अब त अति भो सरकार !

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त ।

हरेक छोरी असुरक्षित छन् । दिन प्रतिदिन महिला बलात्कार, हत्या र हिंसाका घटना बढिरहेका छन् । देशको राजधानीदेखि विकट जिल्लाका घर शहर कहिँकतै महिला सुरक्षित छैनन् ।

 

बिहान स्कुल, कलेजको लागि घरबाट निस्केकी छोरी बेलुकी सुरक्षित घर फर्कने हो कि होइन भन्ने ग्यारेन्टी छैन । भर्खरै मात्रै कञ्चनपुरमा निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाले झनै भयावह स्थिति सृजना गरेको छ ।

 

त्यसलगत्तै पोखरा लामाचौर–१९ की १३ वर्षीया किशोरी पुष्पा केसी मृत अवस्थामा भेटिइन् । पोस्टमार्टम रिपोटमा उनी बलात्कृत नभएको पाइयो तर पनि यो घटना किन र कसरी भयो भन्नेमा अन्योल नै छ । बलत्कार नभएको भए पनि प्रयास चाहिँ भएको हुन सक्नेमा सबैको शंका छ ।

 

हाम्रो समाज कुन दिशातर्फ मोडिँदैछ । पुरुष नामका केही कलंका कारण सबै पुरुषको बदनाम हुँदैछ । तिनले किन महसुस गर्दैनन् कि म पनि कुनै महिलाकै गर्भबाट आएको हुँ भन्ने कुरा । अब त अति भइसक्यो एउटा आमाले छोरा जन्माए बलात्कारी र छोरी जन्माए बलात्कृत हुने हो कि भन्ने त्रास सँधै रहने भयो ।

 

काकाले भतिजीलाई, बाबुले छोरीलाई, नातीले हजुरआमालाई बलात्कार गरेका घटनाले महिला कोहीसँग सुरक्षित छैनन् भन्ने कुरा देखाउँछ । दूधे बालिकादेखि वृद्ध महिला कोही सुरक्षित छैनन् । 

 

कतिपय बलत्कारको घटनामा रक्षक नै बलात्कारको दोषी भएका समाचार हामी पढ्न बाध्य छौं । सार्वजनिक स्थल, वनजंगल, होटल, स्कुलमा मात्र होइन सुरक्षा दिने प्रहरीको हिरासतमा समेत महिलाहरू बलात्कृत भएका छन् । त्यतिमात्रै होइन, पछिल्लो समय त बलात्कारपछि पोल खुल्ने डरले हत्याका घटना बढेका छन् ।

 

नेपालको कानुनमा मृत्युडण्डको व्यवस्था नभए पनि मुलुकी ऐन अनुसार महिलालाई विशेष प्रतिरक्षाको अधिकार कानुनले दिएको छ । जुन कानुनले बलात्कृत महिलाद्वारा बलात्कारीलाई मार्न पाइने कानुन छ । 

 

नेपालको मुलुकी ऐन जबरजस्ती करणीले कुनै पनि पीडित महिलाले आफू बलात्कृत भएको एक घण्टाभित्र बलात्कारीलाई मारेको खण्डमा ती महिलालाई कानुन नलाग्ने छुट दिएको छ । महिलाहरू अधिकारबारे सचेत हुने हो भने आफू बलात्कृत हुनासाथ बलत्कारीलाई मारिदिन सक्दछन् ।

 

तर यो कानुनको महलबारे अधिकांश बलात्कृत हुने महिलाहरू नै अनभिज्ञ छन् । एउटा महिलाको अस्मिता त्यसमाथि पनि बलजफ्ती बलात्कार गरेर यौन पिपाषुहरूले यौनको तृष्णा मेटाउन खोज्नु घृणित कार्य हो । 

 

र, समाजले पनि त्यस्ता कार्यलाई जघन्य अपराधको रुपमा लिएको छ । अहिलेसम्मका घटनालाई हेर्दा जसले प्रतिकार गर्न सक्दैनन् त्यस्ता व्यक्ति बलात्कृत हुने गरेको देखिन्छ । जसमा बालिका र वृद्धा महिला पर्छन् । पहिलो कुरा त बालिका र वृद्धामाथि मन्द मानसिकता भएका व्यक्तिले बलात्कार गर्छन् ।

 

किशोरीहरूमाथि हुने बलात्कार भने अलि फरक छ । किशोरी वा युवा महिलामाथि हुने बलात्कारमा एउटा केटा मात्रै दोषी नहुन सक्छ । त्यसमा त्यो बलात्कृत हुने किशोरी या महिलाको पनि दोष हुन सक्छ । जबसम्म हाउभाउ त्यो स्तरको हुँदैन, तबसम्म युवा महिला वा किशोरी बलात्कृत हुँदैनन् भन्ने हाम्रो यो समाज बलात्कार हुनुमा महिलालार्इ नै दोषी मान्दै आएको छ ।

 

घरभित्र बलात्कारका घटना झन् मौलाएको छ । परिवारले नै घटनालाई ढाकछोप गर्दा बलात्कारका घटना बढिरहेका छन् । हाम्रो समाज महिलामैत्री कहिले बन्ने ?

