पढ्ने धोको पूरा भएकामा दंग छन् आमाहरु

बेनी । बेनी नगरपालिका–८ क्याम्पसचोक निवासी दिलमाया पुन ५३ वर्ष भइन् । घरायसी काममै दैनिकी बिताउने गरेकी पुन गएको वैशाखदेखि विद्यालय जान थालेकी छिन् । त्यसकारण उनको दैनिकी हिजोआज फेरिएको छ । कक्षा १ मा भर्ना भएर उनी अहिले औपचारिक अध्ययनमा लागेकी छिन् । 

 

सानो छँदा विद्यालय जानै नपाएकी पुनको पढ्ने रहर बेनीमा रहेको उज्यालो वैकल्पिक विद्यालयले पूरा गरिदिएको छ । पुन जस्तै पढ्ने रहर अधुरै भएका कतिपय आमाहरुका लागि यो विद्यालय साक्षर बन्ने सपना पूरा गर्ने थलो बनेको छ । 

 

कक्षा १ मा भर्ना भएर अध्ययन गरिरहेकी पुन अहिले खुशी छिन् । अक्षर र अंकसमेत नचिन्दा विगतमा उनको दैनिकी असहज तवरले बितेको थियो । विद्यालयमा पढ्न थालेपछि विस्तारै उनी अंक र अक्षर पढ्न सक्ने भइन् र अहिले खुशी छिन् । 

 

उनले भनिन् – ‘सानो हुँदा विद्यालय कस्तो हुन्छ र शिक्षा के हो भन्ने पत्तै भएन । घाँस र दाउरा गर्दागर्दै विवाह भयो । बालबच्चा भए । आफूले नपढे पनि उनीहरुलाई पढ भनेर गाली गरियो । बल्ल यो उमेरमा आएर मेरो पढ्ने धोको पूरा भयो ।’

 

यस विद्यालयमा अहिले ७५ जना आमाले अध्ययन गरिरहेका छन् । घाँस, दाउरा र भान्सामा सीमित महिलाहरु बाल्यकालमा विविध कारण अध्ययनबाट वञ्चित भए पनि यतिबेला कापी र कलम बोकेर विद्यालय पुग्न थालेका छन् । पढ्ने रहर हुँदाहुँदै पनि अवसर नपाएका उनीहरु शिक्षा लिन उमेर हैन इच्छाशक्ति चाहिँदो रहेछ भन्ने उक्तिलाई पच्छ्याइरहेका छन् । 

 

उज्यालो वैकल्पिक विद्यालय स्थापनादेखि नै पढाइ शुरु गरेकी रघुगंगा गाउँपालिका–७ चिमखोला घर भई २०५३ सालदेखि बसाइँ सरेर सदरमुकाम बेनीको कालीपुलमा बस्दै आएकी ५५ वर्षीया भुनु तिलिजाले पनि पढ्न शुरु गरेकी छिन् । पढ्न थालेपछि जीवनमा धेरै परिवर्तन आएको अनुभूति उनले गरेकी छिन् । 

 

आमा समूह, विभिन्न संघसंस्था, उपभोक्ता समितिलगायतमा क्रियाशील रहेकी तिलिजाले सानो छँदा अध्ययन गर्ने अवसर पाएनन् । वैकल्पिक विद्यालय खुलेसँगै साक्षर बन्ने अवसर पाएको उनी बताउँछिन् । 

 

‘सानो छँदा विद्यालय नगइकन घरमा बुवाआमालाई घाँस दाउरा र भान्सामा काम गरेर खुशी बनाइयो, विभिन्न संघसंस्थामा लागेपछि भने ठक्कर लाग्यो,’ उनले भनिन् – ‘अनि हामीहरु जस्तै निरक्षरहरुले पढ्ने विद्यालय खोल्नेबारे छलफल चलायौँ । विद्यालय पनि खुल्यो । अहिले ८ कक्षामा पढ्दै छु ।’

 

यो उमेरमा आएर पढ्ने रहर साकार भएकामा उनी मख्ख छिन् । विसं २०७२ मा प्रौढ महिलालाई लक्ष्य गरी बेनीमा सञ्चालन गरिएको यस विद्यालयमा सानो छँदा बाध्यता र विवशताले पढ्ने रहर अधुरै भएका आमाहरु अध्ययनका लागि आउने गरेका छन् । 

 

विद्यालयमा अध्ययन गर्ने महिला बिहान घरको काम भ्याएर छोराछोरीलाई विद्यालय पठाउँछन् र आफूहरु ११ बजे विद्यालयमा हाजिर हुन्छन् । दिउँसोको समयलाई अध्ययनमा उपयोग गर्ने गरेका उनीहरुमध्ये कतिपय दूधे बालबच्चालाई काखैमा च्यापेर समेत विद्यालय आउँछन् । 

 

कक्षा ३ मा पढिरहेकी बेनी निवासी ५६ वर्षीया हेमकुमारी रेग्मीले बूढेसकालमा नातिनातिनाका दौंतरीहरुसँग पढ्न पाउँदा बाल्यकालका रहरहरु पूरा हुँदै गएको अनुभव सुनाइन् । नबिराई विद्यालय जाने र शिक्षकहरुले दिएको गृहकार्य गर्ने बानीले लेखपढमा रुची जागेको अध्ययनरत आमाहरु बताउँछन् । 

 

