दौरासुरुवाल र साडी–चोलोलाई राष्ट्रिय पोशाकको मान्यता दिन दबाब

काठमाडौं ।  दौरासुरुवाल र साडी–चोलोलाई पुनः राष्ट्रिय पोशाकको रुपमा औपचारिक मान्यता दिन दबाब दिँदै राष्ट्रिय पोशाक संरक्षण अभियानका युवाहरुको समूहले ज्ञापनपत्र बुझाउने अभियान चलाएका छन् ।

 

ज्ञापनपत्र बुझाउन राप्रपा केन्द्रिय कार्यलय पुगेका युवाहरु दौरा सुरुवाल र साडी चोलोलाई राष्ट्रिय पोशाकको मान्यता दिने अभियानलाई अझ तीब्रता दिन राप्रपा अध्यक्ष कमल  थापाको ध्यानाकर्षण पनि गराएका छन् ।

 

ज्ञापनपत्र बुझ्दै अध्यक्ष थापाले आफ्नो पार्टी राष्ट्रिय पोशाकको विषयमा सधैं अटल रहेको भन्दै अभियानमा ऐक्यबद्धता पनि जनाए ।

 

उनले भने, ‘हाम्रो पार्टीले राष्ट्रिय पोशाकको विषयलाई पनि अभियानको रुपमै लगिरहेको छ, यहाँहरुको यो अभियानमा हाम्रो पूर्ण साथ छ ।’

 

अध्यक्ष थापाले छेउमा रहेका संघीय संसदमा प्रतिनिधित्व गर्ने पार्टीका एक्ला सांसद राजेन्द्र लिङ्देनलाई इंकित गर्दै भने, ‘संसदमा हाम्रो पार्टीबाट एक जनाको मात्र प्रतिनिधित्व छ , तर उहाँ सधैं दौरा सुरुवाल नै लगाउनु हुन्छ ।’

 

उक्त अवसरमा अध्यक्ष थापाले आफ्नो पार्टीले जितेको स्थानीय तहमा आयोजना हुने हरेक राष्ट्रिय कार्यक्रममा अनिवार्य राष्ट्रिय पोशाक लाउन निर्देशन दिइसकेको पनि जानकारी दिए ।

 

भेटमा अध्यक्ष थापाले प्रधानमन्त्री केपी शर्मा ओली पनि राष्ट्रिय पोशाकका विषयमा निकै सचेत रहेको भन्दै खुलेर प्रशंसा पनि गरेका थिए ।

 

‘उहाँको अघिल्लो कार्यकालमा राप्रपा पनि सरकारमा थियो,  मलाई याद छ, उहाँले सबै मन्त्रीहरुलाई दौरा–सुरुवाल लगाउन घचघचाईरहनुहुन्थ्यो,’ अध्यक्ष थापाले भने ।

 

तत्कालिन प्रधानमन्त्री बाबुराम भट्टराईले २०६८ सालमा मन्त्रीपरिषद् बैठकबाट निर्णय गराएर राष्ट्रिय पोशाकको सूचीबाट दौरासुरुवाल र साडी–चोलोलाई हटाउँदै नेपालमा लगाइने सबै पोशाकलाई राष्ट्रिय पोशाक घोषणा गरेका थिए । उनको उक्त  निर्णयको चौतर्फी आलोचना समेत भएको थियो ।

 

गृह मन्त्रालयले  भदौ १९ गते राष्ट्रपति भवन शितल निवासमा प्रदान गरिने विभूषण समारोहमा सहभागी सबैलाई दौरासुरुवाल र साडी–चोलोमा उपस्थित हुन परिपत्र गरेको छ । तर औपचारिक रुपमै सरकारका तर्फबाट घोषणा भने गरिएको छैन ।

 

गत असारमा जारी गरिएको ‘विभूषण सिफारिस कार्यविधि प्रदान सम्वन्धि मापदण्ड २०७५’मा पनि विभुषण समारेहमा पुरुषले दौरासुरुवाल–ढाकाटोपी (कालो भादगाउँले) र कालो जुत्ता तथा तथा महिलाको हकमा साडी–चोलो र जुत्ता लगाउनुपर्ने प्रावधान समेटिएको छ ।

 

तर सरकारका तर्फबाट औपचारिक मान्यता दिएको घोषणा भने नभएका कारण युवाहरुले उक्त अभियान शुरु गरेको बताएका छन् ।


थप समाचार

बेक्स्ली नेपाली कम्युनिटीले पहिलोपटक मनायो ल्होछार

  • 4 hours ago
बेक्स्ली नेपाली कम्युनिटीले पहिलोपटक मनायो ल्होछार

बेक्स्ली, केन्ट । बेक्स्ली नेपाली कम्युनिटी यूकेले यस वर्ष पहिलोपटक एक कार्यक्रमसहित ल्होछार मनाएको छ ।

उपत्यकाका अत्यावश्यक स्थानमा ट्राफिक लाइट राख्ने प्रक्रिया शुरु

  • 9 hours ago
उपत्यकाका अत्यावश्यक स्थानमा ट्राफिक लाइट राख्ने प्रक्रिया शुरु

काठमाडौँ । सरकारले काठमाडौँ उपत्यकाका अत्यावश्यक क्षेत्रमा ट्राफिक लाइट राख्ने प्रक्रिया अगाडि बढाएको छ ।

काङ्ग्रेसले डा केसीलाई बोकेर मात्र हुँदैन: भट्टराई

  • 9 hours ago
काङ्ग्रेसले डा केसीलाई बोकेर मात्र हुँदैन: भट्टराई

बनियानी । नेपाल कम्युनिष्ट पार्टी -नेकपा-का नेता एवं संसद्को शिक्षा तथा स्वास्थ्य समितिका सदस्य योगेश भट्टराईले सरकारले अनशनरत डा गोविन्द केसीको जीवन रक्षा गर्ने बताएका छन् ।



जीवनशैली/स्वास्थ्य

आँखामा यौन रोगको ओखती !

आँखामा यौन रोगको ओखती !

काठमाडौं । पुरुषको लिङ्ग उत्तेजित नहुने समस्या (इरेक्टाइल डिफङ्शन) को उपचारमा प्रयोग गरिने क्रिम हो, ‘भिटारोस’ । अनि आँखा सुख्खा हुन्दा प्रयोग गरिने मलम हो ‘भिटा-पोस’ ।