राष्ट्रपतिबाट कसले पाए कुन पदक ?

राष्ट्रपति विद्यादेवी भण्डारी शीतल निवासमा मंगलबार गृह मन्त्रालयद्वारा आयोजित विशेष समारोहमा पूर्वप्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालालाई (मणोपरान्त) विभूषित नेपाल रत्न विभूषण कोइरालाका नाती सिद्धार्थ कोइरालालाई प्रदान गर्दै ।

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले समाजका विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान पु¥याएका विभिन्न व्यक्तित्वलाई आज विभिन्न विभूषण एवं मानपदवीबाट विभूषित गरेकी छन् । 

 

गत वर्ष २०७४ को गणतन्त्र दिवसका दिन घोषणा भएका विभिन्न दश प्रकारका मानपदवी ३४५ जनालाई आज प्रदान गरिएको हो । राष्ट्रपति कार्यालय शीतल निवासमा आज गृह मन्त्रालयद्वारा आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले ती व्यक्तित्वलाई विभिन्न विभूषणबाट विभूषित गरिन् । 

 

सोअनुसार ‘नेपालरत्न’ विभूषण पूर्वप्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला (मरणोपरान्त) का तर्फबाट उनका नाति सिद्धार्थ कोइराला तथा ‘राष्ट्रिय गौरव’ विभूषण राजनीतिज्ञ महेन्द्रनारायण निधिका तर्फबाट उनका सुपुत्र विमलेन्द्र निधिले ग्रहण गरेकी थिइन् । 

 

यसैगरी महाउज्ज्वल राष्ट्रदीप विभूषण स्व. शेख इद्रिस (रौतहट), स्व नोना कोइराला (मोरङ), अमिक शेरचन (चितवन), बर्मन बुढा (रोल्पा) र रामकुमारी यादव (धनुषा( ले पाए । इद्रिसका तर्फबाट मोहम्मद अफ्ताव आलम र नोनाका तर्फबाट डा. शेखर कोइरालाले विभूषण ग्रहण गरेका थिए । सङ्घीय संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराई उज्ज्वल कीर्तिमय राष्ट्रदीप विभूषणले विभूषित भएका थिए । 

 

कार्यक्रममा प्रसिद्ध प्रबल जनसेवाश्री विभूषणबाट छ व्यक्तित्व विभूषित भएका छन् । ती विभूषण प्राप्त गर्नेमा गोपालप्रसाद पराजुली (पूर्वप्रधानन्यायाधीश), ईश्वरीप्रसाद खतिवडा (न्यायाधीश), दीप बस्न्यात (पूर्वप्रमुख आयुक्त, अदुअआ), उमेश मैनाली (अध्यक्ष, लोकसेवा आयोग), राजेन्द्र क्षत्री (प्रधानसेनापति, नेपाली सेना) र लोकदर्शन रेग्मी (मुख्य सचिव) छन् । 

 

यसैगरी सुकीर्तिमय राष्ट्रदीप विभूषणबाट २१ व्यक्तित्व विभूषित भएका थिए । यसरी विभूषित हुनेमा नवीनकुमार घिमिरे (आयुक्त, अदुअआ), श्रीपुरुष ढकाल (सदस्य, लोकसेवा आयोग), प्रा डा तीर्थ खनियाँ (उपकुलपति, त्रिवि), प्रा डा रामकण्ठ माकाजु (उपकुलपति, काठमाडौँ विश्वविद्यालय), प्रा चिरञ्जीवी शर्मा (उपकुलपति, पोखरा विश्वविद्यालय), प्रेमकुमार राई (सचिव, गृह मन्त्रालय), महेन्द्रमान गुरुङ (सचिव, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय), दिनेशकुमार थपलिया (सचिव) सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र डा ताहिर अली अन्सारी (पूर्वान्यायाधीश सर्वोच्च अदालत) छन् । 

 

अषेश मल्ल (कलाकार), पूर्णचन्द्र थापा रथी बलाधिकृतको कार्यालय (नेपाली सेना), प्रकाश अर्याल (पूर्वप्रहरी महानिरीक्षक, नेपाल प्रहरी), सिंहबहादुर श्रेष्ठ (पूर्वसशस्त्र प्रहरी महानिरीक्षक, सशस्त्र प्रहरी बल), शैलैन्द्र खनाल (सशस्त्र प्रहरी महानिरीक्षक), ईश्वर हमाल (उपरथी, नेपाली सेना), रवीन्द्र क्षत्री (मानार्थ उपरथी राष्ट्रिय सेवा दल, नेपाली सेना), यादवप्रसाद कोइराला (प्रशासकीय अधिकृत, कामपा), भेषनाराण दाहाल (महानिर्देशक,पुरातत्व विभाग), डा रामदयाल राकेश (साहित्यकार, सर्लाही) र प्रदीपकुमार राई ‘व्याकुल माईला’(साहित्यकार, ओखलढुङ्गा) छन् । 