कक्षा १, ३, ५, ७, ८ कक्षाको पठनपाठन हुने यस विद्यालयमा अधिकाँश विद्यार्थी ४० वर्षदेखि ६० वर्ष उमेरका छन् । कक्षा १ मा ५ जना, ३ मा ११ जना, ५ मा २२ जना, ७ मा २१ र ८ मा १५ जना आमा यहाँ पढिरहेका छन् । आमाहरुलाई पढाउने शिक्षक सञ्जय शर्मा भन्छन् – ‘आमाहरु नियमित रुपमा विद्यालय आउँछन् । दिएको गृहकार्य बोकेर आउँछन् । वास्तवमै उनीहरुको सिकाइ उपलब्धिपूर्ण छ ।’ 

 

आमाहरुलाई पढाउँदा शिक्षक भन्दा पनि छोराछोरीको जिम्मेवारी पूरा गरेजस्तो लाग्दो रहेछ उनलाई । उनी भन्छन् –‘उनीहरुको लगन र मेहनत हेर्दा पढाइमा उमेर भन्दा पनि इच्छाशक्ति ठूलो रहेछ भन्ने महसुस हुन्छ ।’

 

आफ्नो दैनिकीलाई घरायसी काम र घाँस दाउरा गर्न मै बिताएर शिक्षा के हो भन्ने भेउसम्म नपाएका उनीहरुले विद्यालयमा आएर अँगे्रजी र नेपालीमा लेखपढ गर्न थालेपछि आफूहरुको जीवनको परिभाषा फेरिएको बताउन थालेका छन् । समाजमा पढ्ने धोको अधुरै रहेका महिलाहरुलाई साक्षर बनाउन खोलिएको यस विद्यालयमा ६ जना शिक्षक छन् । 

 

शिक्षकको तलब, घरभाडा लगायतका खर्च जिल्ला शिक्षा समन्वय एकाई र विभिन्न संघसस्थाको सहयोगमा जुटाउँदै आएको विद्यालयका अध्यक्ष चन्द्रबहादुर केसीले जानकारी दिए । 

 

अध्यक्ष केसीले भने – ‘हामीले जे उद्देश्य राखेर विद्यालय सञ्चालन गरेका हौँ त्यो आज सार्थक हुँदै गएको छ तर, अध्ययन गर्न आउनेहरुलाई सरल र सहज रुपमा पूर्वाधार तयार गरी सुविधा दिन भने सकिरहेका छैनौँ ।’

 

पर्याप्त भौतिक पूर्वाधारको व्यवस्था गरी गुणस्तरीय शिक्षा दिन आफूहरु प्रयासरत रहेको पनि उनले बताए । 

तत्कालीन जिल्ला शिक्षा कार्यालयले यस विद्यालय सञ्चालनका लागि रु ३ लाख बजेट उपलब्ध गराएको थियो । 

 

अहिले बेनी नगरपालिका ७ र ८ नं वडाले यहाँको खर्च व्यवस्थापनमा सहयोग गर्दै आएको छ तर, त्यसले धान्न मुश्किल भइरहेको छ । अपुग खर्चलाई व्यवस्थापन समिति, सामाजिक संघसंस्था र दाताहरुको सहयोगबाट जुटाइने गरिएको छ । 


थप समाचार

गुणस्तरीय शिक्षाका लागि ६८ प्रज्ञार्थी छनोट

  • 1 minute ago
गुणस्तरीय शिक्षाका लागि ६८ प्रज्ञार्थी छनोट

काठमाडौँ । टिच फर नेपालले शैक्षिक समानता र सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षाका लागि ६८ प्रज्ञार्थी छनोट गरेको छ ।

न्यायिक समितिमा सबैभन्दा बढी घरधनीका समस्या आउन थाले

  • 7 minutes ago
न्यायिक समितिमा सबैभन्दा बढी घरधनीका समस्या आउन थाले

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको न्यायिक समितिमा सबैभन्दा बढी घरधनीका समस्या आउने गरेका छन् ।

यदि ग्यास्ट्रिक छ भने यी कुरामा ध्यान दिनुस्, तपाईंको समस्या च्वाट्टै निको हुन सक्छ ?

  • 39 minutes ago
यदि ग्यास्ट्रिक छ भने यी कुरामा ध्यान दिनुस्, तपाईंको समस्या च्वाट्टै निको हुन सक्छ ?

एजेन्सी । आजभोलि धेरै ग्यास्ट्रिकको समस्या लिएर अस्पताल जाने गर्छन् । ग्यास्ट्रिक नभएका मानिस भेट्न मुस्किल पर्छ । यो समस्या विभिन्न कारणले देखा पर्छ ।



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

यदि ग्यास्ट्रिक छ भने यी कुरामा ध्यान दिनुस्, तपाईंको समस्या च्वाट्टै निको हुन सक्छ ?

यदि ग्यास्ट्रिक छ भने यी कुरामा ध्यान दिनुस्, तपाईंको समस्या च्वाट्टै निको हुन सक्छ ?

एजेन्सी । आजभोलि धेरै ग्यास्ट्रिकको समस्या लिएर अस्पताल जाने गर्छन् । ग्यास्ट्रिक नभएका मानिस भेट्न मुस्किल पर्छ । यो समस्या विभिन्न कारणले देखा पर्छ ।

विचित्र विश्व

हेर्नुस्, आङै सिरिङ्ग गराउने संसारका यी १२ दुर्लभ तस्बिर

हेर्नुस्, आङै सिरिङ्ग गराउने संसारका यी १२ दुर्लभ तस्बिर

एजेन्सी । तस्विर यस्तो एउटा जीवन्त इतिहास हो जसले हजार शब्दले बोल्न नसकेका कुरा एक तस्विरले नै बोल्न सक्छ । शब्दहरुले बताएका हजार बात झुट हुन सक्छ तर एउटा तस्विरले कहिल्यै झुट बोल्दैन ।