमार्ग दुर्इतर्फी बनाउने काम सुरू

  • 55 seconds ago
राप्ती लाेकमार्ग दुर्इतर्फी बनाउने काम सुरू

लमही । राप्ती लोकमार्गअन्तर्गत दाङको लमही नगरपालिका–९ अमिलियादेखि तुलसीपुरसम्मको सडकलाई दुईतर्फी बनाउने काम सुरु भएको छ ।

बिगतका ती दिनहरु सम्झिन पनि चाहन्नन् बलिउड यी अभिनेत्रीहरु, कारण यस्तो

  • 18 minutes ago
बिगतका ती दिनहरु सम्झिन पनि चाहन्नन् बलिउड यी अभिनेत्रीहरु, कारण यस्तो

रिल लाइफमा अभिनेत्रीहरुसँग बलात्कार भएका धेरै घटनाहरु देखाइन्छन् । तर केही अभिनेत्रीहरु भने रियल लाइफमा नै बलात्कारको सिकार भएका छन् । केही यस्ता बलिउड अभिनेत्रीहरु रहेका छन् जसले आफ्नो कालो बिगतको पर

सोह्र हजार ६६३ अफगान शरणार्थी घर फर्के

  • 39 minutes ago
सोह्र हजार ६६३ अफगान शरणार्थी घर फर्के

काबुल । अफगानिस्तानका छिमेकी देशहरु पाकिस्तान र इरानबाट गत साता १६ हजार ६६३ जना अफगानी शरणार्थीहरु घर फर्किएको संयुक्त राष्ट्रसङ्घीय बसाइसराइ निकाय ९आइओएम० ले बुधबार जानकारी दिएको छ ।



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

विश्वमा सबैभन्दा धेरै रक्सी कुन देशका मानिसहरुले पिउँछन् ?

विश्वमा सबैभन्दा धेरै रक्सी कुन देशका मानिसहरुले पिउँछन् ?

विश्वमा सबैभन्दा धेरै रक्सी कुन देशका मानिसहरुले पिउँछन् ? यो अत्याधिक चासोको विषय हो । नेपालीहरु कहिलेकाँही सम्झिन्छन् नेपालबाहेक अन्य कुनै त्यस्तो राष्ट्रहरु छैन जहाँ बढी रक्सी खान्छन् ।

विचित्र विश्व

एउटा यस्तो ठाउँ जहाँ लाशलाई परिवारसँगै राखिन्छ !

एउटा यस्तो ठाउँ जहाँ लाशलाई परिवारसँगै राखिन्छ !

काठमाडौँ । मृत्यु भएपछि लाशलाई घरमा राख्नु अशुभ मानिन्छ । तर विश्वमा यस्तो पनि देश रहेको जहाँ लाशलाई आफुसँगै रहन्छ । इण्डोनेशियामा यस्तै एउटा समुदाय रहेको छ ।