पिसाब संकलन गरी तरकारीखेती

Education Park

बझाङ । खेर गएको पिसाब संकलन गरी यहाँका एक कृषकले तरकारीखेती गरेका छन् । 

 

 

थलारा गाउँपालिका–६ का हर्कबहादुर विष्टले खेर गएको मान्छेको पिसाब संकलन गरी भाडाको जग्गामा तरकारीखेती गर्न थाल्नुभएको हो । मान्छेको पिसाब खेर गएको छ, खेर गएको पिसाबलाई संकलन गरेर आफूले एक वर्षदेखि संकलन गरी तरकारीमा प्रयोग गर्न थालेको उनले बताए । 

 

 

हर्कबहादुरले भने अरुले छिछी र दुर्दुर गर्छन् तर मैले विद्यालय, क्याम्पस र बैठक गोष्ठी हुने ठाउँमा पिसाब संकलन गर्ने चर्पीमा प्लाष्टिक जर्किन राख्ने गरेको छु । 

 

 

गाउँमा बसेर आत्मनिर्भर हुने उद्देश्यले सात वर्षदेखि सप्रोस नेपालमा जागिर गर्दै आएको भए पनि आफूले जागिर छोडेर तरकारीखेतीमा लागेको उनको भनाइ थियो । गाउँमा हरियो तरकारी कतै देख्न पाइँदैनथ्यो सबैले हिउँदमा हरियो तरकारीका रुपमा तोरी र सिस्नुबाहेक अरु केही लगाउँदैनथे ।

 

 

 बर्खायाममा आलु, गाँठे मुला फर्सीमात्र लगाउने गरेको थिएँ दुई वर्षदेखि पाँच रोपनी जमिनमा वार्षिक १२ हजार भाडामा लिए र आफूले मौसमी र बेमौसमी दुवैखाले तरकारीखेती गर्न थालेको जानकारी दिंदै हर्कबहादुरले भने, मैले गाउँमा शुद्घ अर्गानिक तरकारीखेती गर्ने गरेको छु ।

 

 

 शुरुका दिनमा मान्छेको पिसाब तरकारी बारीमा प्रयोग गरेको देखेर सबैले कुरा काट्ने गरेका थिए । कतिले त चर्पीमा राखेको जर्किनमा जम्मा भएको पिसाबसमेत फुटाइदिने गरेका थिए तर अहिले सबैले राम्रो काम गरेको भन्दै प्रशंसा गर्ने थालेका छन् ।

 

 

 अरुले सार्वजनिक चर्पीमा पिसाब गरे पैसा लिन्छन् मैले स्यावास दिने गरेको छु । व्यक्तिगत चर्पीमा २० लिटर पिसाब जम्मा गरिदिनेलाई बारीमा फलेको काँक्रो, जुगेनी फसीर्, एक मुठी रायो र मुला दिने गरेको छु ।

 

 

 तरकारीबारी नजिकै ठूलो ड्रम राखेको छु हप्ताको एकपटक चर्पीबाट ल्याएको पिसाब त्यसैमा जम्मा गरेपछि एक लिटर पिसाबमा चार लिटर पानी मिसाएर तरकारीको बोट वरिपरि राख्ने गरेको छु सबैभन्दा तरकारीका लागि पिसाब राम्रो हुन्छ । 

 

 

गैरसरकारी संस्थाको जागिर छोडेर आफूलाई पछुतो नभएको र वार्षिक तरकारीखेतीबाट रु दुई लाखभन्दा बढी घरमै बसेर आम्दानी लिने गरेको उनको भनाइ थियो । 

 

 

हर्कबहादुरले बारीमा अहिले जगुने, प्याज, टमाटर, खुर्सानी र काँक्रा लगाउनुभएको छ । थलारा गाउँपालिकाको नमूना कृषक भएकाले आफूले तालीम र प्लाष्टिक टनेल हाउससँगै तरकारीको बीउ सहयोग गरेको ग्रामीण जलस्रोत परियोजनाले जनाएको छ । 


थप समाचार

क्लब वरियतामा म्यानचेस्टर सिटी पहिलो

  • 9 hours ago
क्लब वरियतामा म्यानचेस्टर सिटी पहिलो

एजेन्सी । फाइभथर्टीएट डटकमले सार्वजनिक गरेको विश्व फुटबल वरियतामा इंलिस क्लब म्यानचेस्टर सिटी शीर्ष स्थानमा रहन सफल भएको छ ।

चुरा, पोते र मेहन्दी व्यापारीलाई भ्याइनभ्याई

  • 9 hours ago
चुरा, पोते र मेहन्दी व्यापारीलाई भ्याइनभ्याई

काठमाडौँ । साउनको आगमनसँगै लहानमा हरियो चुरा, पहेँलो पोते र मेहन्दी किन्ने चटारो हिन्दू समुदायका महिलामा शुरु भएको छ । हिन्दू महिलाले साउन महीनाभरी हरियो चुरा, पोते, मेहन्दी, हरियो साडी, हरियो नङ्गपाल

ऋतिकको ‘सुपर ३०’ ले कति कमायो ?

  • 10 hours ago
ऋतिकको ‘सुपर ३०’ ले कति कमायो ?

एजेन्सी । पछिल्लो समय बलिउड अभिनेता शाहिद कपुर अभिनित चलचित्र ‘कबिर सिंह’ले बक्स अफिसमा राम्रो ब्यापार गर्यो । त्यस्तै गत शुक्रबारदेखि ऋतिक रोशन अभिनित चलचित्र ‘सुपर ३०’ हलमा लागिरहेको छ ।



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

यस्ता छन् हरियो खुर्सानी खानुका फाइदा

यस्ता छन् हरियो खुर्सानी खानुका फाइदा

सामान्यतया खुर्सानी खानाको स्वाद बढाउनको लागी मात्र प्रयोग गरिन्छ यसबाट हुने फाइदाबारे खासै कसैले चासो दिने गरेको पाईदैन । हरियो खुर्सानी भिटामिन ए, वि, सि, आइरन, कपर, पोटासियम, प्रोटिन र कार्बोहाइड्रेडले भरिपुर्ण हुन्छ । यहाँ हामीले हरियो खुर्सानीका केही फाइदाहरुको बारेमा चर्चा गरेका छौं ।

विचित्र विश्व

भाग्य बलियो भएपछि...

भाग्य बलियो भएपछि...

१०. फ्रेन सेलक क्रोयसियाका संगित शिक्षक फ्रेन सेलकले मृत्युलाई ७पटक जित्न सफल भए । सबैभन्दा पहिले उनी रेल दुर्घटनामा बाँचे । त्यसपछि विमान दुर्घटनामा, बसले ठक्कर दिँदा र