IIMS College

ISMT

HUB Education

स्पेनको नयाँ प्रधानमन्त्रीले आज सपथ लिने

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

मड्रिड । स्पेनका नवनिर्वाचित प्रधानमन्त्री पेड्रो सान्चेजले शनिबार सपथग्रहण गर्ने भएका छन् । 

 

निवर्तमान प्रधानमन्त्री मारिआनो राजोएले आवश्यक विश्वासको मत संसद्मा पाउन नसकेपछि सान्चेज शुक्रबार नयाँ प्रधानमन्त्री बनेका हुन् । 

 

निवर्तमान प्रधानमन्त्री राजोए विरुद्ध नेता सान्चेजले नै संसदमा अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । 

 

समाजवादी नेता नवनिर्वाचित प्रधानमन्त्री सान्चेज ४६ वर्षीय अर्थशास्त्री हुन् । तर उनलाई सरकार सञ्चालनको अनुभव भने छैन । 

 

स्थानीय समयानुसार उनले बिहान ११ बजे राजा फेलिपे छैठौंको अगाडी मड्रिडमा रहेको राजदरबारमा सपथ लिने कार्यक्रम रहेको छ । 

 

स्पेनमा निकै प्रभावशाली नेता मानिनुहुने ६३ वर्षीय राजोए गत सन् २०११ देखि राज्यको शक्तिमा थिए । 

 

उनका विरुद्धमा सान्चेजले गत मे २५ तारिखका दिन भ्रष्टाचारको आरोपसहित संसद्मा अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।  

 

विश्वासको मत गुमाएर प्रधानमन्त्री पदबाट बाहिरिनेमा राजोए स्पेनी लोकतन्त्रको इतिहासमा पहिलो प्रधानमन्त्री बनेका छन् । 

 

उनको पक्षमा १८० मत र विपक्षमा १६९ मत परेको थियो भने एक जना सांसद अनुपस्थित भएका थिए । 

 

सोसलिस्ट पार्टी, विपक्षी पार्टी पुडेमोस, स्पेनको क्याटलान र बास्क्युका क्षेत्रीय पार्टीले पनि पेड्रोलाई मतदान गरेका छन् । 

 

उनले आफू वार्तामार्फत् नै समस्याको समाधान निकाल्ने पक्षमा रहेको स्पष्ट पार्ने वार्ताका लागि आफू खुल्ला रहेको पनि बताएका छन् । 

 

स्पेनको उत्तरपूर्वी क्याटलोनिया क्षेत्रका पृथकतावादीसँग सम्झौता गर्ने पनि नवनिर्वाचित प्रधानमन्त्री सान्चेजले जोड दिएका छन् । 


थप समाचार

इंग्लिस प्रिमियर लिग फुटबल– हारबाट जोगियो लिग लिडर लिभरपुल !

  • 10 minutes ago
इंग्लिस प्रिमियर लिग फुटबल– हारबाट जोगियो लिग लिडर लिभरपुल !

काठमाडौं । आइतबार राति भएको खेलमा लिग लिडर लिभरपुल ‘इंग्लिस प्रिमियर लिग फुटबल’मा हारबाट जोगिएको छ । घरेलु टोली म्यानचेस्टर युनाइटेडसँग १–१ गोलको बराबरी खेलेसँगै लिभरपुल हारबाट जोगिएको हो ।

चाडवाडले सबै जातिलाई एकताबद्ध बनाउँने नेता रावलको भनाइ

  • 24 minutes ago
चाडवाडले सबै जातिलाई एकताबद्ध बनाउँने नेता रावलको भनाइ

कैलाली । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य तथा पूर्वउपप्रधानमन्त्री भीमबहादुर रावलले जातजातिबीच फुट आएमा देश विकासमा बाधा पुग्ने बताएका छन् । सुदूरपश्चिम प्रदेशका प्रदेशसभा सदस्य चु

मुटुरोगबाट बच्न बदाम !

  • 28 minutes ago
मुटुरोगबाट बच्न बदाम !

बदाममा प्रसस्त मात्रामा प्रोटिन पाइन्छ, जुन शरीरको बृद्धि–बिकासका लागि निकै आवश्यक हुन्छ । त्यस्तै बदाममा प्रसस्त मात्रामा आइरन, क्याल्सियम र जिंक पनि पाइन्छ । बदाम खाँदा शरीरलाई ताकत पनि दिन्छ ।



प्रेम र यौन

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

आजकल जिन्दगीमा सेक्स यस्तो रोमाञ्चक विषय बनेको छ कि जोकोही यसको बारेमा खुलेर जान्न चाहान्छ । सेक्सलाई लिएर मनमा धेरै नकारात्मक कुराहरु पनि हुने गर्छन् । जुनका कारण पनि मानिसहरु जिन्दगीमा खुसी देखिदैनन् ।

जीवनशैली/स्वास्थ्य

मुटुरोगबाट बच्न बदाम !

मुटुरोगबाट बच्न बदाम !

बदाममा प्रसस्त मात्रामा प्रोटिन पाइन्छ, जुन शरीरको बृद्धि–बिकासका लागि निकै आवश्यक हुन्छ । त्यस्तै बदाममा प्रसस्त मात्रामा आइरन, क्याल्सियम र जिंक पनि पाइन्छ । बदाम खाँदा शरीरलाई ताकत पनि दिन्छ ।

विचित्र विश्व

यस्ता व्यक्तिहरुको मन सधैँ अशान्त हुने गर्छ

यस्ता व्यक्तिहरुको मन सधैँ अशान्त हुने गर्छ

एजेन्सी । मानिसहरुको आ–आफ्नै स्वाभाव र व्यवहार हुन्छ । हरेक मानिस एक अर्कासँग फरक–फरक हुन्छन् । तर कतिपय मानिसहरुको स्वाभाव उनीहरुको नामसँग मेल खाने बताइन्छ ।