 

राष्ट्रपति भण्डारीले सुकीर्तिमय राष्ट्रदीप विभूषण २१, सुप्रबल जनसेवाश्री विभूषण ११९, कीर्तिमय राष्ट्रदीप विभूषण पाँच, प्रबल जनसेवाश्री विभूषण १४० र जनसेवाश्री विभूषणबाट ४५ व्यक्तित्वलाई विभूषित गरिन् । 

 

पत्रकार विभूषित 

पत्रकार पुरुषोत्तम दाहाल सुप्रबल जनसेवाश्री, गोविन्द चिमौरिया, सचिन पोखरेल, महेश्वर दाहाल, गोविन्द आचार्य, ओम शर्मा, कृष्ण कँडेल, वसन्तप्रकाश उपाध्याय प्रबल जनसेवाश्री तथा अशोककुमार दत्त, धैर्यकान्त दत्त, दिलीप थापा मगर र सन्तोष न्यौपाने जनसेवाश्रीबाट विभूषित भएका छन् । 

 

जनसेवाश्री विभूषणबाट भने समाजसेवी सञ्जीव थापा, जोगेन्द्र भगत, हरिबहादुर भण्डारी र शोभा गुरुङ विभूषित भएका छन् । कार्यक्रममा उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, मन्त्रिगण, संवैधानिक निकायका प्रमुखलगायत विशिष्ट व्यक्तित्वको सहभागिता थियो । 

 


थप समाचार

निर्मलको 'प्रोजेक्ट पोसिबल'लाई एनआरएन यूकेको साथ, प्रेस मिटमै जुट्यो १० हजार पाउण्ड सहयोग

  • 5 hours ago
निर्मलको 'प्रोजेक्ट पोसिबल'लाई एनआरएन यूकेको साथ, प्रेस मिटमै जुट्यो १० हजार पाउण्ड सहयोग

कार्यक्रममा उपस्थित एनआरएन यूके तथा अरु विभिन्न संघसंस्थाका प्रतिनिधिहरुबाट उनको अभियानका लागि तत्काल नै झण्डै १० हजार पाउण्डको सहयोग समेत संकलन भएको छ ।

शान्ति पुरस्कारका लागि ट्रम्पको नाम सिफारिस

  • 10 hours ago
शान्ति पुरस्कारका लागि ट्रम्पको नाम सिफारिस

टोकियो, जापान । वासिङ्टनको अनुरोधमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सन् २०१८ को नोबेल शान्ति पुरस्कारका लागि जापानी प्रधानमन्त्री सिन्जो आवेले मनोनयन गरेको एक जापानी पत्रिकाले आफ्नो आइतबारको संस्

रेखा–अमिताभ प्रेमसम्बन्धः किन अधुरै रह्यो यी दुईको प्रेम ?

  • 10 hours ago
रेखा–अमिताभ प्रेमसम्बन्धः किन अधुरै रह्यो यी दुईको प्रेम ?

एजेन्सी । भनिन्छ मानिसको जोडी माथिबाट नै भगवानले बनाएर पठाएका हुन्छन् । सायद, यो भनाई साँचो हो किनकी चलचित्र उद्योगमा यस्ता धेरै उदाहरण भेटिन्छन् । जहाँ गहिरो प्रेममा परेका जोडीहरुको पनि सम्बन्ध टुटेर



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

भाग्य रेखा : हत्केलाका कुन रेखाले के जनाउँछ ?

भाग्य रेखा : हत्केलाका कुन रेखाले के जनाउँछ ?

एजेन्सी । जन्मको समय र तारिखको आधारमा कुण्डली हेरेर होस या हस्तरेखा हेरेर होस व्यक्तिको वर्तमान र भविष्य ज्योतिष विद्या मार्फत जान्ने प्रचलन छ । जसमा विभिन्न शास्त्र मार्फत व्यक्तिको बारेमा बुझ्न सकिन्छ ।

विचित्र विश्व

यस्तो पनि ! १० रूपैयाँमा साडीको सेल, महिलाहरुको भीड बढेर भागदौड

यस्तो पनि !  १० रूपैयाँमा साडीको सेल, महिलाहरुको भीड बढेर भागदौड

हैदराबाद । भारतको हैदराबादस्थित सिद्दीपेटको एक सपिङ मलले भारु १० मा साडी बिक्री गर्न थालेपछि मलमा महिलाहरुको भीड बढेर भागदौडको अवस्था सिर्जना भएको छ ।