दुई वडा अध्यक्ष राजीनामा दिएर विप्लवको पार्टीमा !

कालिकोट । गाउँपालिका अध्यक्षले मनोमानी ढंगले काम गरेको भन्दै कालिकोटमा दुई वडा अध्यक्षले पदबाट राजीनामा दिएका छन् ।

 

जिल्लाको नरहरीनाथ गाउँपालिका ६ का वडा अध्यक्ष तुलाराज विक र वडा नम्बर–७ का अध्यक्ष दलबहादुर विकले राजीनामा दिएका हुन् । 

 

उनीहरु दुवै २०७४ वैशाख ३१ गते सम्पन्न स्थानीय निर्वाचनबाट अध्यक्ष निर्वाचित भएका थिए । उनीहरुले गाउँपालिका अध्यक्ष धीरबहादुर विष्टले गाउँपालिकाका ब्रम्हलुट गरेकाले आफूहरुले पद छाडेको दाबी गरेका छन् । 

 

यद्यपि उनीहरु नेत्रविक्रम चन्द विप्लव नेतृवको नेकपामा प्रवेश गर्ने तयारीमा रहेको स्रोतले जनायो ।

 

विष्टले भने वडाअध्यक्षद्वयको राजीनामा आफूले प्राप्त नगरेको टिप्पणी गरे । आफू गाउँमै रहेको तर, विकद्वयले सदरमुकामस्थित गाउँपालिकाको सम्पर्क कार्यालयमा राजीनामा छाडेको सुनेको उल्लेख गरे ।

 

गाउँपालिकाको कम्प्युटर अपरेटरमा आफूले भनेका मानिसको नाम ननिस्किएको झोकमा विकद्वयले राजीनामा दिएको अध्यक्ष विष्टको दाबी छ ।

 


थप समाचार

बेक्स्ली नेपाली कम्युनिटीले पहिलोपटक मनायो ल्होछार

  • 2 hours ago
बेक्स्ली नेपाली कम्युनिटीले पहिलोपटक मनायो ल्होछार

बेक्स्ली, केन्ट । बेक्स्ली नेपाली कम्युनिटी यूकेले यस वर्ष पहिलोपटक एक कार्यक्रमसहित ल्होछार मनाएको छ ।

उपत्यकाका अत्यावश्यक स्थानमा ट्राफिक लाइट राख्ने प्रक्रिया शुरु

  • 7 hours ago
उपत्यकाका अत्यावश्यक स्थानमा ट्राफिक लाइट राख्ने प्रक्रिया शुरु

काठमाडौँ । सरकारले काठमाडौँ उपत्यकाका अत्यावश्यक क्षेत्रमा ट्राफिक लाइट राख्ने प्रक्रिया अगाडि बढाएको छ ।

काङ्ग्रेसले डा केसीलाई बोकेर मात्र हुँदैन: भट्टराई

  • 7 hours ago
काङ्ग्रेसले डा केसीलाई बोकेर मात्र हुँदैन: भट्टराई

बनियानी । नेपाल कम्युनिष्ट पार्टी -नेकपा-का नेता एवं संसद्को शिक्षा तथा स्वास्थ्य समितिका सदस्य योगेश भट्टराईले सरकारले अनशनरत डा गोविन्द केसीको जीवन रक्षा गर्ने बताएका छन् ।



जीवनशैली/स्वास्थ्य

आँखामा यौन रोगको ओखती !

आँखामा यौन रोगको ओखती !

काठमाडौं । पुरुषको लिङ्ग उत्तेजित नहुने समस्या (इरेक्टाइल डिफङ्शन) को उपचारमा प्रयोग गरिने क्रिम हो, ‘भिटारोस’ । अनि आँखा सुख्खा हुन्दा प्रयोग गरिने मलम हो ‘भिटा-पोस’ ।