न्यायाधीशका शैक्षिक प्रमाणपत्र किन हुन्छन् नक्कली, अख्तियारले छुुँदैन न्यायाधीशलाई

काठमाडौँ । पछिल्लो समय सर्वोच्च अदालतका न्यायाधीशहरुको शैक्षिक योग्यताको प्रमाणपत्रको विषयले प्रमुख प्राथमिकता पाएको छ ।

 

यसअघिका प्रधानन्यायधीश गोपाल पराजुली शैक्षिक योग्यताको प्रमाणपत्रकै कारण अयोग्य ठहर भएर सेवाबाट निकालिए । उनले पदमा बस्न ठूलै कसरत गरेका थिए । तर सत्यका अगाडि उनको केही ठेग चलेन ।

 

पछिल्लो पटक सर्वोच्चका कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीको पनि प्रमाणपत्रको विषयमा ठूलै बहस र छलफल भयो । नेपाली काँग्रेसले उनलाई जोगाउन ठूलै कसरत पनि ग¥यो । तर उनलाई  संसदीय सुनुवाई समितिले अस्वीकृत गरिदिएको छ । यस्तै हालका वरिष्ठ न्यायाधीशका विषयमा समेत प्रश्न उठेको छ । उनको प्रमाणपत्र समेत दोहोरो देखिएको जानकारहरुको भनाइ छ ।

 

सार्वजनिक भएका तथ्य र प्रमाणका आधारमा हेर्दा जोशीको प्रमाणपत्र नक्कली नै हो भन्ने कुरामा कुनै दुई मत थिएन । तर उनले आफ्नो प्रमाणपत्रका बारेमा छानबिन गरिदिन आग्रह गर्दै आएका छन् ।

 

प्रमाणपत्र प्रकरण पछिल्लो समय विवादको घेरामा पर्दै पर्दै गएर राजनीतिक मुद्दा समेत बनीरहेको छ ।

 

विशेष गरी सत्तारुढ नेकपाका नेता तथा संसदीय सुनुवाई समितिका अधिकाशं सदस्य जोशीलाई अस्वीकार गरे र  नयाँ प्रधानन्यायाधीशको खोजी समेत गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बसेको सत्तारुढ नेकपाको बैठकमा समेत सो विषयमा जानकारी गराएका छन् । त्यसमा प्रमुख विपक्षी दल नेपाली काँग्रेसले राजनीतिक मुद्दा बनाएको छ । उसले स्वतन्त्र न्यायपालिकामाथिको हस्तक्षेप भन्दै सडक आन्दोलन गर्ने धम्की दिएको छ ।

 

विगतमा तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोग दर्ता गराउने काँग्रेस यतितेर आएर जोशीको नाममा वैतरणी तर्ने खेलोमा लागेको भन्दै आलोचना समेत भएको छ । बुधबारको राष्ट्रियसभाको बैठकमा समेत राधेश्याम अधिकारी र जितेन्द्रनारायण देवले प्रधानमन्त्री ओली र नेकपाको उछित्तो काँढे ।

 

फरक–फरक उमेर उल्लिखित प्रमाणपत्र पेश गरेका तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीले गत चैत १ गते अनपेक्षित रुपमा बाहिरिएका थिए । त्यसअघि पराजुलीको शैक्षिक प्रमाणपत्र विवादले यति उग्र रुप लियो कि न्यायाधीशबीच नै विभाजन आयो । केही न्यायाधीशले त पराजुलीले तोकेको पेशी सुचि नै बहिष्कार गरे ।

 

पराजुली पदमुक्त भएपछि कायममुकायम प्रधानन्यायाधीश बनेका दीपकराज जोशी पुनः प्रमाणपत्र विवादमै तानिए । अब आउन लागेका न्यायाधीश ओमप्रकाश मिश्रको समेत त्यस्तै अवस्था देखिएको छ ।

 

