श्रीमती छोडेर भागे प्रजिअ ढुंगाना र डिएसपी श्रेष्ठ

सीमा प्रहरी चौकी हिल्सामा सिडियो र डिएसपीका श्रीमतीका साथ स्थानीय महिलाहरु .

हुम्ला । चीनको स्वशासित क्षेत्र तिब्बतको ताक्लाकोटमा हुने नेपाल र चीनका सुरक्षा अधिकारी बीचको सीमा बैठकमा भाग लिन गएका प्रमुख जिल्ला अधिकारीको टोलीलाई नेपाल र चीनको सीमा क्षेत्र हिल्साका स्थानीय महिलाहरु घेरेपछि प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख डिएसपी रातारात भागेका छन् ।

 

सिमावर्ती क्षेत्र हिल्सामा बसोबास गर्ने स्थानीयबासीसँगै सम्पूर्ण हुम्लावासी र कर्मचारीलाई आवतजावतमा सहजता, खाद्यान्न र दैनिक उपभोग्य सामान आयातमा सहजताका लागि पहल गरी समस्या समाधान र लागु औषध ओसारपसार तथा अन्तरदेशिय अपराध नियन्त्रणका लागि चिनियाँ पक्षसँग वार्ता गर्न भदौ ८ गते प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुङगानाको नेतृत्वमा ३ सदस्यीय टोली ताक्लाकोट गएको थियो । 

 

हिल्सास्थित नेपालीहरुले दैनिक उपभोग्य सामान र चीनमा रहेको प्रमुख धार्मिकस्थल मानसरोवर कैलाश आवतजावत सहज गराउनका लागि वार्ता नभई वार्ताका नाममा श्रीमती घुमाउने काम गरेको भन्दै आक्रोश व्यक्त गरी प्रमुख जिल्ला अधिकारीको टोलीलाई हिल्सामा घेराबन्दी गरिएको थियो । 

 

स्थानीयबासीसँगै सम्पूर्ण हुम्लावासी र कर्मचारीलाई आवतजावत गर्नका लागि सहज वातावरण र दैनिक उपभोग्य सामान आयातमा सहजता नभएसम्म हिल्साबाट फर्किन नदिने भन्दै हेलिकप्टर चढ्न नदिएपछि आफूसँगै मानसरोवर कैलाश दर्शनका लागि गएकी श्रीमतीलाई हिल्सा छोडेर बेलुकी ७ बजे प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुङगाना र प्रहरी प्रमुख डिएसपी रबिन श्रेष्ठ भागेर हिँडेको स्थानीयले बताएका छन् । 

 

चिनियाँ पक्षले परम्परादेखि गर्दै आएको कैलाश मानसरोवरको धार्मिक यात्रामा केही बर्षदेखि प्रतिबन्ध लगाएको, सीमा क्षेत्रको ३० किलोमिटरसम्म दुवै देशका स्थानीयवासीले सहज रुपमा आवतजावत गर्न पाउने नीति अनुरुप नेपालीले आवतजावत गर्न नपाएको गुनासो गरेको छ । 

 

हिल्सामा चिनियाँ पक्षले नेपालीलाई गरिने अपमान जस्ता विभिन्न गतिविधि हुँदासमेत दुई पक्षीय वार्तामा नेपाली वार्ता टोलीका सदस्यले कुनै वास्ता नगरेको र देशभर जहाँ बसेर पनि व्यापार व्यवसाय गर्न पाउने अधिकारलाई प्रमुख जिल्ला अधिकारीले हिल्सा नबसेर आ–आफ्नो गाउँ ठाउँमा गएर खेतीपाती गरेर बसे यस्तो समस्या नआउने भनेर आफूहरुको अधिकारमाथि नै धावा बोलेपछि हिल्साका स्थानीय महिलाहरु आक्रोशित भएर वार्ता टोली बसेको घर सीमा प्रहरी चौकी घेरा हाली आफ्नो माग पूरा नहुँदासम्म जिल्ला फर्किन नदिने भन्दै नाराबाजी गरेको स्थानीयले बताए । 

 

जिल्लाका सिडिओ, डीएसपी, एलडिओहरुले सीमा वार्ताका नाममा आफ्ना आफन्त र श्रीमतीलाई मानसरोवर कैलाश घुमाउने शिवाय अरु कुनै उपलब्धी नगरेको नाम्खा गाउँपालिका वडा नम्बर ३ च्यादुककी  धोङजुङ लामाले बताइन् । 

 

यता सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेल र सिमकोट गाउँपालिका अध्यक्ष पदमबहादुर लामाको पहलबाट प्रमुख जिल्ला अधिकारी ढुङगाना र प्रहरी प्रमुख रविन श्रेष्ठका श्रीमतीहरु हिल्साबाट सदरमुकाम सिमिकोट ल्याउने पहल भएको छ । 

 

चिनियाँ पक्षले वार्ताका लागि पुलिस स्टेशन प्रमुखसहित तीन जना प्रहरी अफिसर वार्ताका लागि आउन भनी निम्तो पठाएको भए पनि  वार्तामा प्रजिअ ढुङगाना, डिएसपी श्रेष्ठ र जिल्ला अनुसन्धान प्रमुख तिलक केसी दम्पत्ति वार्तामा गएका थिए ।

 

 

 


थप समाचार

संरक्षित वन्यजन्तुकाे दाह्रासहित ६ जना पक्राउ

  • 1 hour ago
संरक्षित वन्यजन्तुकाे दाह्रासहित ६ जना पक्राउ

काठमाडौं । संरक्षित वन्यजन्तुको दाह्रासहित प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।

संस्कृति संरक्षण नभए देश खतरामा : सभामुख महरा

  • 1 hour ago
संस्कृति संरक्षण नभए देश खतरामा : सभामुख महरा

दमौली । सभामुख कृष्णबहादुर महराले संस्कृति संरक्षण नभए देश खतरामा पर्ने बताएका छन् । नेपाल आदिवासी जनजाति महासङ्घ तनहुँको आयोजनामा आजदेखि दमौलीमा शुरु तेस्रो जनजाति सांस्कृतिक तथा पर्यटन महोत

बच्चा जन्मिनेबित्तिकै गाउँपालिकाले सहकारीमा ५ हजार जम्मा गरिदिने

  • 1 hour ago
बच्चा जन्मिनेबित्तिकै गाउँपालिकाले सहकारीमा ५ हजार जम्मा गरिदिने

दुल्लु । दैलेखको गुराँस गाउँपालिकाले बालमैत्री गाउँपालिका बनाउने कार्यक्रम अघि सारेको छ ।



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

यसरी बस्दै नबस्नुहोस्...

यसरी बस्दै नबस्नुहोस्...

हरेकको आफ्नो आफ्नो बस्ने तरिका हुन्छ । प्राय जसो मानिसहरु लेग क्रस गरेर बस्ने गर्छन् । यो बस्ने तरिकाले शरिरलाई हानी गर्छ । लेग क्रस गरेर बस्नाले तपाईलाई बिमारी समेत बनाउन सक्छ । यसरी बस्नाले शरिरमा यस्ता हानीहरु हुने गर्छ ।

विचित्र विश्व

विश्वकै खतरनाक मार्गहरु

विश्वकै खतरनाक मार्गहरु

संसारमा यस्ता धेरै ठाउँहरु रहेका छन् जसको मार्ग आश्चर्य चकित पार्ने तथा खतरनाक खालका रहेका छन् । आज पनि यी मार्गहरु मानिसहरुले प्रयोग गर्ने गरेका छन् ।