समृद्धिका लागि दण्डहीनता र भ्रष्टाचारको अन्त्य जरुरी

बुटवल । मुलुकमा दिगो शान्ति स्थापना र समृद्धि प्राप्तिका लागि दण्डहीनता र भ्रष्टाचारको अन्त्य जरुरी रहेको धारणा मंगलबार बुटवलमा आयोजित एक कार्यक्रमका वक्ताले व्यक्त गरेका छन् । 

 

 

११ औँ गणतन्त्र दिवसका अवसरमा मानवअधिकार तथा शान्ति समाजले आयोजना गरेको गणतन्त्रका एक दशकः अबको प्राथमिकता सुशासन र सुव्यवस्था विषयक अन्तर संवाद कार्यक्रममा बोल्दै सरोकारवालाले राष्ट्र, राष्ट्रियता र आर्थिक समृद्धि बिना जनताको चाहना पूरा नहुने कुरामा पनि उनीहरुले जोड दिएका थिए । 

 

 

कार्यक्रममा प्रदेशसभा सदस्य विष्णु पन्थीले सबैको ध्यान दृष्टि समृद्धिको दिशामा अघि बढाउनुपर्ने आवश्यता रहेको बताए । उनले सत्तापक्ष र प्रतिपक्ष नभनी एक ढिक्का भएर सहकार्य गर्दै जनतालाई संघीय लोकतान्त्रिक गणतन्त्रको अनुभूति दिलाउनु पर्ने आवश्यकता रहेको बताए। 

 

 

प्रदेश सरकारका मुख्य न्यायाधीवक्ता ठाकुरप्रसाद डिसीले गणतन्त्र आएको एक दशक पूरा भए पनि जनताका आकांक्षा र अपेक्षा पूरा नभएकोमा चिन्ता व्यक्त गर्नुभयो । सरकारको अबको दिशा शान्ति, सुशासन, सुव्यवस्था र आर्थिक समृद्धिनै जनचाहना भएको उनले औँल्याए । 

 

 

नेपाली काँगे्रसका नेता युवराज गिरीले जनताको आन्दोलनमार्फत प्राप्त संघीय लोकतान्त्रि गणतन्त्रको रक्षार्थ आफ्नो पार्टी सदैव अग्रपंक्तिमा उभिने बताए । उनले आफ्नो पार्टीले सरकारले गरेको हरेक राम्रा कार्यको समर्थन र गलत कार्यको विरोध गर्दै सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताए । 

 

 

मानवअधिकार तथा शान्ति समाजका उपसभापति गोविन्द खनालले जनताका अधिकार स्थापित गर्ने सवालमा आन्दोलनरत रहेको कतिपय अवस्थामा राजनीतिक शक्ति कमजोर हुँदा नागरिक समाजले सदैव साथ दिएको स्मरण गराए। 

 

 

पूर्व सभासद् विनोद पहाडीले गणतन्त्र स्थापनाका लागि नेपाली जनताले पु¥याएको योगदानको चर्चा गर्दै गणतन्त्रको संस्थागत विकासका लागि सबैको भूमिका अपरिहार्य रहेको बताए । 

 

 

शान्ति समाजका सभापति हरिश ढकालको सभापतित्वमा भएको कार्यक्रममा मानवअधिकार आयोग बुटवलका कार्यालय प्रमुख बुद्धनारायण शाहनी, उद्योग वाणिज्य संघ बुटवल अध्यक्ष खिमबहादुर हमाललगायतले गणतन्त्र स्थापनाका लागि राजनीतिक दलसँगै नागरिक समाजले खेलेको भूमिकाबारे चर्चा गर्नुभएको थियो । 


थप समाचार

बाँके दुर्घटनाका मृतक र घाइते सबैको पीसीआर रिपोर्ट नेगेटिभ

  • 37 minutes ago
बाँके दुर्घटनाका मृतक र घाइते सबैको पीसीआर रिपोर्ट नेगेटिभ

काठमाडौँ । बाँकेको अगैयामा भएको दुर्घटनामा मृत्यु भएका र घाइते भएका सबै ३३ जनाको कोरोना रिपोर्ट नगेटिभ आएको छ । भारतबाट आएको कारणले संक्रमण जोखिम हुनसक्ने भन्दै परीक्षण गर्दा उनीहरुमा कोरोनाको संक्रमण

कोरोना संक्रमण पुष्टि भएपछि नर्भिकमा उपचाररत् महिलालाई पाटन अस्पताल लगियो

  • 1 hour ago
कोरोना संक्रमण पुष्टि भएपछि नर्भिकमा उपचाररत् महिलालाई पाटन अस्पताल लगियो

काठमाडौँ । कोरोना संक्रमण पुष्टि भएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा अपचारर्त एक महिलालाई पाटन अस्पताल लगिएको छ । ६१ वर्षीया महिलामा सोमबार बिहान कोरोना संक्रमण पुष्टि भएसँगै पाटन अस्पताल लगिएको हो ।

मोरङमा चट्याङ लागेर एक महिलाको मृत्यु

  • 1 hour ago
मोरङमा चट्याङ लागेर एक महिलाको मृत्यु

मोरङ । मोरङमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । सुनवर्सी– ६ तालागाछी बस्ने ३० वर्षीया निरुतु कुमारी दासको चट्याङले लागेर मृत्यु भएको छ । सोमबार बिहान १२ बजेको समयमा आफ्नै मकै बारीबाट मकै



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

यस्तो छ निमोनियाको घरेलु उपचार विधि

यस्तो छ निमोनियाको घरेलु उपचार विधि

काठमाडौं । ब्याक्टेरिया, भाइरस र फंगलका कारण फोक्सोमा हुने समस्या निमोनिया हो । संक्रमणका कारण फोक्सोको वायुथैलीमा तरल पदार्थ भरिएर सुन्निने भएकाले श्वास–प्रश्वासमा समस्या देखिन्छ ।