पर्यटन व्यवसायीहरुद्वारा धुर्मस–सुन्तली फाउण्डेसनलाई ८ लाख सहयोग

  • बुधबार, १६ जेष्ठ, २०७५
  • 11 months ago
  • नेपाल

काठमाडौं । एघारौं अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसर पारेर पर्यटन व्यवसायीहरुको तर्फबाट वीर अस्पताल सरसफाइको लागि धुर्मुस–सुन्तली फाउण्डेसनलाई सहयोग रकम हस्तान्तरण गरिएको छ । 

 

४२ जना पर्यटन व्यवसायीहरुबाट संकलित रु.आठ लाख पन्ध्र हजार दुई सय तीस धुर्मुस–सुन्तली फाउण्डेसनका सिताराम कट्ट्ेल (धुर्मुस) लाई हस्तान्तरण गरियो ।

 

सो रकम हस्तान्तरण कार्यक्रममा नेपाल पर्यटन बोर्डका पूर्व सञ्चालक समिति सदस्य राजेन्द्र प्रसाद सापकोटा, नेपाल योग एशोशियसनका महासचिव तथा लेखक राजन सिंखडा, टानका पूर्व कोषाध्यक्ष लिलावल्दव दाहाल, ठमेल पर्यटन विकास परिषद्का महासचिव भवि शर्मा, पर्यटन व्यवसायिहरु बुद्धि ईटानी, हरि धरेललगायतका अन्य व्यवसायीहरुको पनि उपस्थिति रहेको थियो ।

 

रकम हस्तान्तरण कार्यक्रममा बोल्दै नेपाल पर्यटन बोर्डका पूर्व सञ्चालक समिति सदस्य राजेन्द्र प्रसाद सापकोटाले समाजका लागि केहि गरौं भन्ने पवित्र उद्देश्यका साथ गाउँ–गाउँ बाट आउने गरिब जनताले उपचार गर्ने वीर अस्पतालको वातावरण सुधारका लागि ईच्छुक पर्यटक व्यवसायीहरुवाट सहयोग संकलन गरि सो रकम हस्तान्तरण गरिएको बताए । 

 

त्यसमाथि पर्यटन व्यवसायीहरुको पर्वका रुपमा रहेको सगरमाथा दिवसका दिन सहयोग हस्तान्तरण गर्नु गर्वको विषय रहेको उनले बताए । त्यस्तै नेपाल योग एशोसियसनका महासचिव तथा लेखक राजन सिम्खडाले धुर्मुस सुन्तली फाउण्डेसनले गरेको सकारात्मक काममा आफूहरु पनि सानै सहयोगले पनि जोडिन पाउनु खुसीको विषय रहेको बताए । ‘मेरो देश मैले नबनाए कसले बनाउँछ’ भन्ने बोध सम्पूर्ण नेपालीहरुमा भए देश चाँडै बन्ने सिम्खडाले बताए ।

 

सहयोग रकम बुझ्दै कलाकार तथा सामाजिक अभियन्ता सिताराम कट्ट्ेल (धुर्मुस) ले वीर हस्पिटलको एउटा छुट्टै महत्व रहेकोले त्यसलाई जीवन्त राख्न आफूहरुले वीर हस्पिटल सरसफाई अभियान चलाएको बताए ।

 

सबैको प्रयासले वीर हस्पिटललाई नमुना हस्पिटल बनाईनुका साथै यसको बाहिरी र भित्री आवरण पनि सच्चिने उनले बताए । ‘हालसम्म वीर हस्पिटलमा ४७ लाख खर्च भईसकेको र यो यस अभियानमा प्राप्त ठूलो सहयोग हो’ –उनले भने ।

 


थप समाचार

पत्रकार पन्थीको 'कम्पन' सगरमाथाको शिखरमा लोकार्पण

  • 1 hour ago
पत्रकार पन्थीको 'कम्पन' सगरमाथाको शिखरमा लोकार्पण

काठमाडौं । पत्रकार किशोर पन्थीको पुस्तक 'कम्पन'को दोश्रो संस्करण सगरमाथाबाट लोकार्पण गरिएको छ । सगरमाथा आरोही कामीरिता शेर्पाले २४ औं पटक सगरमाथा आरोहणका क्रममा कम्पनको लोकार्पण गरेका हुन् ।

विविध कार्यक्रमसहित आयोजना हुँदै क्षेत्री समाज यूकेको वार्षिक भेला

  • 4 hours ago
विविध कार्यक्रमसहित आयोजना हुँदै क्षेत्री समाज यूकेको वार्षिक भेला

क्षेत्री समाज बेलायतले आफ्नो वार्षिक भेला कार्यक्रम आउँदो महिना गर्ने भएको छ । समाजका संचार संयोजक नरेन्द्र बस्नेतका अनुसार यसवर्षको भेला लण्डनको फेल्थमस्थित इस्प्रिंगवेष्ट एकेडमी कलेजमा जुन ८ तारिखक

च्यारिटी नामको ठगीविरुद्ध जनचेतना फैलाउन लण्डनमा दौडिंदै पत्रकार कार्की

  • 4 hours ago
च्यारिटी नामको ठगीविरुद्ध जनचेतना फैलाउन लण्डनमा दौडिंदै पत्रकार कार्की

लन्डनको एक प्रतिष्ठित दौड 'द भाइटिालिटी लण्डन १००००' मा नेपाल पत्रकार महासंघ बेलायत शाखाका सचिव तथा बेलायतबाट प्रकाशित अनलाइन मिडिया साउथ एसिया टाइमका सम्पादक जगन कार्की च्यारिटी आतंक विरुद्ध जनचेत



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

बेलैमा गरौं ब्रेनस्ट्रोकको उपचार, यस्ता छन् कारण, लक्षण र उपचार गर्ने तरिका

बेलैमा गरौं ब्रेनस्ट्रोकको उपचार, यस्ता छन् कारण, लक्षण र उपचार गर्ने तरिका

सामान्यतय मस्तिष्कमा अचानक रक्तसञ्चार बन्द हुनु र त्यहाँ भएका रक्तकोषिका फुटेर रगत बग्नुलाई मस्तिष्कघात अर्थात ब्रेनस्ट्रोक भनिन्छ । मस्तिष्कघात भएका अधिकांश विरामीलाई पक्षघात पनि हुने भएकाले यो रोगलाई प्यारालाइसिसका नामले पनि पुकारिन्छ ।

विचित्र विश्व

के तपाईलाई राज योगबारे थाहा छ ?

के तपाईलाई राज योगबारे थाहा छ ?

एजेन्सी । जन्मको समय र तारिखको आधारमा कुण्डली हेरेर होस या हस्तरेखा हेरेर होस व्यक्तिको वर्तमान र भविष्य ज्योतिष विद्या मार्फत जान्ने प्रचलन छ । जसमा विभिन्न शास्त्र मार्फत व्यक्तिको बारेमा बुझ्न सकिन्छ ।