एक अर्ब १३ करोड राजश्व संकलन

  • मंगलबार, २२ साउन, २०७५
  • 11 months ago
  • अर्थ
file-photo
Education Park

काठमाडौँ । खानी तथा भूगर्भ विभागले आर्थिक वर्ष २०७४/७५ मा रु एक अर्ब १३ करोड ९३ लाख राजश्व संकलन गरेको छ । 

 

विभागले खानीका लागि इजाजतपत्र प्रदान, नवीकरण, खनिज पदार्थको निकासी, मासिक खनिज उत्खनन् तथा नक्सा बिक्रीबापत उक्त राजश्व संकलन गरेको हो । 

 

विभागका प्रवक्ता कृष्णदेव झाका अनुसार विभागले आव २०७४/७५ मा ५६५ कम्पनी तथा संस्थालाई खनिज खोजतलास तथा उत्खनन्का लागि अनुमति र नवीकरण गरेको हो । 

 

विभागले खानी खोजतलासका लागि १३९ कम्पनीलाई प्रमाणपत्र, २२६ कम्पनीलाई खानी खोजतलास प्रमाणपत्र, १४ कम्पनीलाई खानी उत्खनन् प्रमाणपत्र तथा ९३ कम्पनीलाई खानी उत्खनन् प्रमाणपत्र नवीकरण प्रदान गरेको छ । 

 

विभागले खानी अनुमति, खनिज प्रशोधन, अनुगमन तथा विवाद समाधान, पेट्रोलियम आर्थिक अध्ययन तथा प्रवद्र्धन, धातु खनिज अन्वेषण, अधातु खानिज अन्वेषण, खानीको ड्रिलिङ, इन्जिनियरिङ भौगर्भीक अध्ययन, भूकम्प मापनलगायत काम गर्दै आएको छ । 

 

नामटार चुनढुंगा मकवानपुरको विस्तृत अध्ययन, फलामखानी मकवानपुरको अन्वेषण कार्य, धादिङमा चुनढुंगा ड्रिलङ कार्य, ५० वटा सञ्चालित खानीको अनुगमन र खनिजमा आधारित १५ उद्योगको प्रवद्र्धन कार्य सम्पन्न भइसकेको प्रवक्ता झाले बताए । 

 

प्राकृतिक ग्याँस अन्वेषण गर्न बोलपत्र स्वीकृतिको आशयको सूचना प्रकाशन, धौवादी फलामखानीको मापन सम्पन्न तथा महादेवस्थान चुनढुंगा च्यानल नमूना छनोट भइसकेको बताइएको छ । 


थप समाचार

तीन तहको सरकारबीच समन्वय गर्न कानून बन्दै

  • 9 minutes ago
तीन तहको सरकारबीच समन्वय गर्न कानून बन्दै

काठमाडौँ । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले सङ्घ, प्रदेश र स्थानीय तहबीचको अन्तरसम्बन्ध व्यवस्थित रुपमा समन्वयको प्रारुप र कार्यप्रणालीको प्रश्नावली बनाउने निर्णय गरेको छ । समितिको आजको

समृद्धिका लागि अगाडि बढ्यौँ : मुख्यमन्त्री गुरूङ

  • 13 minutes ago
समृद्धिका लागि अगाडि बढ्यौँ : मुख्यमन्त्री गुरूङ

पोखरा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य एवं गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकार र पार्टी बीचको सम्बन्धलाई सुमधुर बनाउँदै मुलुकको विकास तथा समृद्धिका लागि आफूहर

उच्चका अठहत्तर र जिल्लाका एकसय छपन्न न्यायाधीशको सरुवा सिफारिश

  • 19 minutes ago
उच्चका अठहत्तर र जिल्लाका एकसय छपन्न न्यायाधीशको सरुवा सिफारिश

काठमाडौँ । न्याय परिषद्ले उच्च अदालतका ७८ र जिल्ला अदालतका १५६ न्यायाधीशको सरुवाका लागि सिफारिश गरेको छ । परिषद्को आज बसेको बैठकले एक कार्यक्षेत्रमा दुई वर्ष पुगेका न्यायाधीशहरूलाई अर्को अदालतम



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

शरिरमा भएका कोठीहरुको रहस्य यस्तो

शरिरमा भएका कोठीहरुको रहस्य यस्तो

प्रत्येक मानिसको शरिरमा कही न कतै कोठी हुने गर्छ । कुनै कोठी ठुला हुन्छन् त कुनै साना । तर तिनीहरु भएको स्थानले ठुलो महत्व राख्ने गर्छ ।

विचित्र विश्व

सुत्नुभन्दा अघि युवतीका दिमागमा कस्ता कुराहरु चल्छन् त ?

सुत्नुभन्दा अघि युवतीका दिमागमा कस्ता कुराहरु चल्छन् त ?

निदाउनुभन्दा पहिला विस्तारमा पल्टिएपछि युवतीहरु के सोच्छन् ? धेरैले जान्न चाहान्छन् उनीहरुको दिमागमा के चल्छ ? उनीहरु जब बिस्तारामा पल्टिछन् उनीहरुको दिमागमा धेरै कुराहरु चल्ने गर्छन् । दिनभर भएका विभिन्न कामहरु सम्झिएर उनीहरु दिमागमा कुरा खेलाएर बस्ने गर्छन् ।