यी त लामो समय न्याय सम्पादनको काम गरेका व्यक्ति नेतृत्वमा पुग्न लाग्दा बाहिर आएका विवाद मात्र हुन् । यी घटनाले विश्वसनीय शैक्षिक प्रमाणपत्र नभए पनि न्यायालयको जागिरमा स्वागत गरिएको र वस्तुनिष्ठ छानबिनको प्रणाली नै नभएको समेत देखिन्छ । न्यायाधीशहरुको सम्पूर्ण विवरण राख्ने अद्यावधिक गर्ने निकायको रुपमा रहेको न्याय परिषदले के हेर्छ भन्ने चिन्ता र चासो समेत यतिखेर देखिएको छ ।

 

योग्यता जाँच्ने र विवरण अद्यावधिक गर्ने काम न्यायपरिषद्को नै हो । तर परिषद्ले यी र यस्ता विवादित विषयमा कहिल्यै पनि निरुपण गर्ने तवरले समस्याको खोजविन र जाँच गरेको पाइँदैन ।

 

कानुनले तोकअनुसार परिषद्ले यो जिम्मेवारी पूरा नगर्दा नक्कली प्रमाणपत्र र ढाँटेको विवरणका आधारमा न्यायाधीशको पद प्राप्त गर्ने मात्रै होइन, पटकपटक पदावधि लम्ब्याउनेसम्मका प्रयास भएको सहजै अनुमान गर्न सकिन्छ । विगतमा काविल न्यायाधीश भनेर मानिएका प्रकाश वस्तीलाई नक्कली प्रमाणपत्रधारी गिरोहले नै सर्वोच्चको न्यायाधीश बन्न नदिएको आम मानिसले थाहा पाएकै विषय हो ।

 

परिषद्ले कानमा तेल हालकै कारण न्यायाधीश हुन नपर्ने व्यक्ति न्यायाधीश भएका छन् भने हुनुपर्ने ठानिएकाहरु बाहिरिएका छन् । प्रकाश वस्ती त्यस्तै कोपभाजनमा परेको उनी स्वयम्ले नै बताएका थिए ।

 

तर नेपालको न्यायालयको इतिहासमा पछिल्लो पटक पराजुली र जोशीको विषयमा शैक्षिक योग्यताको प्रमाणपत्र नै नक्कली देखिनु, राजनीतिक विवाद बढ्नुले न्याय दिने निकाय नै ठिक ठाँउमा पो छैन कि भने जस्तो देखिएको छ ।

 

सरकारले अन्य निकायमा हुने शैक्षिक योग्यताको प्रमाणपत्रको दुरुपयोग लगायतका विषमया छानबिन गर्ने अख्तियारी अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई दिएको छ । अख्तियारले हरेक वर्ष करिब एक हजार जनाको शैक्षिक योग्यता नक्कली रहेको भन्दै छानबनि गर्ने गरेको छ ।

 

अख्तियारले जारी गर्ने सार्वजनिक प्रेस विज्ञप्तिमा समेत सोही विषय उल्ल्ोख छ । पछिल्लो एक सातामा मात्रै अख्तियारले दश  जनाको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

 

मुद्दा दायर भएका मध्ये एकाध मात्रैले सफाई पाएका छन् भने अधिकाशंको प्रमाणपत्र नक्कली नै रहेको, पैसा तिरेर भारतका विभिन्न शहरबाट खरिद गरेर ल्याएको, हुँदै नभएको विद्यालय तथा विश्वविद्यालयबाट खरिद गरेको, बागबजारका गल्लीमा बनाइएका जस्ता तथ्य समेत खुलेका छन् ।

 

आयोगले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनलाई नै हेर्ने हो भने पनि ठूलो मात्रामा नक्कली शैक्षिक योग्यताको प्रमाणपत्रको आधारमा सरकारी सेवामा प्रवेश गरेको, बढुवा पाएको जस्ता अवस्था देखिएको छ ।

 

प्रमाणपत्र नक्कली देखिए भ्रष्टाचार मुद्दा चल्छ । तर अख्तियारले न्यायाधीशमाथि छानबिन गर्दैन ।  त्यसैले यस क्षेत्रको विकृति रोक्ने हो भने छुट्टै शक्तिशाली आयोग बनाएर छानबिन गर्नुपर्ने देखिएको छ ।  

 