 

आजकल प्रत्येक दिनजसो बलात्कारका घटना भइरहेका छन् । हरेकदिन ताजा खबर बोकेर आउने अखबारले महिला बलत्कारको घटनाका समाचार बोकेरै आएका हुन्छन् । कतिपय घटनाका दोषीहरू जेल सजाय पनि भोगिरहेका छन् । तर पनि बलत्कारको घटना घट्नुको सट्टा बढ्दो अनुपातमा रहेको पाइन्छ । घरबाहिर गएकी छोरी समयमा घर नपुग्दा परिवारमा चिन्ता हुन थालेको छ ।

 

कामका लागि अरुको घरमा बसेकी छोरी बलात्कारको सिकार भएका छन् । आखिर किन हुन्छ बलात्कार ? कानुन फितलो भएर ? दोषीलाई उचित कारवाही नभएर ? वा पुरुषले महिलालाई हेप्ने प्रवृतिले ? प्रश्नै प्रश्नको गाँठो कहिले फुक्छ ? कारण जे होस् हरेकदिन दानवको शिकार बनेका छन् महिला । 

 

जसले गर्दा कुनै पनि महिलाले म सुरक्षित छु भन्ने आभास गर्न सक्दिनन् । हरेक आमालाई छोरीको मात्रै चिन्ता होइन, छोराको पनि चिन्ता छ । कतै छोरा बलात्कारी बन्ने त होइन ? नेपालमा कानुन फितलो भएकै कारण बलात्कारका घटनामा वृद्धि भएको हो भन्ने सबैको ठम्याइ छ । यदि फाँसी दिने कानुन भएको भए सायद यति धेरै बलात्कारका घटना बढने थिएनन् होला ।

 

अब त अति भो सरकार, हरेक महिलाको जीवन रक्षाको ज्ञारेन्टी गर्नुपर्छ । बोली नफुटेकी बालिका बलात्कृत हुन्छे, त्यो पनि आफ्नै बाबु र हजुरबुबाबाट । घटना घट्ने र सेलाउने सिलसिला नियमित प्रकृया जस्तै भो । संवेदनहीन समाजमा अपाङ्ग र अशक्त पनि छाडिएनन् । आधुनिकताले गाँजेर स्वार्थी बन्दै गएको समाजमा अपराध दिनदिनै बढेको बढ्यै छ ।

 

हरेक नागरिकलाई सामाजिक र नैतिक शिक्षा अनिवार्य सिकाइयोस् । ताकी बलात्कार जस्ता जघन्य अपराध गर्न कोही पनि लालायित नहोस् । त्यसैले सरकार या त अपराधी उम्कनै नसक्ने बलियो कानुन बना, या त हरेक महिलाको सुरक्षाको ज्ञारेन्टी गर । किनकी अब त अति भएन र ?


थप समाचार

बेलायतमा मधेशी नेपालीले मनाए छठ

  • 1 hour ago
बेलायतमा मधेशी नेपालीले मनाए छठ

एशोसिएसन अफ नेप्लिज मधेशी इन यूके र युरोपियन मधेशी सोसाइटीले संयुक्त रुपमा लण्डनमा छठ मनाएका हुन् । शनिबार लण्डनको फेल्थाम कलेजमा आयोजित समारोहमा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको समेत उपस

बाबुले ल्याए नेपाली भाषी भुटानीहरूका जिवनको गित !

  • 2 hours ago
बाबुले ल्याए नेपाली भाषी भुटानीहरूका  जिवनको गित !

हाम्रो मनको पिडा ब्यथा,कस्ले बुझी देला” “जन्मेउ जहाँ त्यहाँ छैन बास फर्की जाने केही छैन आश “ भुटानमा जन्मीएर पनि नेपाली भाषा कला संकृती र साहित्यलाई अंगालेर नेपालमा शरणाार्थी जिवन बिताइरहेका भुटा

फोटोमा हेर्नुहोस प्रचण्डपुत्र प्रकाशको स्मृतिमा शोकसभा

  • 2 hours ago
फोटोमा हेर्नुहोस प्रचण्डपुत्र प्रकाशको स्मृतिमा शोकसभा

तत्कालीन नेकपा माओवादी केन्द्र का पोलिटब्यूरो सदस्य एवं नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का छोरा प्रकाश दाहालको प्रथम वार्षिक स्मृतिका अवसरमा आज उहाँको निवास खुमलटारम



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

यसरी घटाउनुस् मानसिक तनाव !

यसरी घटाउनुस् मानसिक तनाव !

के तपाईंलाई मानसिक तनावले सताउँछ रु यदि सताउँछ भने ध्यान दिनुहोस् तनाव कम गर्ने विभिन्न उपायहरु छन् । मनोचिकित्सकले सुझाएका यी हुन् मानसिक तनाव घटाउने ७ उपाय

विचित्र विश्व

दुबईबारे अजबगजबका कुराहरु

दुबईबारे अजबगजबका कुराहरु

एजेन्सी–बितेका केही वर्षमा एसियाका केही देशहरुले उल्लेख्य मात्रामा विकास गरेका छन् । केही देशहरुले विकास नै गर्न नसकिने ठाउँमा पनि अकल्पनिय विकास गरेर