Techie IT
२०८१ वैशाख १२, बुधबार
NepaliPatra logo
गृहपृष्ठनेपालपूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्षलाई कालोमोसो दल्ने एक जना पक्राउ

पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्षलाई कालोमोसो दल्ने एक जना पक्राउ


विराटनगर। पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्रा.डा. महेश दाहाललाई कालोमोसो दल्ने एक जना पक्राउ परेका छन्। बुधबार बिहान प्रहरीले नेपाल विद्यार्थी संघ मोरङका अध्यक्ष सरोज पोखरेललाई मोरङको बूढीगंगाबाट पक्राउ गरेको हो।

उनलाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखिएको सुनसरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रभु ढकालले जानकारी दिए।

पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष दाहालमाथि सोमबार नेविसंघका कार्यकर्ताले निवासमै पुगेर कालोमोसो दलेका थिए।

पोखरेलले कालोमोसो दलेको घटनाको जिम्मा लिएका थिए। कालोमोसो दल्ने घटनामा संलग्न सबैको पहिचान भइसकेको र उनीहरुको खोजी भइरहेको सुनसरीका प्रहरी प्रमुख एसपी ढकालले बताए।

विश्वविद्यालय सेवा आयोगको कार्यालयले कालोमोसो दलेको घटनामा पोखरेलसहित ३ जनाविरुद्ध इलाका प्रहरी कार्यालय इटहरीमा किटानी जाहेरी दिएको थियो।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

रकम सहितको लकर चोरीको आरोपमा ३ जना पक्राउ

काठमाडौँ । पोखरामा एक अनलाइन डेलिभरीको कार्यालयमा चोरी गरेको आरोपमा कास्की प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा

कतारका अमिर थानी र राष्ट्रपति रामचन्द्र पौडेलबीच भेटवार्ता

काठमाडौँ । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्न शीतलनिवास पुगेका छन् । अमिर

कतारका अमिरको स्वागतमा सडकमै सांस्कृतिक प्रस्तुति

काठमाडौँ । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको स्वागतका लागि काठमाडौँका सडकमा राष्ट्रिय पोशाकसहित सांस्कृति प्रस्तुति भएको छ

कतारी अमिर काठमाडौँ आइपुगे

काठमाडौँ । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी काठमाडौँ आइपुगेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा दुई

जनकपुरको होटेलमा महिला र पुरुष मृत फेला

काठमाडौँ । जनकपुरको रामानन्द चोकमा रहेको होटेल होलिडे एण्ड गेष्ट हाउसमा एक महिला र पुरुष मृत अवस्थामा भेटिएका छन् ।

दैलेखमा बँदेलकाे आक्रमणबाट ७ जना घाइते

काठमाडौँ । दैलेखमा बँदेलको आक्रमणबाट ७ जना घाइते भएका छन् । दैलेखको भैरवी गाउँपालिका– ६ मा बँदेलको आक्रमणमा परी ७

Techie IT