एकपछि अर्को न्यायमूर्तिका शैक्षिक प्रमाणपत्र विवादित हुँदा सिंगो न्याय क्षेत्रप्रति नै जनतामा आशंका पैदा हुन पुगेको छ । त्यो सभ्य र कानुनी समाजका लागि सह्य र ग्राह्य विषय हुनै सक्दैन । यस्ता समस्या देखिएपछि सरकारले तत्काल नै सबै न्यायाधीशका प्रमाणपत्रको विश्वसनीय जाँचबुझ गर्नु आवश्यक भएको छ ।

 

त्यसो त प्रधानमन्त्रीको अध्यक्षतामा रहेको संवैधानिक परिषदले कुन विषयमा हेरखोज ग¥यो र कसरी निर्णय ग¥यो भन्ने विषय पनि सतहमा चासोका साथ हेरिएको छ ।

 

काँग्रेसले अझै पनि यो विषयलाई तन्काउने देखिएको छ । पछिल्ला आउन लागेका न्यायाधीशको विषयमा समेत प्रश्न उठेको सन्दर्भमा त्यसलाई न्याय परिषद् र संवैधानिक परिषदले उचित निरुपण गर्नुपर्ने आवश्यकता देखिएको छ ।

 


थप समाचार

यदि ग्यास्ट्रिक छ भने यी कुरामा ध्यान दिनुस्, तपाईंको समस्या च्वाट्टै निको हुन सक्छ ?

  • 12 minutes ago
यदि ग्यास्ट्रिक छ भने यी कुरामा ध्यान दिनुस्, तपाईंको समस्या च्वाट्टै निको हुन सक्छ ?

एजेन्सी । आजभोलि धेरै ग्यास्ट्रिकको समस्या लिएर अस्पताल जाने गर्छन् । ग्यास्ट्रिक नभएका मानिस भेट्न मुस्किल पर्छ । यो समस्या विभिन्न कारणले देखा पर्छ ।

''सरकार कहिलेसम्म यस्तो समस्या खेपेर बस्नुपर्ने हो ?”

  • 23 minutes ago
''सरकार कहिलेसम्म यस्तो समस्या खेपेर बस्नुपर्ने हो ?”

साँखु, काठमाडौ । चाबहिलबाट शंखरापुरको छापभन्ञ्याङ हुँदै मेलम्ची पुग्ने सडक छेउ ठूलो बस्ती बसिसक्यो । यातायातको सहजता र बन्दव्यापार हुने भएकाले सडक केन्द्रित वस्ती यस्तै ठाउँमा विस्तार हुने गर्छ र यहाँ

राजपा अध्यक्ष मण्डलको संयोजकमा भण्डारी

  • 35 minutes ago
राजपा अध्यक्ष मण्डलको संयोजकमा भण्डारी

काठमाडौँ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्ष मण्डलको संयोजकमा शरतसिंह भण्डारी चुनिएका छन् । राजपाको हरेक दुई महीनामा संयोजक फेरिने प्रावधानअनुसार भण्डारी संयोजक बनेका हुन् ।



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

यदि ग्यास्ट्रिक छ भने यी कुरामा ध्यान दिनुस्, तपाईंको समस्या च्वाट्टै निको हुन सक्छ ?

यदि ग्यास्ट्रिक छ भने यी कुरामा ध्यान दिनुस्, तपाईंको समस्या च्वाट्टै निको हुन सक्छ ?

एजेन्सी । आजभोलि धेरै ग्यास्ट्रिकको समस्या लिएर अस्पताल जाने गर्छन् । ग्यास्ट्रिक नभएका मानिस भेट्न मुस्किल पर्छ । यो समस्या विभिन्न कारणले देखा पर्छ ।

विचित्र विश्व

हेर्नुस्, आङै सिरिङ्ग गराउने संसारका यी १२ दुर्लभ तस्बिर

हेर्नुस्, आङै सिरिङ्ग गराउने संसारका यी १२ दुर्लभ तस्बिर

एजेन्सी । तस्विर यस्तो एउटा जीवन्त इतिहास हो जसले हजार शब्दले बोल्न नसकेका कुरा एक तस्विरले नै बोल्न सक्छ । शब्दहरुले बताएका हजार बात झुट हुन सक्छ तर एउटा तस्विरले कहिल्यै झुट बोल्दैन ।